अमेरिकाबाट फर्कनेहरुको धनको सुख र मनको सुखको हिसाब किताब

अमेरिकाबाट फर्कने अभिनेताहरू – सरोज खनाल, गौरि मल्ल, करिष्मा मानन्धर, रमेश र राजाराम पौडेल सबैलाई नेपाल नै प्यारो लागेको बताएका छन् । सांस्कृतिक कार्यक्रममा भाग लिने भनेर अमेरिका छिरेर उतै बेपत्ता हुने कलाकारहरु मध्ये केहि कलाकार नेपाल फर्केका छन । यसरी नेपाल फर्कने कलाकारहरुमा पनि आफ्नो इच्छाले फर्कने र बाध्यताले फर्कने भनेर दुइ कित्तामा बाँड्न सकिन्छ । नेपालका कलाकारहरु अमेरिका पुगे पछि उनिहरुको सेलिब्रेटी स्टेटस गुम्नुलाइ नै मुख्य मुद्दा बनाएर फर्केको बुझ्न सकिन्छ ।

सरोज खनाल

१७ बर्ष अमेरिका बसेर नेपाल फर्केका पुराना अभिनेता सरोज खनाल USA भनेको ‘U Start Again’ हो भन्छन । नेपालमा प्रशस्त नाम कमाएका सरोजले अमेरिकामा सम्पति कमाए पनि नेपालमा हुँदाको उनको ख्यातिले संधै पिरोल्यो । त्यसैले अमेरिकालाइ सदाको लागि छोडेर उनि हालै नेपाल फर्केका हुन । एक अनलाइनसंग सरोजले भने , ‘जुन स्टाटसमा अमेरिका पुगे पनि त्यहाँ शुन्य स्थानबाट नै सुरु गर्नुपर्छ । मैले पनि त्यही गरेको हुँ ।’

उनले पनि अमेरिकालाई अवसरको खानि हो भन्ने कुरालाइ चाहि मानेका छन् । शुरुमा धेरै संघर्ष गरेका सरोजका अनुसार सबै जसो नेपालि कलाकारहरु शुरुमा भारतिय नागरिकले खोलेको रेष्टुरेन्ट, सपिङ सेन्टरमा काम गर्ने गरेका छन् । सरोजले पनि सुरुका २-४ बर्ष यसरि नै संघर्ष गरेको बताउछन ।

सरोजको बुझाइमा, “नेपालमा दुख गर्नेहरु दुखै मात्र गरिरहन्छन्, मोजमस्ति गर्नेहरु मोजमस्तिमै रमाइरहन्छन् । तर, अमेरिकामा यस्तो छैन । दुख गर्नेले फल अवश्य पाउँछन् त्यहाँ ।” उनले, अमेरिकामा भौतिक सुख भरपुर प्राप्त गरेको भए पनि मनको सुख भने नपाएको बताउछन ।

अब अमेरिका बसेर आइ सकेपछि सरोजले अमेरिकालाई चटक्कै माया मार्न भने नसक्ने बताउँछन् ।  अब बर्षमा एकपटक उनको आफ्नै संस्था युनाइटेड नेपालको तर्फबाट अमेरिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुन बर्षेनि अमेरिका जाने उनको प्लान छ ।

saroj khanal

 

गौरि मल्ल

अभिनेत्रि गौरि मल्ल पनि लामो समय अमेरिका बसेर स्वदेश फर्केकी हुन । जापानमा केहि समय बसेर अमेरिका पुगेकि गौरिलाइ अमेरिकाला एउटा विद्यालय जस्तो लागेको छ ।

गौरिले अमेरिकामा आत्मियता मिलेको बताउछिन, “अमेरिकामा कसैले कसैको खुट्टा तान्दैनन् । तपाई कुनै काम गर्न चाहनुहुन्छ भने ढुक्कले गर्न सक्नुहुन्छ”

gauri malla

करिष्मा मानन्धर

अभिनेत्रि करिश्मा मानन्धर पनि केही समय अमेरिका बसेर नेपाल फर्केकी हुन् । उनले निर्माण गरेको फिल्म ‘बाबुसाहेब’ फ्लप भए पछि अमेरिका पलायन भएकि यि सुन्दरि अभिनेत्रि नेपाल फर्किंदा उनको स्थान नयाँ पुस्ताका अभिनेत्रिहरुले कब्जा गरिसकेका थिए ।

karishma manandhar2

नोट: बिगत केहि दिन देखिको प्रयोग, दिर्घ हटाएर ह्रस्वको मात्र प्रयोग गर्ने ‘सजिलो नेपालि‘लाइ यहाँ पनि निरन्तरता दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *