बल्ल श्वेता खड्काको अनुहारमा चमक देखिन थाल्यो

श्रिकृष्ण श्रेष्ठको निधनको डेढ वर्ष पछि बल्ल अभिनेत्री श्वेता खड्काको अनुहारमा मुस्कान देखिन थालेको छ ।

जस्तो सुकै दुख परे पनि सहेर बिर्सनुको बिकल्प छैन ।  बिवाह गरेको एक महिनामा नै श्रिमान गुमाएकि अभिनेत्री श्वेता खड्काले आफ्नो पति स्व. अभिनेता श्रिकृष्ण श्रेष्ठको  बियोगमा लामो समय गुप्तबास बसिन । गत बर्ष साउनमा श्रेष्ठको अकल्पनिय निधन भए पछि करिव छ महिनासम्म सम्हालिन नसकेकि स्वेता बिस्तारै सामान्य हुने प्रयास गर्न थालेको भए पनि उनको  अनुहारमा चमक आउन भने एक बर्षभन्दा पनि बढी समय लाग्यो ।

भिडियो रिपोर्ट:

निधनको बार्षिकिमा स्वेताले फिल्म क्षेत्रमा फर्किने पनि बताएकि थिइन (हेर्नुस भिडियो)

विवाह पश्चात हनिमुनको लागि पतिसँगै भारत पुगेकि श्वेता घर फर्किंदा भने एक्लै फर्किनु परेको असह्य पिडालाइ भुल्न उनले नेपाल लगायत अमेरिकामा पनि बिभिन्न उपचार गर्नु परेको थियो ।  अब भने श्वेताले पिडा भुल्ने उनको प्रयासमा सफलता पाउन थालेको महशुस हुन थालेको छ । उनले पछिल्लो समय सामाजिक सञ्जालमा पोष्ट गर्दै आएका तश्विरहरुलाइ हेर्दा पिडा भुलेर पहिलेको जस्तै सामान्य हुने प्रयासमा सफलता पाउन थालेको भान हुन्छ। केहि महिना पहिलेसम्म पनि सामाजिक सन्जालमा पिडा र बिरहका शब्द तथा फोटो पोष्ट गर्ने श्वेताले आजकाल भने केहि खुसीका पलहरु पनि सार्वजनिक गर्न थालेकी छिन् ।

केहि समय पहिले श्रिकृष्णको निधनको बार्षिकि समारोह र अन्य कार्यक्रमहरुमा पनि स्वेताले अब बिस्तारै पिडा बिर्सेर पहिलेकै अबस्थामा फर्कने र फिल्ममा पनि अभिनय गर्न शुरु गर्ने बताएकि थिईन् ।

अघिल्लो महिना “सच्चा मुस्कान भन्दा सुन्दर वस्तु संसारमा अरु कुनै छैन् किनभने यो आँसु संग संघर्ष गरेर बगेको हुन्छ” भनेर फेसबुकमा पोस्ट गरेकि स्वेताले प्राय: अंग्रेजिमा लेख्ने गरेकि छिन । उनले दशैँ अघि अनालाइन खबरको लागि मुस्काएको र रमाइलो गरेको फोटो सेशन पनि गरेकि थिइन । तेस्तै, दशैंको बेला स्वेताले रक्षा नेपालका बालबालिकाहरुलाइ चकलेट बाँड्न पनि पुगेकि थिइन ।

sweta khadka nepali actress smile photo shot

sweta khadka bright smile

Leave a Reply

Your email address will not be published. Required fields are marked *