हिन्दु धर्मावलम्बिहरुले प्रत्येक बर्ष भाद्र कृष्ण अष्टमिका दिन कृष्ण जन्माष्टमि पर्ब मनाउछन्। श्रिकृष्ण भगवानलाइ सम्झेर यो दिन कृष्णको पूजा तथा उपसना गरिन्छ । साथै धार्मिक प्रवचन र पाठपुजा गर्नुका साथै कृष्णको रथयात्रा र झुला झुलाउने पनि चलन छ ।
यो पर्वको बारेमा छोटो अडियो परिचय:
विष्णु भगवानले अन्याय, अत्याचार र अशुर प्रवृत्तिबाट मानिसहरुलाइ मुक्त गर्न र संरक्षण प्रदान गर्न मानिसको रुपमा बारम्बार पृथ्विमा जन्म लिने गर्दथे। हिन्दु धार्मिक ग्रन्थहरु अनुसार उनले दश विभिन्न अवतार लिएकोमा कृष्ण अवतार उनको आठौं अवतारका भएको बिस्वास गरिन्छ।
महाभारत ग्रन्थका अनुसार कृष्ण जन्मेको समय उनका आमा बाबु उनका आफ्नै मामा कंशले थुनेको जेलमा थिए। चारैतिर सेनाको कडा सुरक्षा भएको भए पनि कृष्ण जन्मेको समयमा विष्णुको मोहित पार्ने शक्तिका कारण सबै सैनिक निदाएका थिए। त्यसैबेला भएको आकाशवाणिले बताए अनुसार कृष्णका बाबु वासुदेवले उनलाइ वृन्दावनस्थित उनका मित्र नन्दका छाडेर सोहि समयमा जन्मेकि नन्दपुत्रि लाइ लिएर आएका थिए । निदाएका सबै सैनिक उनि फर्के पनि मात्र ब्युँझिएको महाभारत ग्रन्थमा उल्लेख गरिएको छ। तेसैले कृष्ण जन्मिएको रातलाइ मोहरात्रि पनि भनिन्छ ।
यस कृष्ण जन्माष्टमिका दिन पाटनको मङ्गलबजारस्थित कृष्ण मन्दिर, गोठाटारमा रहेको नवतनधाम, बूढानीलकण्ठस्थित कृष्ण भावनामृत सङ्घको मन्दिर, हाँडिगाउँ पीपलबोटभित्र रहेको कृष्ण मन्दिर आदि स्थान लगाएत नेपाल र भारतका कृष्ण मन्दिरमा भक्तजनहरुको घुँइचो लाग्छ ।
जन्माष्टमिका दिन व्रत बसी राति १२ बजे कृष्ण जन्मिएको सम्झना गरेर पुजा गरेर रातभर जाग्राम बसेर कृष्णको भक्ति सङ्गित गाउँने चलन पनि छ । यो दिन, पाटनमा रहेको कृष्ण मन्दिरमा राष्ट्रप्रमुखबाट पुजा अर्चना गर्ने पनि प्रचलन रहेको छ ।
सम्पुर्ण पाठकहरुमा कृष्ण जन्माष्टमिको मंगलमय शुभकामना!
श्रि कृष्ण का बारेमा केहि तथ्य
- कृष्णलाइ ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता मानिन्छ
- कृष्णको जन्म द्वापरयुगको अन्त्य तिर भाद्रकृष्ण अष्टमिको मध्यरातमा भएको बिस्वास गरिन्छ ।
- कृष्णलाइ विष्णुको आठौँ अवतार पनि मानिन्छ । उनि दुर्जनको विनाश गरि सज्जनको रक्षा गर्नकै लागि वासुदेव र देवकिको आठौँ गर्भका रुपमा जन्मेका थिए ।
- कृष्णले बाल्यकालदेखि नै विचित्र लिला देखाउँदै आएका थिए । उनका लिलाको बर्णन महाभारतमा गरिएको छ ।
- कृष्णले गोपिनि र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ । तेसैले यो पर्व पुर्विय जगतको प्रेम दिवस हो अर्थात “भ्यालेन्टाइन डे” पनि हो ।
- कृष्णले नै मामा कंसको बध गरी हजुरबा उग्रसेन, माता देवकि र पिता वासुदेवलाई जेलमुक्त गरेका थिए। तेस्तै उनले पुतना, जरासन्ध र शिशुपाल आदि दानवि प्रवृत्ति को राक्षसहरुको पनि बध गरेका थिए।
- कृष्ण कौरव र पाण्डवका बिचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथिका रुपमा रहेर उनलाइ युद्धको शिक्षा दिएका थिए। युद्धका क्रममा कृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा लडाइ गर्न हौसला प्रदान गरेका थिए। “श्रिमद्भगवत गिता”यही युद्धका क्रममा कृष्णले अर्जुनलाई दिएको उपदेशको संग्रह हो ।
- कृष्णलाइ नारायण, गोपाल, गौरिश्वर, वंशिधारि, योगेश्वरलगायत अनेक नामले पुज्ने गरिन्छ ।
कृष्णले श्रिमद्भागवत गितामा भनेका छन्:
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
अर्थात्, जब जब भारत वर्षमा धर्मको लोप हुन्छ र पाप बढ्दछ त्यस बेलामा धर्मको रक्षाका लागि मैले मानव रुप धारण गरेर धर्तीमा जन्म लिनेछु ।