गाइजात्राको परिचय

गाइजात्रा रमाइलो र खुशि मनाउने पर्व हो । गाइ जस्तो रुप बनाएर नगर परिक्रमा गर्ने हुनाले यस पर्वलाइ गाइजात्रा भनिएको हो । नेपालमा नेवार समुदायमा यो पर्व मनाउने चलन छ । घरमा कोहि आफन्तको निधन भएमा सो घरबाट गाइ जस्तो रुप बनाएर टोल बजार घुम्ने गर्दछन । आफन्त निधन भएकोमा दुखी भएका घरका मानिसहरु हासो ठट्टा र रमाइलो गरेर दुख बिर्सन यो जात्रा मनाइन्छ। बजारमा बाजा बजाउँदै बिभिन्न रुपमा मानिसहरु स्नगर परिक्रमा गरेको रमाइलो देखिन्छ।

गाइजात्रा कसरी शुरु भयो ?

धेरै पहिले, काठमान्डुमा प्रताप मल्ल भन्ने राजाले राज्य गर्दथे । उनको छोरा, अर्थात राजकुमारको सानै उमेरमा निधन भयो । ति राजकुमारकि आमा, रानि एकदमै दुखि भए पछि राजालाइ चिन्ता पर्यो। उनले मानिस राज दरबारमा मात्र होइन सबैको घरमा मर्छन भन्ने देखाउन एक जुक्ति निकाले । प्रताप मल्लले काठमाण्डुका बासिन्दाको घरमा कोही मरेको भए त्यो घरको एक जनालाइ गाइ जस्तो भएर दरबार अगाडि हुँदै शहर घुम्नु भन्ने आदेश दिए । यसरी मानिसहरु शहर घुम्दा धेरै मानिसको घरमा मान्छे मर्दा रहेछन भन्ने थाहा हुने भयो । तेस्तै राजाले रानिलाइ खुशी पार्न प्रहसन र ब्यग्य कार्यक्रम पनि गर्न आदेश् दिए ।

यसरी गाइजात्रा शुरु भएको बिश्वासका कारण आजकाल पनि गाइजात्राका टोलि हनुमानढोकामा भएको पुरानो दरबार हुँदै हिडने गर्दछन् ।

खुशि र रमाइलो को साथ साथै निधन भएको ब्यक्तिको आत्माको शान्तिको लागि पनि गाइजात्र मनाउने गरिन्छ । हिन्दु धर्मको पदमपुराण र गरुड्पुराणमा गाइजात्र मानाएपछि यमलोकको ढोका खुल्ने उल्लेख गरिएको छ ।

गाइजात्रा नेपालका बिभिन्न ठाँउमा बिभिन्न तरिकाले मनाइन्छ । काठमाण्डुमा हनुमान ढोका परिक्रमा गर्ने चलन छ भने भक्तपुरमा घिन्तान्गघिसी नाच र माँक प्याखँ अर्थात बाँदर नाच रामाइला हुन्छन। तेस्तै अन्य ठाँउहरु जस्तै बनेपा, धुलिखेल, त्रिशुली, दोलखा, खोटांग, भोजपुर, चैनपुर, इलाम, धरान, बिराटनगर, हेटौंडा, बिरगंज, पोखरा आदि ठांउमा पनि गाइजात्रा मनाइन्छ । गाइजात्राको उपलक्ष्यमा सरकारले यस दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने गरेको छ ।

gaijatra kids in different

गाइजात्रा भाद्र कृष्ण प्रतिपदाका दिन मनाउने गरिन्छ । यस पर्वका क्रममा प्रहसन, सामाजिक विकृतिहरूप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान तथा मृत व्यक्तिको सम्झनामा रामायणका करुण रसका गितहरू पनि गाइने चलन छ । जात्राका क्रममा पाटनमा देखाइने सत्य युगको धान, चामलको नमुना, काठमाडौँको ठमेलमा देखाइने स्वर्ण तथा रजताक्षरमा लेखिएका पुस्तकहरू विशेष दर्शनीय छन् । भक्तपुरमा भने गाईजात्रा मनाउने चलन काठमाडौं र ललितपुरमा भन्दा फरक छ । भक्तपुरमा गाइजात्राको दिन धार्मिक परम्परा अनुसार भैरवको परालबाट निर्मित गाइरुपि रथलाइनगर परिक्रमा गराइ सो दिनको गाईजात्रा विसर्जन गरिने प्रचलन छ । भक्तपुरमा द्वँ साः, वा साः, तहाः साः -विभिन्न रूपका गाइ र भैलः द्यः-भैरवनाथ बनाएर नगर परिक्रमा गराउने पनि प्रचलन छ । गाईजात्राको मुख्य आकर्षण र विशेषता घिन्ताङघिसी र जात्राको अन्तमा ल्याउने परालको भैलः द्यः हो । भैलः द्यः को पछिपछि लाकु लाछे टोलका बासिन्दाहरूले वासाः बनाएर नगर परिक्रमा गराउँदै जात्रा समापन गरिन्छ । नगरका विभिन्न भागबाट पाँचतले मन्दिर र भैरवनाथ देगलमा पुगेपछि घिन्ताङघिसी नाच सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *