निखिल उप्रेति इन्काउन्टर अफिसर बन्दै

लामो समय पछि नेपालि चलचित्रमा फर्केर ‘भैरब’मार्फत फेरि जमेका एक्सन अभिनेता निखिल उप्रेतीको को दोश्रो कमब्याक फिल्म “लुटेरा” पनि सफल नै भएको छ । अब, निखिल अर्को चलचित्र ‘इन्काउन्टर अफिसर’ मा प्रहरिको रुपमा एक्सन भुमिकामा देखिने भएका छन् ।  केहि हप्ता पहिले कोटेश्वरलको महादेबस्थान मन्दिरमा प्रहरि निरिक्षक धर्मराज भण्डारिले क्ल्याप ठोकेर सो चलचित्रको शुभ मुर्हत गरेर  छाँयाकन पनि सुरु गरेका थिए ।

भिडियो रिपोर्ट:

https://www.youtube.com/watch?v=c1woJUX7XUU

अघि चलचित्र ‘कुर्बान’ र ‘संजोग’ फिल्महरु निर्देशन गरिसकेका निर्देशक बेद प्रसाद भुर्तेलले ‘इन्काउन्टर अफिसर’को निर्देशनको जिम्मा लिंदैछन् भने यसमा हर्क देउवाले लगानी गर्दैछन । सेवान्तिका फिल्मस र एभरेष्ट फिल्मसको संयुक्त ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा प्रतिक श्रेष्ठ सह-निर्माता रहेका छन । यो फिल्म फिल्म देशको बर्तमान अबस्थाको बारेमा लेखिएको  कथामा बन्दै गरेको बताइएको छ  ।

चलचित्रको नाम अनुसार केहि समय अघि प्रहरि इन्काउन्टरमा मारिएका कुमार घैंटे र अघिल्लो बर्ष मारिएका दिनेश चरि को प्रसंग पनि यसमा समावेस हुन सक्ने सम्भावना देखिको छ। तर, निर्माण पक्ष भने सो बिषयमा मौन रहेको छ।

encounter officer inaguration

Leave a Reply

Your email address will not be published.