यौन भिडियो बाहिरिए पछि दम्पतिमा तनावमा, यस्तो अवस्थामा के गर्ने ?

के तपाइले आफ्ना वा आफ्ना नजिककाको नग्न तस्विर, भिडियो वा यौन भिडियो बनाउनु भएको छ ? आफ्ना रमाइला र गोप्य क्षणहरु अविस्मरणिय बनाउने भन्दै तेस्ता फोटो वा भिडियो जम्मा गरेर राख्ने गर्नुभएको छ ?

छ भने, के ति भिडियो वा फोटो बाहिरिए तपाइलाइ केहि असर गर्छ कि गर्दैन ? ति भिडियो वा फोटो सोसल मिडिया वा अन्य कुनै मिडियामा सार्बजनिक भए पनि केहि फरक पर्दैन भने यो पोष्ट तपाइकोलागि होइन, नपढे पनि हुन्छ । यदि असर गर्छ भने, निम्न भिडियो हेर्नुहोस।

माथि भिडियोमा उल्लेख गरेका दम्पतिले जस्तै आजकाल धेरैले आफ्ना अन्तरंग फोटो वा भिडियो खिचेर फोनमा वा कम्प्युटरमा राख्ने गरेका हुन्छन् । आजकल इन्टरनेट जोडिएका कुनै पनि फोन वा कम्प्युटर सुरक्षित हुँदैनन । जति सुकै लुकाएर राखे पनि, भाइरस लागेर वा ह्याकरले कप्युटर वा फोनमा भएका फाइलहरु चोर्न सक्छ्न ।

केहि समय अघि बिश्वका चर्चित सेलिब्रेटिहरुका नग्न फोटो र भिडियो एकाएक सार्बजनिक भएका थिए। ति सबै फोटो र भिडियो उनिहरुले आफ्नो आइफोनमा खिचेर लुकाएर राखेका थिए । एउटा ह्याकरले तिनिहरुको एकाउन्ट ह्याक गरेर सबै फोटो सार्बजनिक गरिदिए । यसरि सुरक्षाको लागि नाम कहलाएको आइफोनका डाटा त चोरि हुन्छन अरुको त के कुरा गराइ भो र ।

नग्न र अश्लिल फोटो/भिडियोले के गर्छन ?

मैले अघि नै भने – तपाइलाइ आफ्ना नग्न फोटो सार्बजनिक भएमा कुनै असर पर्दैन भने यो कुनै ठुलो कुरा होइन । तर तेस्ताअ फोटोले समाजमा असर गर्न, इज्यतमा असर गर्छ भन्ने लाग्छ तेस्तो फोटो चोरेर वा बिश्वस गरेकै ब्यक्तिले पनि ब्ल्याकमेल गर्न सक्छ । प्रहरिमा परेका उजुरि अनुसार –

  • चिनेजानकै व्यक्तिले पनि तेस्ता फोटो वा भिडियो देखाएर मोटो रकम माग गर्न । पैसा नदिएमा सार्बजनिक गरिदिने भनेर धम्कि दिन सक्छन् ।
  • शुरुमा आपसि सहमतिमा खिचिएका गोप्य क्रियाकलापका फोटो वा भिडियो पनि पछि मनमुटाब भएपछि सार्वजनिक गर्ने धम्की दिएर फिरौती माग्ने गरेका घटना पनि धेरै छन । यस्तो घटना नेपालि फिल्म निर्माता रोज राणा र अभिनेत्रि सौजन्य सुब्बाको केसमा पनि भएको थियो । रोजले सौजन्याका अन्तरंग फोटो सार्बजनिक गर्ने धम्कि दिए पछि उनि हनुमान ढोका पुगेकि थिइन ।
  • फिरौति वा पैसा नमागि रिस उठदा तेत्तिकै सार्बजनिक गरिदिंदा पनि आफुँ लगाएर आफ्नो परिवारमा अनावश्यक तनाव हुन सक्छ । माथिको भिडियोमा उल्लेखित दोश्रो घटना यस्तै एक उदाहरण हो ।

अर्को, कानुनि जटिलता पनि छ । कानुनत, नेपालमा अश्लिल फोटो वा भिडियो खिच्न पाइँदैन । आफ्नै नग्न फोटो खिच्दा पनि कसैले उजुरि मात्रै गरेमा पनि पुलिस केस हुन सक्ने सम्भावना रहन्छ । हुन त, यो सिद्धान्तको कुरा मात्रै हो र यस्तो घटना भएको मैले सुनेको भने छैन ।

नग्न र अश्लिल फोटो को समस्या बाट बच्ने उपाय के छ त ?

पहिलो कुरा, यौन र नग्नतालाइ पचाउन सक्ने हो भने; नग्न तस्विर, भिडियो वा यौन भिडियो सार्बजनिक नै भयो भने पनि हुन चाँहि केहि पनि हुंदैन । यसलाइ ठुलो कुरा मान्नु पर्ने कारण छैन । उदाहरणको लागि अभिनेत्रि नम्रता श्रेष्ठ को यौन भिडियो सार्बजनिक भए पनि उनको अभिनय क्षमताका कारण उनि सर्बोत्कष्ट अभिनेत्रि भएकि छिन । हालै उनले राष्ट्रिय चलचित्र पुरस्कार र फान अवार्ड २०७३ हात पारिन ।

तर, हाम्रो सामाजिक संरचनाले यौन र नग्नतालाइ नपचाउने धेरै उदाहरणहरु छन् । यदि नग्नता वा यौन पचाउन सकिंदैन भने यस्तो समस्याबाट बच्ने एउटै र सजिलो उपाय हो – यस्ता फोटो वा भिडियो नै नखिच्ने ।

  • नग्न र यौन क्रिडाको फोटो वा भिडियो नखिच्ने
  • थाह नदिइ कसैले खिचेको रहेछ भन्ने थाह भएमा प्रहरिमा उजुरि गर्ने
  • पहिले नै खिचेर राखेका फोटो वा भिडियो छन भने मेटिदिने
  • यति गर्दा पनि सार्बजनिक हुन्छन भने – वास्ता नगर्ने । नम्रता श्रेष्ठलाइ सम्झने 😉

यि मेरा सुझाव हुन । तपाइलाइ यि भन्दा उपयोगि सुझावहरु थाह छन भने कमेन्टमा दिनु होला ।

भिडियोमा उल्लेख भएका घटनाहरु नागरिक दैनिकमा साउन ४ गते प्रकाशित सामाग्रिमा आधारित छन । यस्ता खालका घटना जोसुकै संग पनि हुन सक्ने भएको हुनाले सतर्क रहनुको बिकल्प छैन ।

youn video bahiriyo bhane

Leave a Reply

Your email address will not be published. Required fields are marked *