पुर्व राष्ट्रपतिलाइ क्यान्सर, उपचारको लागि अमेरिका लगिने

पुर्ब रास्ट्रपति रामवरण यादबलाइ भारतमा उपचार गर्नका निम्ति सरकारले १० लाख दिएकोमा उनलाइ प्रारम्भिक चरणको क्यान्सर भएको पत्ता लागे पछि अमेरिका लगेर उपचार गराउने निर्णय गरिएको छ । अमेरिकामा उपचार गराउन सरकारले थप ६० लाख दिने निर्णय गरेको छ । रु ६० लाख उपचार खर्च बाहेक उनलाइ दैनिक ३०० डलर भत्ता पनि दिइनुका साथै उनका तिन जना सहयोगीलाइ पनि हवाइ टिकट र दैनिक १५० डलर भत्ता दिने सरकारले निर्णय गरेको समाचार छ ।

यादव आगामि सेप्टेम्बर १७ तारिखमा अमेरिकाको हेनरि फोर्ड सेन्टरमा परिक्षणको लागि जाँदैछन्। त्यहाँ परिक्षण पछि अपरेशन कति ठुलो हुने भन्ने कुराको निर्णय हुने उन्का छोरा डा.चन्द्रमोहन यादवले बताएका छन । ७४ बर्ष उमेरका यादव नेपालको पहिलो राष्ट्रपति हुन।

आजकल सबै नेता उपचारको बहानामा बिदेश यात्र गर्ने चलन चलेकोमा बिरोध हुन थालेको बेला यादव अमेरिका जान लागेका हुन भने पुर्व प्रधानमन्त्रि र कांग्रेस नेता शेरबहादुर भदौ १० गते सिंगापुर गएका छन । अर्का पुर्व प्रधानमन्त्रि नेकपा एमाले नेता के पि ओलि पनि भदौ ९ गते नै थाइलेन्ड गएका थिए स्वास्थ्य उपचारको लागि ।

यो बारेमा मैले भिडियो बनाएको थिएँ:

यसरि सबै बिशिष्ट नेताहरु बिदेश गएर उपचार गर्ने हुनाले विर अस्पतालमा निर्माण गरिएको बिशिष्टहरुलाइ राखेर उपचार गर्ने विशिष्ट क्याबिनमा बिगत २ बर्ष देखि कोहि गएका छैनन । कोहि नजाने क्याबिनलाइ पनि दुइ बर्ष अघि ३० लाख खर्च गरेर मर्मत सम्भार भने गरिएको थियो रे । बिशिष्ट क्याबिन त्यहि आधुनिक र उच्च प्रबिधि युक्त क्याबिन हो जसलाइ बिगतमा राजपरिवारका सदस्यहरु तत्कालिन रानि रत्न राज्य लक्ष्मि शाह र तत्कालिन युवराज राजा दिपेन्द्र शाहले पनि प्रयोग गरेका थिए रे।

rambaran yadav treatment cost

Leave a Reply

Your email address will not be published. Required fields are marked *