मिस नेपाल अर्थ प्रिन्सा श्रेष्ठको ताज खोसियो

मिस नेपाल सुन्दरि प्रतियोगिताको आयोजक संस्था हिडेन ट्रेजरले मिस अर्थ ताजको सम्झौता अनुरुप कार्य गर्न नसकेको दोष लगाउँदै मिस नेपाल अर्थ २०१४ प्रिन्सा श्रेष्ठको ताज खोसेको छ । बिहिबार बसेको ट्रेजर बोर्ड बैठकले यहि आइतबारदेखि लागु हुनेगरि प्रिन्साको ताज खोस्ने निर्णय गरेको एक विज्ञप्ति मार्फत बताइएको छ ।

ताज खोसिनुमा चार बुँदामा प्रष्टिकरण दिदैं ट्रेजरले जारि गरेको विज्ञप्तिमा विभिन्न कारणहरु देखाइएको छ।

भिडियो रिपोर्ट:

ताज खोसिनुमा चार बुँदाको निचोड:

१. उपाधि बिजेताको रुपमा आचारसंहिता पालन नगरेको, अनुसाशित नभएको र अस्विकार्य गतिविधि गरेको ।

२. सार्वजनिक छवि विवादास्पद बनाएको र मिडियामा जथाभावी बोलेको ।

३.. अनुमतिबिना देशको प्रतिनिधित्व गर्दै देश बाहिर भ्रमण गरेको ।

4. हिडेन ट्रेजरको अनुमति विपरित अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिएको।

यसअघि, अनुमति नलिइकनै इजिप्टमा भइ रहेको मिस इकोमा भाग लिन गए पछि हिडेन ट्रेजरले आफ्नो फेसबुक पेज मार्फत आपत्ति प्रकट गरेको थियो । हिडन ट्रेजरका अनुसार प्रिन्साले सो प्रतियोगितामा भाग लिन अनुमति लिएकी थिइनन र सो प्रतियोगीतामा मिस नेपाल र मिस अर्थको संलग्नता नरहेकोले उनको सहभागिता सहमति बिपरित हुन्छ । अहिले प्रिन्सा इजिप्टमा छिन र त्यहाँको ट्यालेन्ट राउण्डमा उत्कृष्ठ तिनमा पनि परेकी छिन।

मिस नेपाल अर्थको ताज प्रिन्साबाट खोसेर मिस नेपालकि सेकेण्ड रनरअप सोनि राजभण्डारिलाई दिइएको छ । तर सोनि राजभण्डारिले सेकेन्ड रनर अप भएर पाएको मिस नेपाल इन्टरनेसनलको ताज कसलाई दिइयो भन्ने चाहिँ उल्लेख छैन। प्रिन्सा सन् २०१४ को मिस नेपालमा फष्ट रनरअप भएकि थिइन भने सोनि सेकेन्ड रनर अप थिइन र सुबिन लिम्बु मिस नेपाल भएकी थिईन।

प्रिन्साले मिस अर्थ-२०१४मा ‘पिपुल्स च्वाइस’ र ‘इको ब्युटि भिडियो टाइटल अवार्ड’ जितेर अन्तराष्ट्रिय क्षेत्रमा नेपालको सहभागिता अर्थपुर्ण बनाएकी थिइन।

prinsha shrestha miss earth 2015

नोट: दिर्घ हटाएर ह्रस्वको मात्र प्रयोग गर्ने ‘सजिलो नेपालि‘ प्रयोगलाइ निरन्तरता दिन यो लेखमा भएका सबै दिर्घहरुलाइ ह्रस्व बनाइएको छ । (July 7, 2015)

Leave a Reply

Your email address will not be published. Required fields are marked *