लुटको धन फुपुको श्राद्ध जसरि, सरकारि कोषबाट रकम पाउने भाग्यमानि को को हुन ?

आर्थिक अवस्था कमजोर भएका या विशिष्ट व्यक्तिहरुलाइ स्वास्थ उपचारको खर्च बिलअनुसार सोझै अस्पताललाइ दिने व्यवस्था विपरित नेपाल सरकारले पहुँचवालालाइ जथाभावि आर्थिक सहयोग गरेको छ । यहि जेठ १३ गते बसेको मन्त्रिपरिषदको बैठकले एकै दिन ३१ जनालाइ रु डेढ करोड रुपैयाँभन्दा बढि आर्थिक सहायता दिने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णयमा ति व्यक्तिहरुलाइ किन आर्थिक सहायता दिनु पर्यो भन्ने बारेमा केहि पनि उल्लेख गरेको छैन ।

सहायता पाउनेहरुमा एक बहालवाला मन्त्रि, पुर्व परराष्ट मन्त्रि र पुर्व सांसद लगाएअ प्रभावशालि नेता, उनिहरुका आफन्त र पहुँचवाला ब्यक्तिहरु रहेका छन् । भिडियो रिपोर्ट :

आर्थिक सहायता पाउनेमा सत्तारुढ एमाले, एमाओवादि र राप्रपा नेपालका साथै प्रमुख विपक्षि दल नेपालि कांग्रेसका नेता तथा कार्यकर्ता पनि रहेका छन ।

आर्थिक सहायता पाउने बहालवला उद्योग राज्यमन्त्रि मेघराज नेपालि (निषाध) लाइ दिइएको रु ३ लाख सहयोग को औचित्य पुष्टि हुन सकेको छैन किनकि वर्तमान ब्यबस्था अनुसार मन्त्रि या उनको परिवारका कोहि बिरामि भए सोझै सरकारले बेहोर्छ । पुर्वपरराष्ट्रमन्त्रि रमेशनाथ पाण्डेले आफुलाइ सहयोगको रु ५ लाख नचाहिएको भन्दै सो रकम भुकम्प पिडितलाइ दिन अनुरोध गरेको बताएका छन् ।

मन्त्रिपरिषद आर्थिक सहायता पाउने भाग्यमानि ब्यक्तिहरुको बिवरण यस प्रकार छ :

मेघराज नेपालि (उद्योग राज्यमन्त्रि) – रु ३ लाख
पुर्वपरराष्ट्रमन्त्रि रमेशनाथ पाण्डेलाइ – रु ५ लाख
नरेश शाक्य (धरान) रु – १० लाख
मोहनबहादुर खत्रि (पुर्वसभासद) २ लाख
लोकबहादुर शाहि (कालिकोट) – २ लाख
मेखबहादुर क्षत्रि (पोखरा) – २ लाख
गिता पोखरेल (संखुवासभा) – १ लाख
रमेश थारु – २ लाख
पञ्चकुमार राइ (काठमाडौं) – २ लाख
मुनाकुमारि गिरि (इलाम) – ४ लाख
महेश थापा (सर्लाहि) – ५ लाख
गोविन्द भट्टराइ (काठमाडौं) – ३ लाख
सिर्जना देवकोटा (सुनसरि) – ३ लाख
नन्दलाल रोका (बाँके) – ३ लाख
ध्रुव बिष्ट (भक्तपुर) – ३ लाख
मेनकाकुमारि पोखरेल (दाङ) – ३ लाख
सरियारकुमारि चौधरि- २ लाख
अब्दुललतिफ अन्सारि (बाँके) – २ लाख
सरस्वति जोशि (काठमाडौं) – ३ लाख
कजिनसरा कार्कि (झापा) – २ लाख ५० हजार
प्रतापराम लोहार (दार्चुला) – ५ लाख
भक्ति सिटौला (झापा) – ४ लाख
कमल जंगलि (झापा) – १ लाख
मनोज पाण्डे (बारा) – ३ लाख
माधव ज्ञवालि (बाँके) – ३ लाख
रिता आचार्य (जाजरकोट) – ३ लाख
रोमहर्ष भण्डारि (दाङ) – ३ लाख
मेहरमान सिंह (दैलेख) – २ लाख
पञ्चनारायण महर्जन (काठमाडौं) २ लाख
केशबहादुर रानामगर (तनहुँ) – २ लाख
गरुडध्वज कन्दङ्वा- २ लाख रुपैयाँ

KP Oli government distributes tax money randomly

Leave a Reply

Your email address will not be published. Required fields are marked *