जनशक्ति पलायन – के यो समस्या हो त ?

brain-drain आज ट्विटरमा एउटा समस्याको बारेमा छलफल गरियो, जनशक्ति पलायनको बिषयमा | तर यो छलफलको अन्त्य सम्म पुग्दा मलाइ यो समस्या ‘समस्या’ नै होइन भन्नेमा म विश्वस्त हुन पुगेको छु | नेपालमा जनशक्ति पलायनले एउटा बिकराल रुप लिएको सुन्दै आएको र आफैँ पनि सो "अपराधको दोषी" भएको ठान्दै आएको मलाई आज खुशी के लागेको छ भने – यो अपराध नभएर एउटा परापुर्ब काल देखि हुदै आएको मानब शुलभ आबश्यकता पो रहेछ |

राज्य, देश र सरकारले हामीलाइ बिदेशीलाइ घृणा गर्न सिकाउनु त आफ्नो स्वार्थ पुरा गर्ने पुरानो हत्कण्डा मात्र रहेछ | "देश प्रेम" भनेको त प्रेम नभएर घृणा लाइ ‘प्रेम’ शब्दको खोल ओडाएको मात्र पो रहेछ | प्राचीनकालमा जति पनि युद्धहरु भए प्राय सबै राजा वा देश प्रमुखका स्वार्थका लागि भए | जति पनि युद्ध भए सबै रानी, राजकुमारी, धन सम्पति, वा धर्मका लागि मात्र भए, जनताका लागि लड्ने राष्ट्रप्रमुख त कोही पनि भएनन |

सो बादबिवादका सहभागी एकजना ले भने "कुनै अविकशित वा विकासोन्मुख देशले ब्रेन-ड्रेन रोक्न सकेको छैन, नेपालले पनि सक्दैन- रोक्ने प्रयासै गलत हो। उपयोग,सुधार गर्नुपर्छ|" कुरा केही हद सम्म ठिक हो | अविकशित वा विकासोन्मुख देश मात्र होइन बिकशित देशबाट पनि केही मानिसहरुमा अरु देशहरुमा बसाइ सराइ गरिरहेका हुन्छन, भन्न मात्र ‘जनशक्ति पलायन’ नभनिएको हो | जस्तो कि, क्यानडा बाट अमेरिकामा हुने जनशक्ति पलायन पनि एउटा ठूलो समस्या मानिदै आएको थियो | राम्रो अबसर दिन नसक्ने देशले मानिसलाई देश भित्रै थुनेर राख्न खोज्नु तर्कसम्मत हुँदा पनि हुँदैन |

सो बादबिबादका सहभागी एक जनाको भनाइ जस्ताको तस्तै सार्दा : "बिदेशिनुलाई गलत मान्नुहुँदैन,दिक्षित भएर देशको सेवामा जुट्न हामी अग्रसरहुनुपर्यो, मुटुमा नेपाल हुनु पर्छ … विकास रातारात सम्भव छैन, तर हामी जे छौँ, जति गर्न सक्छौँ – त्यसको मात्रा बिस्तारै बढाउने हो भने हरेश मान्नु पर्दैन |"

बादबिबाद संचालन गर्ने ट्विटरका साथीहरुलाई मुरी मुरी धन्यबाद, मेरो आँखा खोल्न सहयोगीको भूमिका खेलिदिनु भएकोमा र आनन्दजी लाइ यो सानो टिपोटलाइ आफ्नो ब्लगमा स्थान दिनु भएकोमा|

– अनुप रेग्मी

2 thoughts on “जनशक्ति पलायन – के यो समस्या हो त ?

  1. ओह! बिषय र प्रस्तूति शैली राम्रो लाग्यो । बिचारहरु पनि उत्तम छन । तर मैले के बुझें भने अनुप जि एउटा अतिबादबाट उम्किएर अर्को अतिबादमा अड्किनु भो । सत्यहरु पनि सापेक्षिक र अन्तर्घुलित हुन्छन । हामीले यि याबत् सत्यहरुको समय सापेक्ष उचित अनुपातको मिश्रणबाट मात्र उत्कृष्ट सत्य मा पुग्न सक्छौ ।

    आज पनि सहकारीको धारणा यति बिकशित हुँदै किन जादैं छ ? हामी लाई देश किन चाहिएको हो, सत्ता पल्टाउन सक्ने आवज हरुले देश मास्न किन सक्दैनन ? अझ देश देश मिलेर union र region किन बनाउनु पर्दै छ ? USA, क्यानाडा, UK, अस्ट्रेलिया लगायत अनेकौ बिकशित मुलुकको नागरिक नै भएर बसेका प्रबाशीहरुलाई छोडेर हिंडेको देशको किन यत्रो चासो गर्छन ? ( जबकी कोइ कोइ त घर का दाजु भाई दिदी बैनी सँग कुरा गर्न पनि चाहदैनन ।)।

    वास्तवमा जनशक्ती पलायन नै चाँही समस्या होइन नै होला । तर अनियन्त्रित, अनिर्शेशित र नीति-बिहिन जनशक्ती पलायन चाँही पक्कै पनि समस्या हो । तर नीति बनाउनु त हाम्रो हात को कुरा भएन (अहिले को लागि) त्यसैले हामीले महसुस गर्नु पर्ने त्यो भन्दा अझ ठुलो समस्या हो हामी मा भएको उधमशिलता को अभाब, जागिरे प्रब्रिती, बिदेश जन भने पछी पहिले नै खुट्टा उछलेर बस्ने प्रब्रिती र उपभोगबादी चिन्तन ।

    • पेशल जी,
      तपाइँ को बिचार सँग आंशिक सहमत भएँ | हो बिदेशिनुको अर्थमा पुरै गाउँ,टोल,शहर नै उल्टिएर बिदेशिनु राम्रो कदापि होइन | तर सो बिषय #npbraindrain ले उठान गर्न खोजेको कुरो भनेको चाहिँ उच्च प्रतिभाशाली र आफुलाई द्क्ष बनाउँन चाहनेले आफ्नो भुमि (नेपाल) छाडेर उत्कृष्ठ अवसर र उच्च शिक्षाको लागि बिदेशिनु ठिक बेठिक के हो भन्ने थियो भन्ने मैले बुझेको छु |

Leave a Reply to Friendycalls Cancel reply

Your email address will not be published. Required fields are marked *