जनै पुर्णिमाको परिचय र रक्षा बन्धन आशिर्बाद श्लोक

रक्षा बन्धन श्रावण महिनाको पुर्णिमाको दिन मनाइने एक हिन्दु चाड हो | रक्षा बन्धनको दिन मन्त्रले शुद्ध बनाइएको पहेंलो धागोको डोरी हातमा बाधेर पण्डित अथवा भान्जा वा ज्वाई आदि मान्यजनबाट आशिर्बाद लिने प्रचलन छ | तेस्तै ब्राह्मणहरुले पनि काँचो धागोले बनेको डोरि (जनै) लागाउने गर्दछन | आजकाल, भारतिय प्रभाबका कारण दाजु भाइले दिदि बहिनिलाई राखि (रक्षासुत्र) बाँधेर एक अर्काको सुस्वास्थ र दिर्घायुको कामना गर्ने चलन पनि बढ्दो क्रममा छ |

यसरि रक्षाबन्धन पर्वमा हिन्दु धर्मावलम्बिहरूले शरिर रक्षा तथा आध्यात्मिक शुद्धिका लागि ब्राम्हण पुरोहितद्वारा आ– आफ्ना नाडिमा डोरो बाँधि रक्षा बन्धन मनाउने प्रचलन चलेको छ ।

जनै पुर्णिमा अर्थात रक्षा बन्धनको भिडियो परिचय:

यो पर्बलाइ विभिन्न समुदायमा भिभिन्न नामले बोलाउने प्रचलन छ, केहि नाम हरु निम्न छन् :

  • रक्षा बन्धन (रक्षासुत्र बाँधिने हुनाले)
  • जनै पुर्णिमा (जनै लगाउने पुर्णिमाको दिन हुनाले)
  • ऋषितर्पणि (सप्तऋषिहरूलाइ तर्पण दिने भएकोले)
  • राखि (बिशेषता तराइमा)
  • गुन्हु पुन्हि, क्वाटि खाने दिन (नेवार समुदायमा – नौ गेडागुडि को क्वाटि खाने)
  • ब्याँजा नकेगु (भ्यागुताको पुजा गर्ने दिन)

रक्षा बन्धन

यसरि धागो वा राखि बाँध्दा निम्न श्लोक पाठ गर्ने गरिन्छ :

येन बद्धो बलि: राजा दानवेन्द्रो महाबल:।
तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल॥

यो श्लोकको नेपालि अर्थ हुन्छ – जुन रक्षासुत्र ले महान शक्तिशालि तथा दानि राजा, बलिलाइ बाँधिएको थियो, त्यहि रक्षाबन्धन ले मैले तिमि/तपाइलाई बाँधि दिन्छु, जसले तिम्रो/तपाइको रक्षा गर्नेछ।

यो दिन राजधानिका विभिन्न देविदेवताका मन्दिर परिसरमा ब्राम्हणहरु विहानै देखि बसेर श्रद्धालु भक्तजनहरुका नाडिमा रक्षाबन्धन बाँध्ने गर्दछन ।

जनै पुर्णिमा

जनै लगाउने प्रचलन भएका ब्राम्हण, क्षत्रिय आदि समुदायका मानिसहरु यो पर्वमा नयाँ जनै फेर्ने हुनाले यस दिनलाई जनै पुर्णिमा पनि भनिन्छ। यस दिन पुरानो जनै फालेर मन्त्र साधना गरिएको नयाँ जनै लगाउंने चलन छ।

यस दिन पुरुषहरु ससुरालि गएर आफ्ना ससुराबाट नया जनै लगाउने पनि चलन छ ।

ऋषितर्पणि

सप्तऋषिहरू (कश्यप, अत्रि, भारद्वाज, गौतम, जमदग्नि, बसिष्ठ र विश्वामित्र) को साथ साथै अरुन्धतिलाई पनि तर्पण दिइने भएकाले यस दिनलाई ऋषितर्पणि पनि भन्ने गरिन्छ ।

