लघु कथा कसरि लेख्ने? राम्रा लघु कथाका ८ नियमहरु

सन १९९९मा प्रकाशित एक लघुकथा संग्रहको भुमिकामा कथा लेखक कुर्ट भोनेगुटले लघुकथा कसरि लेख्ने भनेर आठ ओटा सुझाबहरु दिएका थिए । उनि भन्छन, कथाका आकार हुन्छन जसलाइ ग्राफ पेपरमा समेत कोर्न सकिन्छ ।

उनका कथा लेखनका आठ टिप्स निम्न छन् :

  • १. अन्जान पाठकको समयको यसरि उपयोग गर्नुहोस कि उनलाइ आफ्नो समय खेर गएको जस्तो नलागोस।
  • २. पाठकलाइ कम्तिमा पनि एउटा तेस्तो पात्र दिनुहोस जसमा उसले आफु देख्न सकोस।
  • ३. प्रत्येक पात्रको आफ्ना आफ्ना चहाना हुनु पर्छ चाहे त्यो एक कप पानीको चहाना नै किन नहोस ।
  • ४. प्रत्येक वाक्यले यि दुइ मध्ये एउटा काम गर्नु पर्छ -> पात्रको बर्णन अथवा कथाको प्रगति ।
  • ५. सँधै कथाको अन्त्य नजिक बाट मात्र कथा शुरु गर्नुहोस
  • ६.  पिडक र कामुक हुनुहोस । कथाको मुख्य पात्र जतिसुकै शान्त र सज्जन भए पनि पाठकलाइ उनि कस्ता मान्छे वा बस्तु हुन भनेर बुझाउन उनमाथि भयंकर घटनाहरु हुन दिनुहोस।
  • ७. लेख्दा एउटा पाठकलाइ मात्र सोचेर लेख्नुहोस । यदि तपाइले झ्याल खोल्नु भयो र संसारलाइ प्रेम गर्नुभयो भने, तपाइको कथालाइ निमोनिया लाग्छ ।
  • ८. आफ्ना पाठकलाइ सक्दो धेरै सुचना दिनुहोस, जतिसक्दो छिटो। सस्पेन्सलाइ गोलि मार्नुहोस् । पाठकले अबस्थाको पुर्ण विबरण दिएर के र कहाँ भइ रहेको छ भन्ने जानकरि दिनुहोस । यसरि सबै विबरण दिनुहोस कि, कथाका अन्तिम पाना मुसाले खाइदिए पनि पाठकले आँफै कथाको अन्त्य गर्न सकुन ।

यि नियमहरु पुरा गरेमा राम्रो कथा बन्न सक्छ भने यिनको प्रयोग नगर्दैमा कथा नराम्रो हुने भन्ने पनि हुँदैन । कथा भनेको कथाकारको कला हो, जसलाइ कुनै पनि नियमले बाँध्न सक्दैन । तेसैले सबै आठ नियमका बिपरित नियम पनि बनाउन सकिन्छ राम्रो कथा लेख्नलाइ ।

भोनेगुटले थप्छन्, “मेरो पुस्ताको सबैभन्दा राम्रो लघु कथा लेखिका फ्लेनरि ओकर्नर हुन, उनले आफ्ना कथामा यि सबैजसो नियमहरु तोडेर कथा लेखेकि छिन । प्राय: सबै राम्रा लेखकहरुले नियम तोडेर लेख्ने गर्दछन् ।”

Kurt_Vonnegut_1972

सन १९७२मा खिचिएको कुर्ट भोनेगुटको फोटो, क्रेडिट – विकिपिडिया

कथा रमाइलो लाग्न थाले पछि मैले केहि कथाहरु पढेने र अध्ययन गर्न थालेको एक दुइ हप्ता भयो, मैले अहिले सम्म बुझे अनुसार लघु कथालेखकले निम्न कुरामा ध्यान दिनु पर्ने हुन्छ:

