Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

gayatri-bp-yadav हामी नेपालीले कसलाई नेता बनाउनु पर्छ कसलाई बनाउनु हुदैन भन्ने बुझ्नै नपाइ ६०१ जना सभासद चुन्नु पर्ने ठूलो जिम्मेबारी आयो | केही राम्रा मान्छे चुनिए केही नराम्रा चुनिए |

अरुको त के कुरा नेताहरुले नै देखाईदेका हुन नि: “यी हेर तिमेरको बुद्धी, माधब काम्रेड लाइ हराएको हैन? प्रधानमन्त्री बनाएर देखाई दिन्चम्,” भनेर | माधब काम्रेडले पा…का अब, सके जति सबै हारेकाको जमात ले..र हाँकी दे देशलाई | मन्त्री पनि कस्ता कस्ता थे भने … हजार टाउका भ को शेष नागले पनि बर्णन गर्न नसक्ने | झापड हान्ने, गाडीको शिशा फुटाउने, रक्सी खाएर झैझगडा गर्ने, खेताला लगाएर एसेल्सी दिने आदि – गर्नु नगर्नु सबै गरे |

सोही सिको गरेर होला जनताले पनि झापड हान्न शुरु गरे | सोही झापड कलाको उच्च कदर गर्दै झापड खाने झलनाथलाइ नै देशको बिंडो थमाई दे | झापडको झोंकले चलाको देश अगाडी गको हो कि पछाडी गको हो, अहिले नै भन्न सकिने अवस्था छैन |मुख्य कुरो, संबिधान बनाउने काम कुरोलाई थाँती राखेर पैसाको पछाडी दौडिरहेका सभासदहरुको गैर जिम्मेबारीपन र आपराधिक गतिविधीले सबैलाई दुख लाग्नु स्वभाबिक पनि हो | तर यसमा मुख्य दोष कसको हो त ?

मन्त्रीका ५ नाम र ३ पासपोर्ट को कुरा नासेलाउदै दुइ जना नेता, मधेसी जनअधिकार फोरमका सभासद् वीपी यादव, नेपाली जनता दलकी गायत्री साह, रातो पासपोर्ट काण्डमा फसेका छन् | (फोटो अनलाइन खबर बाट)

अब दोष कल्लाई दिनु ? नेतालाई कि ती नेता चुन्ने जनतालाई ?

एउटा भिडियो फेला पर्यो यसै सन्धर्वमा रहेछ :

 

UPDATE: – आजको कान्तिपुरको वेबसाइटमा कान्तिपुर पत्रिका जलाउदै गरेका केहि मानिसहरुको फोटो राखेको रहेछ |

kantipur-burning

अरु थप ६ जना सभासद लाइ छानबीन भै रहेको छ भनेर लेखेको तलको लेख को बिरोधमा कान्तिपुरले नै कारबाही गर्ने जस्तो ठानेर हो कि किन हो पत्रिका जलाउन लागेको ?… तलको समाचार पढेर जलाउनु पर्ने के रहेछ पत्ता लगाएर कमेन्ट गरिदिनु भएमा आभारी हुने थें| (फोटो कान्तिपुर बाट)

 

six-more-ca-members-investigated

six-more-ca-members-investigated-2

Incoming search terms:

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network