एक त राष्ट्रिय जनावर, त्यसमाथि कसैको धार्मिक आस्थामाथि चोट पुर्याउने गैरकानूनी काम भएकाले प्रहरीले दोषी उम्किन नदिन गहिरो अनुसन्धान गरेको छ ।
नेपालमा यस्ता समाचारहरु बेला बेलामा आउँछन | कान्तिपुरमा छापिएको एक समाचारको अनुसार हालै नेपालगन्जमा पक्राउ परेका बाँके सोनपुरका साविर कसाई ‘मुक्ति’ र नेपालगन्ज-५ का मोहम्मद इशार खाँ ले गाईको सुकुटी बनाउने उद्योग नै संचालन गरेका रहेछन | उनीहरुले यो कार्य गैरकानुनी नै भएको ठहर गरेर होला " स्थानीय प्रहरीलाइ मासिक २० हजार ‘घुस’ दिएर ६ महिनादेखि ब्यापार गरिरहेका" रहेछन |
धर्म निरपेक्ष भनेर प्रचार गरिसकेपछि नेपाल बाहिर र नेपालमा नै पनि गाईको मासु खाने समुहमा यसले कस्तो सन्देश दिन्छ त ? यस्ता समाचार छाप्ने पत्रकारहरुले यी तलका केही प्रश्नका उत्तरहरुको बारेमा पनि ध्यान दिनु आबस्यक रहेको मलाइ लाग्दछ:
१. के गाइको मासु बेच्नु गैरकानुनी कार्य हो ? यदी गैरकानुनी हो भने किन गैरकानुनी भयो?
२. के रास्ट्रीय जनाबरलाइ मार्न पाइदैन ? मैले सुनेको अनुसार त डाँफे(रास्ट्रीय पन्छी)को मासु खानु अपराध मानिदैन |
३. मासु खाँदैमा धार्मिक आस्थामाथि चोट पुग्छ ? मुस्लिमहरुले सुंगुरको मासु खादैनन भन्दैमा अरुको खान पाउने अधिकारमा अंकुस लगाउन पाइन्छ त ?
गत बैशाख १४ गते प्रहरीले छापा मारेर गौबधशालासहितको उक्त सुकुटी उद्योग नियन्त्रणमा लिएको हो । प्रहरी निरीक्षक मुकुन्द रिजालको टोलीले गाईको आलो मासु, सुकुटी, गाईका टाउकाहरु र सुकुटी तयार गर्ने सामाग्रीहरु बरामद गरेको थियो । उक्त अबैध काममा संलग्न सरिफ कुरेसी, समिउल्ला कुरेसी, जमिल कसाई, कुन्ना तेली र महंगु कसाई फरार रहेको प्रहरीले जनाएको छ ।
अभियुक्तहरुलाई मुलुकी ऐनको चौपाया महल अन्तरगत मुद्दा चलाइएको नायव उपरीक्षक घिमिरेले बताए ।
मलाइ कानूनको त्यति ज्ञान छैन – मुलुकी ऐनको चौपाया महल मा भएको प्राबधानको जानकार ले प्रष्ट पारिदिनु भएमा आभारी हुने थिएँ |
English Summary:
Nepal is told to be converted from a Hindu Kingdom to a secular state recently, news of people being arrested for selling cow meat can be heard frequently. These incidents raise question on weather the country has converted itself into a secular state or is it only a thing to show-off?
