एसिड प्रहारको अनुसन्धानमा प्रहरी नै कुहिरोको काग

फागुन १० गते राजधानीको बसन्तपुरमा ट्युसन पढ्न गएकी किशोरीमाथि भएको एसिड प्रहारको घटनाबारे जानकारी दिन भन्दै शुक्रबार दिउँसो पत्रकारहरूलाई भेला पारिएको थियो । एसिड हान्ने व्यक्तिलाई सार्बजनिक गरिने आशा गरेका पत्रकारहरूलाई “प्रहरीले काम गरिरहेको छ” भन्ने सन्देश दिन मात्र पत्रकार सम्मेलन गरिएको बताएर आफैलाई हलुका बनाएको छ ।

sangita pulami

महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीमा एआइजी विज्ञानराज शर्माले दिएको घटनाको अनुसन्धानमा बिबरण अनुसार प्रहरी नै कुहिरोको काग बनेको भान हुन्छ । उनका अनुसार एसिड घटनाको अनुसन्धान गर्नको लागि भनेर एसपी मीरा चौधरीको संयोजकत्वमा एक पाँच सदस्यीय समिति गठन गरेर अनुसन्धान अघाडी बढाएको थियो । यसलाई प्रहरी प्रधान कार्यालय, राष्ट्रिय अनुसन्धान ब्युरो र स्थानीय प्रहरी इकाइले पनि साथ दिइरहेको बताइन्छ । तर यी सबै अनुसन्धानले घटनामा संलग्न व्यक्तिलाई पहिचान गर्न नसकेको बताइको छ।

प्रहरीले दिएको जानकारी अनुसार

  • – काठमाडौंमा एसिडका ५ होलसेल पसल र तिनमा ९९ जना नियमित ग्राहक छन्।
  • – घटनास्थल आसपासमा भएका सिसिटिभी क्यामेरा हेरिएको छ।
  • – घटनाको बेला त्यो क्षेत्र आसपासबाट भएका १ सय ५० कल डिटेल हेरिएको छ।
  • – स्केच बनाएर ट्युसन सेन्टर आसपासका स्थानीयलाई देखाइएको छ।
  • – एसिड हान्ने मान्छेलाई पनि एसिड लागेको हुन सक्ने आशंकामा उपत्यकाका ८३ अस्पताल र मेडिकल कलेजमा प्रहरी पुगेको छ।
  • – एसिड त्यति धेरै कडा प्रकारको नभएको पनि पत्ता लगाएको छ।

तर अहिले सम्म एसिड किन र कसले हान्यो भन्नेकुराको कुनै सुइँको लागेको छैन। पत्रकारको प्रश्नको उत्तर दिंदै एआइजी शर्माले भने, ‘हामी सही मार्गमा हिँडने दिशातिर छौं।’  उनको उत्तर अनुसार प्रहरीले गरेको अनुसन्धान बाट कुनै ठोस उपलब्धि भने हात लागेको छैन । यसको कारण केलाउँदै उनले थपे:

  • – पीडित सीमा, संगिता र हेमु तीनै जनाले अलग-अलग किसिमको बयान दिएका छन्।
  • – हेमुले हुड लगाएको मानिसले एसिड हानेको भनेकी छन् भने, सीमाले उसको नाक लामो भएको बताएकी छन् र संगीताले टोपी लगाएको जनाएकी छन्।
  • – प्रहरीले पीडितहरूको उमेर, मनोविज्ञान र एसएलसी परीक्षाका नजिकै भएको कारणले उनीहरूलाई थप प्रश्न गर्न सकेको छैन रे ।
  • – घटनास्थल आसपासका स्थानीयहरूको उत्तर पनि फरक फरक भएको उनले बताएका छन्।
  • – घटनाबारे पीडितका परिवारले चासो नदिएको पनि प्रहरीले आरोप लगाएको छ ।
  • – बिहान सवा ६ बजे घटना भए पनि पीडित पक्षले प्रहरीमा उजुरी नै गरेनन्।
  • – पीडितहरू अस्पतालमा पुगेपछि प्रहरीले नै अपराध महाशाखामा जानकारी गराउनु परेको थियो रे।
  • – पीडितका अभिभावकले अहिले पनि अनुसन्धानमा प्रहरीलाई सहयोग गरेर प्रहरीको काम सजिलो नबनाएको प्रहरीको गुनासो छ ।

अभिभावकको कम चासो, पीडितको फरक-फरक बयान र घटनालाई कतिपयले अतिरञ्जित गर्न खोजेकाले पनि अनुसन्धान प्रभावित बनेको ती प्रहरी अधिकृतले बताए।

Leave a Reply

Your email address will not be published.