नेपालमा कि रेखा बिक्छ रे कि देखा, हो त ?

नेपालि मोडल र अभिनेत्रिहरुले अंग प्रदर्शनका अनेका बहाना गर्ने गर्दछन । पहिले शालिन चाड मानिने तिजमा अब भने बिभिन्न बहानामा अंग प्रदर्शन शुरु भएको छ। केहि समय अघि कोमल ओलिले “पोइला जान पाम …” भनेर गिता गाउँदा बिरोध हुने गरेकोमा अबको नेपालि समाज अंग प्रदर्शनलाइ पनि सजिलै पचाउने अबस्थामा पुगेको भान हुन्छ । अघिल्लो बर्ष द्विअर्थि कुरा भएको गितमा ‘कन्याइ देउन बाइ ….’  भन्दै शुष्मा कार्कि नाचेकी थिइन भने यो बर्ष ज्योति मगरले एक बित्ते धोति लाएर नाचेकि छिन्:

jyoti magar short saree3

ढाडे बिरालो – ज्योति मगरले कि रेखा बिक्छ कि देखा भनेर नाचेको तिजको गित:

कन्याइ देउन बाइ शुष्मा कार्किको अघिल्लो बर्षको तिज गित- :

केहि समय पहिले नेपालि फिल्म क्षेत्रमा अंग प्रदर्शन र सेक्स थिम भएको कथामा फिल्म बनाउने लहर नै चल्यो । जिया केसि, सुमिना घिमिरे, बिनिता बराल, शुष्मा कार्कि आदि अभिनेत्रिहरु अंग प्रदर्शन र सेक्सि फोटो सेसन र सनसनि फैलाउने हिसाबका अन्तरबार्ता दिएर टिक्ने दाउ गरेका थिए । अहिले यि कुनै पनि अभिनेत्रिहरुको नेपालि फिल्म क्षेत्रमा माग छैन । तर नयाँ आउने अभिनेत्रि र मोडलहरुमा अझै पनि नांगिदैमा पपुलर भइन्छ भन्ने भ्रम यथाबत रहेको पाउन सकिन्छ ।

बिगतको इतिहास हेर्दा अंग प्रदर्शन गर्ने प्राय अभिनेत्रि र मोडल एक्कासि पपुलर हुने र जसरि चिनिए त्यसरि नै हराउने गरेको बुझिन्छ । तर, अंग प्रदर्शन गरेकै कारण ले असफल भएको भने मिल्दैन ।

मेरो बिचारमा अंग प्रदर्शन सफलताको एउटा खुड्किलो बनाउन सकिन्छ न कि भर्यांग नै  ।अरु कुनै पनि क्षमता नभएका तर अंग प्रदर्शन मात्र गर्ने सबै अभिनेत्रि र मोडल असफल हुन्छन भने अन्य क्षमता भएकाले भने अंग प्रदर्शनगरेर त्यो क्षमतालाइ ठुलो जमात सम्म पुर्याउन सक्छन। यो कुराको सबै भन्दा ज्वलन्त उदाहरण अभिनेत्रि रेखा थापा हुन । रेखाले छोटा लुगा लगाएर अंग प्रदर्शन गरिन तर त्यसको साथ साथै अभिनय क्ष्यमता पनि उत्तिकै निखारपन ल्याइन । तेसैले उनि सबै भन्दा मनपराइएकि अभिनेत्रि पनि बन्न सकिन ।

तेस्तै ‘चपलि हाइट’ कि अभिनेत्रिले सो फिल्ममा अंग प्रदर्शन र सेक्सको बारेमा उदार भए पनि फिल्म सुपर हिट भयो र उनको भुमिका पनि मन पराइयो । तर दोश्रो फिल्ममा उनले अभिनय भन्दा पनि बढि अंग प्रदर्शनमा मात्र ध्यान दिनु फिल्मको खराबि मान्न सकिन्छ। अरु अंग प्रदर्शन गर्ने अभिनेत्रिहरु अभिनय क्षमताको कमीका कारणले पलायन भएका हुन ।

यस हिसाबले ज्योति मगरले पनि अंग प्रदर्शनका साथ साथै आफ्नो मोडलिंग र गायनलाइ राम्रो बनाउन सकिन भने उनको पनि भविष्य उज्वल देख्न सकिन्छ । तेसैले “कि रेखा बिक्छ रे कि देखा” भन्ने भनाइमा कुनै सत्यता छैन । आफ्नो बिचार कमेन्टमा दिनु होला ।

पहिला लेखिएका केहि बिचार/लेखहरु

jyoti magar short saree1
यहाँ ‘सजिलो नेपालि‘ प्रयोग गरिन्छ ।

Incoming search terms:

  • नेपालिभिडियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *