शुष्मा कार्कीको उध्रेको चोली हेर्ने भिड – गाइजात्रामा पनि उही नाच

चलचित्र लूटमा ‘उध्रेको चोली छ है…’ आइटम गीतमा नाचेर सेक्सी नायिकाको रुपमा छुट्टै परिचय बनाउन सफल शुष्मा कार्कीको आजकाल खुबै डिमाण्ड रहेको छ । देश विदेश जताततै उध्रेको चोली देखाउदै हिड्ने शुष्मा गाइजात्रे कार्यक्रममा पनि हासो ठट्टालाइ बिर्सेर तेही पुरानो चोली प्रदर्शन गरिन।

Sushma_karki_Gaijatra_dance

शुष्मा कार्कीको ‘लुट’ गीत दर्शक तान्नको लागि सबै भन्दा सजिलो माध्यम मान्दै गाइजात्रा संग कुनै साइनो नभएको ‘उध्रेको चोली…’ गीतमा नायिका शुष्मा कार्कीलाई पनि नचाइएको थियो । गीत र नाच गाइजात्रे नभए पनि यसलाई आयोजकको गाइजात्रे पारा मानेर दर्शकहरुले रमाइलो ‘मानिदिएका थिए रे’ !

sushma_karki_crowd_sexy_dress

बेला बेलामा नर्तकी र मोडलको लागि नसुहाउने रुपले ठूलो भुडीको कारण आलोचना हुने गरेको भए पनि दर्शक बीच भने उनको मागमा कुनै कमी नआएको आयोजकहरु बताउछन ।

यही पपुलारिटीको फाइदा उठाउन शुष्माको मुख्य भूमिका रहेको फिल्म ‘बिन्दास’ पनि चाडै रिलिज हुदैछ । १६ बर्ष भन्दा कम उमेरका दर्शकलाई हेर्न नहुने भनिएको यो फिल्मले शुष्मालाइ ‘सेक्स सिम्बल’ को रुपमा अझ बलियो गरेर स्थापित गर्ने बताइन्छ ।

One thought on “शुष्मा कार्कीको उध्रेको चोली हेर्ने भिड – गाइजात्रामा पनि उही नाच

Leave a Reply

Your email address will not be published. Required fields are marked *