पुजारि प्रबचन, यो बाटो काँ पुग्छ ?

आज धेरै समय पछि रमाइलो तर धेरै जसो सेन्सर गर्नु पर्ने ट्विट गर्ने साथि पुजारिको प्रोफाइलमा पुग्दा त्यहाँ पनि ह्रस्व दिर्घ कै कुरो हुँदै रहेछ :

poojari tweet

उनको उत्तरले कुनै तार्किक निस्कर्ष ननिस्केको हुनाले ह्रस्व लेख्दा के फरक पर्ला त भनेर सोच्दै थिए, झट्ट यिनका रमाइला लेखहरुको सम्झना आयो । ब्लग सन् २०१२ देखि अपडेट नगरे पनि लेखहरु चांहि धन्न मेटाइ सकेका रहेनछन । एउटा छोटो र मिठो लेखलाइ कपि पेस्ट गरेर दिर्घ जति सबैलाई ह्रस्व बनाइ दिएको छु । अनर्थ भयो भने भन्नु होला है !

यो बाटो काँ पुग्छ ?

यो बाटो काँ पुग्छ भनेर सोध्नि गाँठे !  अब, काँ पुग्छ भन्ने यो बाटो, आफु जाने ठाँउ पो सोध्नु पर्छ त ।

सातदोबाटो चोकबाट चक्रपथ नबिराइकन लगभग २७ किलोमिटर जति हिँड्ने हो भने यो बाटो जहाँको त्यहिँ पुग्छ ।

हैन भने, एसो छ्याङ खान्छु भन्ने हो भने च्यासल पुग्छ, अलि पर डाँडातिर गएर कोदोको हान्छु भन्ने हो भने नगरकोट पनि पुग्छ यो बाटो । बिहानमा दुध लिन लैनचौर पुग्छ भने साँझमा दारु दिन धोबिचौर पनि पुग्छ ।

यदि बिहे गरेका छौ भने तिम्रो ससुरालि पनि पुग्छ, बिहे गरेका छैनौ भने हुनेवाला ससुरालि जति पनि पुग्छ यो बाटो । हैन, भारत तिर जान्छु अनि २-३ बर्ष पछि “क्यानाम” भन्दै फर्कन्छु भन्ने हो भने नारायणघाट, हेटौँडा, बिरगंज हुँदै भारत पनि पुग्छ यो बाटो । हेटौँडा पुग्दै गर्दा “हैन, संविधान नबनेसम्म नेपालमै बस्छु” भन्ने हो भने पथलैयामा झरेर बर्दिबासको गाडी समाएर बिपि राजामार्ग भएर धुलिखेल, बनेपा हुँदै फेरि काठमाण्डु नि आउँछ यो बाटो ।

हैन, एतैबाट धरान गएर कालो बंगुर हसुरेर आउँछु भन्ने हो भने धरान पनि पुग्छ यो बाटो । तेतैबाट भोजपुर गएर एउटा काइदाको खुकुरि किनेर कालापानि गएर अलि परैबाट दक्षिण तिरको दादालाइ खुकुरी देखाएर बेपत्ता भागेर राष्ट्रभक्ति देखाउँछु भन्ने हो भने त्यहाँ पनि पुग्छ यो बाटो ।

अझै काँ पुराम मैले लौ भन ! एति भन्दा-भन्दै पनि फेरी “यो बाटो काँ पुग्छ” भनेर सोध्छौ भने “यो बाटो सिधै पशुपति आर्यघाटमा पुग्छ” ।

!! आत्माले शान्ति पाओस!!

***

यहाँ राख्नलाइ भनेर चट्ट टाइ लाएको फोटो नपठाइन्जेलको लागि पुजारि बाजेको फोटो यहि हो! उनका अरु रमाइला लेख उनको ब्लगमा नै गएर पढे पनि हुन्छ।

poojari

यो ‘सजिलो नेपालि‘ प्रयोग हो !

Incoming search terms:

  • नेपालि
  • नेपाली सेक्शी भिडियो
  • नेपाली चुट्किला
  • नेपाली छाडा जोक

One thought on “पुजारि प्रबचन, यो बाटो काँ पुग्छ ?

Leave a Reply

Your email address will not be published.