महिनौ देखि नेपालको संबिधान २०७२ का सबै धाराहरु बाचन गर्ने क्रमममा आज प्रस्तुत गर्दैछु नेपालको संबिधान २०७२ भाग २४ अन्तर्गत निर्वाचन आयोगको बारेमा भएका धाराहरु – धारा २४५ देखि धारा २४७ सम्मको वाचन ।
यस अघिका:
- भाग २३ को वाचनमा लोक सेवा आयोगको बारेमा धारा २४२ देखि धारा २४४ सम्म को वाचन गरिएको थियो
- भाग २२ मा महालेखा परिक्षकको बारेमा धाराहरु समावेस गरिएका थिए
- भाग २१ को वाचन अख्तियार दुरुपयोग अनुसन्धान आयोग सम्बन्धि धाराहरुको थियो।
यि माथि उल्लेखित भागहरुको बिवरण समेत यो ब्लगमा राखिएका छन् भने, ति भन्दा अघाडिका भागहरु युट्युबमा खोज्न सकिन्छ ।
नेपालको संबिधान २०७२ भाग २४ को भिडियो/अडियो हेर्नुहोस :
यो भागमा:
- धारा २४५ ले निर्वाचन आयोगको परिचय, प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको नियुक्ति, पदमुक्त हुने अबस्थाको बारेमा बिस्तृत बिवरण दिएको छ
- धारा २४६ मा निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार सम्बन्धि ब्यबस्थाहरु समावेस गरिएका छन्
- धारा २४७ मा सरकारि कर्माचारिहरुले आवश्यकता परेमा निर्वाचन आयोगलाइ सहयोग गर्नु पर्ने ब्यबस्था राखिएको छ
अहिलेका निर्वाचन आयुक्तहरु (बि. स. २०७२)
- का.वा.प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव
- निर्वाचन आयुक्त इला शर्मा
आयोग सम्बन्धि जानाकारिहरु आयोगको आधिकारिक वेवसाइटमा प्राप्त गर्न सकिन्छ।