टेलिभिजन कलाकर्मिबाट निर शाहलाइ लाइफटाइम अचिभमेन्ट अवार्ड

यहि आइतबार आयोजित एक समारोहमा अभिनेता, निर्देशक तथा निर्माता निर शाहलाइ टेलिभिजन कलाकर्मि मंचले  लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको छ । सो समारोहमा संचारमन्त्री मिनेन्द्र रिजालले सो सम्मान हस्तान्तरण गर्नु भएको थियो ।

अडियो रिपोर्ट संगै माग्ने बुढा र मुइयाको नाच पनि हेर्नुहोस :

निर शाह नेपाल टेलिभिजनका संस्थापक हुनुका साथै अहिले पनि अध्यक्ष नै हुनुहुन्छ । सो पुरस्कारको राशि रु १ लाख ११ हजारको रहेको छ । सम्मानको दोसल्ला ग्रहण गर्दै शाहले सो सम्मान सबै टेलिभिजनकर्मिको योगदानमा समर्पित गरेको बताए ।

नृत्य र हास्यव्यंग्यका प्रस्तुतिसहित आयोजना गरिएको सो समारोहमा इन्दिरा जोशीको गीत र माग्ने बुढा र मुइयाको नाचले पनि रमाइलो थपेको थियो  । साथै अभिनेता सरोज खनाल, कृष्ण मल्ल, गणेश उप्रेती, कविता शर्मा आदिले पनि नृत्य प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा सोम धिताल, भुषण दाहाल, आरके मानन्धर, केसी क्रिएसन, पारिजात फिल्मस, आमा सरस्वती मुभि आदिलाइ पनि सम्मान प्रदान गरिएको थियो  ।

nir shah life time achivement award

सजिलो नेपालि‘ प्रर्योग

Leave a Reply

Your email address will not be published. Required fields are marked *