दुइ नेपालि पत्रिका – नयाँ पत्रिका दैनिक र युनाईटेड पोष्ट साप्ताहिकमा दुइ महिना अघि प्रहरिको मुठभेडमा मारिएका गुण्डा कुमार घैँटे (कुमार श्रेष्ठ) को शवको बिषयमा फरक खालका रिपोर्ट प्रकाशित भएका छन ।
भिडियो रिपोर्ट:
गत भदौ ३ मा रानिबारिस्थित आफ्नै घर अगाडि मुठभेडमा घैँटेको मृत्यु भएको थियो । घैँटेका आफन्तले प्रहरिले नियोजित रूपमा हत्या गरेको आरोप लगाउँदै आएका छन् । प्रहरिले भने उनले प्रहरिमाथि आक्रमण गरेपछि जवाफि फायरिङमा मृत्यु भएको बताएको थियो । घैँटेका आफन्त तथा केही कांग्रेस सभासद्ले घटनाको अनुसन्धानका लागि मानवअधिकार आयोगलाई दबाब दिँदै आएका छन् ।
शवको पोस्टमार्टम
मानवअधिकार आयोगका प्रतिनिधिसमेतको रोहवरमा शिक्षण अस्पतालका विशेषज्ञ डा. हरिहर वस्तिको नेतृत्वमा शवको पोस्टमार्टम पनि भएको थियो । तर, यस्तो घटनाको पोस्टमार्टम रिपोर्टमा मुठभेडमा मृत्यु भएको वा नियन्त्रणमा लिएर गोलि हानेको प्रस्ट प्रमाणहरू औँल्याउन गाह्रो हुने हुनाले यसै भएको भनेर भन्न मिल्ने अबस्था छैन ।
मानवअधिकार आयोगले कमिटि गठन गरेर छानबिन अगाडि बढाएपछि मात्र शव बुझेर दाहसंस्कार गर्ने भनेर परिवारले भनेको हुनाले हालसम्म घैँटेको शव शिक्षण अस्पतालमै छ ।
नयाँ पत्रिका दैनिकका अनुसार सभासद् जगदिश्वरनरसिंह केसि भन्छन “आयोगले छानबिन थालेपछि शवको दाहसंस्कार गर्न समस्या छैन।” केसि का अनुसार एक अज्ञात महिलालाई घैँटेको नक्कलि श्रिमति बनाएर उसको सम्पत्ति हत्याउन लागेको पनि आरोप लगाएका छन् ।
केसि भन्छन, “एक महिलालाई उसको नक्कलि श्रिमति बनाएर सर्जिमिन गरेको छ भन्ने मैले सुनेँ, प्रहरिले शव जलाउन अर्को नाटक सुरु गरेको छ ।”
घैंटेकि श्रिमति पिंकि शेर्पा
अर्को युनाईटेड पोष्ट साप्ताहिकमा प्रकाशित समाचार अनुसार घैंटेकि श्रिमति पिंकिलाई दाहासंस्कार नगर्न नेता र डनको धम्की दिएका छन । यि दुइ समाचारको बिश्लेषण गर्दा, नेता केसि पिंकिलाइ घैंटेको श्रिमति मान्न तयार छैनन । सो साप्ताहिक मा प्रकाशित समाचार अनुसार ‘घैंटे’ को दाहासंस्कार रोक्न घैंटेका व्यवसायिक साझेदार एवम् कांग्रेस सभासद् जगदिश नरसिंह केसि र बाफलका डन समिरमान बस्नेतले धम्कि दिने गरेको बताइएको छ । घैंटेको निधन पछि आफ्नो अबैध धन्दाका कारण प्रहरिबाट डराएका बस्नेत भागेर दिल्लि पुगेको पनि बताइएको छ । बस्नेतले आफ्नि श्रिमति मार्फत पिंकिलाइ धम्कि दिएको खबर छ ।
रह्स्यमय
घैंटेकी श्रीमती भनिएकि पिंकी शेर्पा हालै मात्र मकाउबाट काठमाण्डौ फर्केकि हुन । उनि प्रहरी मुठभेडमा घैंटे मारिनु भन्दा एक महिना अघिमात्र रोजगारका लागि मकाउ पुगेको समाचारमा उल्लेख छ । अकुत सम्पति कमाएको भनिएको डनकि श्रिमतिलाइ बैदेशिक रोजगारिमा जानु पर्नुको कारण र घैंटेको निधन भएको २ महिना पछि मात्रै फर्कनुको कुनै कारण समाचारमा उल्लेख गरिएको छैन । समाचारमा पिंकी बिगत तिन बर्षदेखी घैंटेसँगै रानिवारिकै घरमा बस्दै आएको स्थानिय बासिन्दा बताउछन, भनेर पनि लेखिएको छ । तर उनि घैँटेले छोरि भनेर फेसबुकमा शेयर गरेको बालिकाकि आमा हुन कि होइनन भन्ने बारेमा केहि उल्लेख गरेको छैन । घैँटेकि छोरिको उमेर नै दश बर्ष भन्दा माथिको जस्तो देखिन्छ ।
समाचार अनुसार, घैंटेका आफन्त र रानिवारिका छिमेकिले पिंकिलाइ सहयोग गरेपनि घैंटेका दाजु दावि गर्ने राजु श्रेष्ठ, डन समिरमान बस्नेत, र काँग्रेस नेता केसिले शब नबुझ्न दबाब दिने गरेको स्रोतको हवाला दिंदै साप्ताहिकले लेख्छ ।
पिंकिले पनि घैंटेको सम्पत्तिमा आँखा लगाउँदै आएका केही गुण्डा र उनका आफन्त र नेताले घैंटेको लाशमाथि राजनीति गर्दै आएको आरोप लगाएकि छिन ।
यि दुइ समाचारले त झन कसले घैंटेको सम्पत्तिमा आँखा लगाउँदै आएको हो भन्ने कुरा झन रह्स्यमय भएको देखिन्छ ।