सन्नी लियोनीले नेपाल आएर के-के गरिन ?

बलिउड अभिनेत्रि सन्नि लियोनि यहि शनिवार बेलुका आफ्ना पति डेनियल वेभरका साथ काठमाडौं आएर एक क्यासिनोमा नृत्य गरेकि थिइन भने अन्य औपचारिक कार्यक्रमा उपस्थित भएको खबर छैन । काठमाडौं स्थित क्यासिनो मजोङमा उनले बलिउडका आइटम गितमा बोल्ड डान्स प्रस्तुत गरेकि थिइन (सो कार्यक्रमका फोटोहरु अंग्रेजि ब्लगमा) ।

उनि ब्रान्ड एम्बेसडर रहेको जिङ्क भोड्काले सन्नीलाई काठमाडौं ल्याएको थियो ।  यस अघि अनुमान गरेको जस्तो सन्निले भोडकाको प्रचार प्रसार नगरि भारत फर्केकि छिन् ।

भिडियो रिपोर्ट:

श्रोतहरुका अनुसार भारतिया नाकाबन्दि र त्यसको प्रभावका कारण पनि सन्निले पुर्वनिर्धारित कार्यक्रमहरुमा कटौति गर्नु परेको थियो । यस अघि सन्निले एक फेसन सो मा भाग लिने र जिंग भोडकाको औपचारिक लंच गर्ने कार्यक्रम पनि थियो । दशैं तिहार देखि नै भारतिय नाकाबन्दि का कारण तेल, औषधि र खाना पकाउने ग्यास को आयात बन्द गरेको बेलमा भारतकि अभिनेत्रिले रक्सि को लंच गर्नु हास्यास्पद र प्रत्युत्पादक हुने आशंकाले पनि ति कार्यक्रम हरु क्यान्सिल गरिएको हुन सक्ने सम्भावना देखिन्छ । पुर्वनिर्धारित कार्यक्रमहरुमा कटौति गरेर होला, उनको नेपाल भ्रमण छोटो र खल्लो भएको उनका फ्यानहरुले प्रतिक्रिया दिएका छन् |

केहि घण्टाको छोटो बसाइमा पनि सन्नि लियोनले काठमाण्डौंका सडकहरुको भ्रमण र क्यासिनोमा नृत्य गर्न भने भ्याएकि थिइन । शनिवार दिउसो नेपाल आएकि सन्निको टोलि सोल्टि होटेलमा बसेको थियो र आइतबार बिहानै भारत प्रस्तान गरिसकेको थियो ।  दुइ बर्ष अघि पनि नेपाल आएकि सन्नि ले नेपाल आफूलाई विश्वमै मनपर्ने देश मध्ये एक भएको र नेपाल आउदा उत्साहित भएको भनेर ट्विटमा पोष्ट पनि गरेकि थिइन् । फर्के पछि नेपालमा पाएको आतिथ्य र शहरमा पैदल घुम्न पाएकोमा र नयाँ कुराहरु पत्ता लगाउन पाएकोमा खुशि पनि ब्यक्त गरेकि छिन ।

उनलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको एक मदिराले प्रचार प्रसारका लागि नेपाल बोलाएको भए पनि उनले प्रचार प्रसार गरेको भने सुन्नमा आएको छैन ।
नेपालबाट फर्के पछि  उनले फेसबुक, ट्विटर आदि सोसल मिडियामा लेखेकि छिन, “धन्यवाद नेपाल ! मुटुदेखि नै न्यानो आतिथ्यता दिएकोमा । मैले यो सहरमा आएर केही कुरा सिक्न सक्षम भएजस्तो महसुस गरेकि छु ।”

त्यस्तै, उनले भक्तपुरका सांस्कृतिक सम्पदाको पनि भ्रमण गरेका फोटो पनि शेयर गरेकि  छिन् । उनले नेपालमा बिताएको समय सुखद भएको प्रतिक्रिया पनि दिएकी छिन् ।

sunny leone in Nepal 2015, bhaktapur

sunny leone in kathmandu streets 2015 nepal visit1

sunny leone in kathmandu streets 2015 nepal visit2

Leave a Reply

Your email address will not be published. Required fields are marked *