  • अरु प्रसिद्ध लेखकहरुका कथा पढ्नुहोस — मेरो बिचारमा चेखब, हेमिंगवे, रेमण्ड क्याभर, एलिसा मुनरो, टोबिस वुल्फ आदि लेखकका कथा राम्रा छन् । यि सबै लेखकका पढ्न मन नलागे पनि रसियन साहित्यकार चेखबका कथालाइ एकचोटि भन्दा बढि नै पढ्दा राम्रो होला । (एलिसन गोल्डिनको सुझाब)
  • पहिलो प्याराग्राफ आकर्षक हुनु आबश्यक हुन्छ । जिन्दगिमा झैँ कथामा पनि पहिलो इम्प्रेसन राम्रो दिनु पर्ने हुन्छ ।
  • पात्रको बारेमा लेखिने भन्दा पनि बढि सुचना जम्मा गर्नुहोस। अझ एउटा फोटो वा चित्रलाइ आधार बनाउदा अझ सजिलो होला ।
  • लेखकिय दृष्टिकोण  – आँफै मुख्य पात्र हुने कि कुनै दोश्रो वा तेस्रो व्यक्ति भएर लेख्ने पनि पहिले नै निर्णय गर्नु पर्ने हुन्छ । पहिलो व्यक्ति हुँदा ‘म’ भनेर लेखिन्छ भने दोश्रो व्यक्ति भएर कथा लेख्दा ‘तिमि’ लाइ सम्बोधन गरिन्छ। तेश्रो व्यक्ति भएर कथा लेख्दा ‘उ’ वा ‘उनि’को कथा बताउनु पर्ने हुन्छ ।
  • कथाको सेटिङ्ग र कन्टेक्टस जस्तै समय, ठाँउ, र वातावरणको बारेमा पनि पहिले नै निर्णय गर्नु पर्ने हुन्छ ।  यि बिबरणहरु उपयुक्त स्थानमा बर्णन गर्नु पर्ने हुन पनि सक्छ । यसको लागि पनि फोटो वा कुनै स्थानलाइ आधार बनाउन सजिलो हुन सक्छ ।
  • कथाको प्लट सबै भन्दा महत्वपुर्ण हुन्छ । यो बारेमा भविष्यमा अरु चर्चा गरौँला ।
  • तनाव, समस्या, अचम्म आदि मसलाहरु पनि कथाका अभिन्न अंगहरु हुन । यि बारेमा पनि छुट्टै चर्चा गर्न आबश्यक हुन्छ होला ।
  • अन्त्य – कथालाई अन्त्य गर्ने पनि विभिन्न तरिका हुन्छन ।  समस्याको समाधान टिपिकल कथाको अन्त्य हुन सक्छ । तेस्तै कथाको घटनाबाट लिने शिक्षा वा पाठकले नै निर्णय गर्ने खालको अन्त्य पनि राम्रो अन्त्य मान्न सकिन्छ ।

अपडेट – किन कथा लामो वा छोटो हुँदैन?

कसैले कथा लामो भयो भनेर गुनासो गर्यो भने बुझ्नु पर्छ कि कथाको प्रस्तुति फितलो भयो । गहकिलो प्रस्तुति भएको कथा कहिल्यै पनि लामो हुँदैन किनकि, तेस्तो कथा जति पढ्यो उति पढौं पढौं लाग्ने हुन्छ, कहिल्यै पनि नसकिए हुन्थ्यो जस्तो हुन्छ । तेसैले कथालाइ छोटो बनाउने भन्दा पनि गहकिलो बनाउने तर्फ ध्यान दिनु जरुरि हुन्छ ।

तर, यसको मतलब कथालाइ लामो बनाउनु पर्छ भन्ने पनि होइन । कथाको प्लट र सन्देश जति सक्दो थोरै शब्द खर्च गरेर प्रस्तुत गर्न सकेमा पाठकको समय बचत हुन्छ र पढदा अल्छि लाग्दो पनि हुँदैन ।

*****

यसमा भएको ‘सजिलो नेपालि‘ प्रयोग र कथा कसरि लेख्ने भन्ने को बारेमा पनि कमेन्ट गर्नुहोला, धन्यबाद ।

Leave a Reply

Your email address will not be published.