राखि

तराईमा र भारतमा यस दिन दिदि बहिनिहरुले आफ्ना दाजुभाइहरुको नाडिमा दिर्घायुको कामना राखि बाँध्ने चलन पनि छ । राखि घडि आकारका बिभिन्न डिजाइनका डोरि हुन जुन  फ्रेण्डशिप ब्याण्ड जस्ता पनि देखिन्छ । राखि  बाँधेमा दाजुभाइ र दिदि बहिनिहरु  दुष्टजनहरुबाट मुक्ति मिल्छ भन्ने जनबिश्वास रहेको छ, भने राखिलाइ स्नेहको प्रतीक पनि मानिन्छ । आजकाल यो प्रचलन राजधानी र देशका अन्य स्थानहरुमा पनि फैलिएको छ।

rakhi in rakshya bandhan

गुन्हु पुन्हि

नेवारहरुले भने यस पर्वलाई गुन्हु पुन्हि भनेर मास, मुंग, ठूलो केराउ, सानो केराउ, चना, सिमि, गुराँस र बोडी गरी नौ प्रकारको गेडागुगुडि मिसाइ पकाएको क्वाटि खाएर मनाउछन् । स्वस्थकर हुने हुनाले अरु समुदायका मानिसहरु पनि क्वाटि खान थालेका छन् ।

kwati 9 beans soup

तेस्तै श्रावण शुक्ल पूर्णिमादेखि अष्टमिसम्म नौ दिन मनाइने भएको यसलाइ गुन्हु पुन्हि (नौ दिने पूर्णिमा) भन्ने गरेको पनि मानिन्छ ।

यि नौ दिनसम्म बौद्ध धर्माबलम्विहरु गुँला बाजु तथा अरु साँस्कृतिक बाजागाजाका साथ राजधानिका विभिन्न बौद्ध बाहाः र बहिहरुमा प्रदर्शनिमा राखिएका प्राचीन दिपंकर तथागत, बुद्ध, बोधिसत्व, लोकेश्वर, तारा आदिका मूर्ति, पौबा र हस्त लिखित ग्रन्थहरु हेर्न जाने गर्दछन् ।

यि मध्ये ठमेलस्थित बिक्रमशिल महाविहारका सुन र चाँदिले लेखिएका प्रज्ञापारमिता नामक प्राचिन ग्रन्थ (लु आख ओ आशः), इटुबहालमा राखिएका सुन र    चाँदिले लेखिएका प्रज्ञापारमिता केशचन्द्रको रातो मूर्ति (बहि:द्य) दर्शनिय मानिन्छन् ।

itubahal

ब्याँजा नकेगु

उपत्यकामा किसानहरुले आ– आफ्ना खेतमा गइ भ्यागुतालाइ पूजा गरेर भात ख्वाउने पनि चलन छ तेसैले यस दिनलाई ‘ब्याँजा नकेगु’ पर्व पनि भन्ने गरिन्छ । भक्तपुर दरवारको मालतीचोक स्थित एक अभिलेखमा पनि यो चलनबारे उल्लेख गरिएको छ । सो अभिलेख  नेपालसंवत् ८१८ मा तयार गरिएको थियो ।

byanja nakegu

जनै पुर्णिमाका मेला

यस चाडमा देशका विभिन्न स्थानमा मेला लाग्ने गर्दछन। ति मध्ये रसुवाको गोसाइँ कुण्ड र राजधानिबाटको  उत्तरमा अबस्थित  मणिचुडमा पनि ठुलो मेला लाग्ने गर्दछ । पाटनको कुम्भेश्वरमा गोसाइँ कुण्डबाट नै बगेर आएको पानि भन्ने जनबिश्वासका कारण विहानै देखि भक्तजनको घुइँचो लाग्ने गरेको छ ।

तेस्तै, भक्तपुरमा ‘घिताकिसि’ नाम गरेको एक नाचलाइ नगर परिक्रमा गराउने पनि चलन छ।

goisai kunda

नोट – यो लेख अघिल्लो बर्ष Aug 28, 2015 @ 18:37 मा प्रकाशित लेखको परिमार्जित रुप हो । यसको प्रकाशन संगै पुरानो लेखलाइ मेटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *