‘भ्यालेन्टाइन डे,’ प्रेम दिवसको परिचय

valentines-dayआजको दिन, १४ फेब्रुवरीलाइ बिश्वभर ‘भ्यालेन्टाइन डे’ को रुपमा मनाइन्छ | यही चाड नेपाली समाजमा पनि ‘प्रणय दिवस’ वा ‘प्रेम दिवस’ले चिनिने थालेको पनि धेरै भएको छैन | यस दिनको खास नाम भने क्रिस्चियन सन्त भ्यालेन्टाइनको नाम बाट राखिएको हो र यसलाई धार्मीक चाडको रुपमा नै मनाइदै आएकोमा बिस्तारै, धर्म कम र रमाईलो ज्यादा गरिने हुनाले अरु धर्मावलम्बीहरुले पनि यसको अनुशरण गर्न थालेका हुन । (सन् २६९ फेब्रुअरी १४ का दिन इटलीका सन्त भ्यालेन्टाइनले विभिन्न आरोपमा जेलमा रहेका कैदिहरुको सामुहिक विबाह गराई दिएको आरोपमा झुण्ड्याएर हत्या गरेको दिनको सम्झनामा यो चाड मनाउन सुरुगरिएको हो|)

प्रेम उसै पनि कुनै धर्म, जात जाती, वा भौगोलिक अबस्थामा भर नपर्ने हुनाले पनि यसको बिश्वब्यापीकरण हुन सजिलो भएको हुनु पर्छ | नेपाली युवा युवतीहरुले “देश र संस्कृतिको सीमालाई नाघ्दै यस्तो पश्चिमी बिकृतिलाइ भित्राई रहेका छन्,” भन्ने मानिसहरुको पनि कमी नभए पनि, समय अनुसार चल्दै जाने मानसिकता हुनेहरु यो चाडले कुनै नराम्रो गरेको ठान्दैनन |

roseप्रेमीप्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदानप्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रूपमा यस दिनलाई लिने गगरिन्छ । यसरी आज कै दिनबाट हजारौ हजार युवा युवतीहरु नयाँ जीवन सुरुवात गर्दछन् भने आजको दिनमा प्रेम प्रस्ताब राख्नाले प्रेमी तथा प्रेमिकाबाट अस्विकार हुँदैन भन्ने मान्यतापनि कयौंमा पाइन्छ | यसको लागि धैर्य र पूर्ण आत्मविश्वास पनि जरुरी हुन्छ जसले गर्दा प्रेमालापमा सकारात्मक असर पर्दछ ।

हाम्रो तर्फबाट पनि हाम्रा पाठकहरुमा भ्यालेन्टाइन डे को हार्दिक मंगलमय शुभ कामनाका ।

3 thoughts on “‘भ्यालेन्टाइन डे,’ प्रेम दिवसको परिचय

  1. प्रेम दिवस, हातमा गुलाफको फूल, प्रेम निवेदन र मोजमस्तीसँगै घुमफिरको दिन। यो दिन युवाहरूको प्रिय चाड नै भैसकेको…

Leave a Reply

Your email address will not be published.