भारतिय राष्ट्रपति फिर्ता, भ्रमणलाइ अनाबश्यक महत्व

भारतिय राष्ट्रपति प्रणव मुखर्जि नेपालको तिन दिने नेपाल भ्रमण पुरा गरि नोभेम्बर ४ तारिख शुक्रबार स्वदेश फर्केका छन । उनि फर्के लगत्तै सरकारले राष्ट्रपति बिद्यादेबि भण्डारिको भारत भ्रमणको तयारि सुरु गरेको छ। के नेपालको राष्ट्रपतिको भ्रमणको बेला सार्बभौम राष्ट्रले एक अर्काको पैंचो तिरे जस्तै भारतले पनि सार्बजनिक बिदा देला त? चाखलाग्दो बिषय भएको छ ।

pranab-mukharjee-return-back

भारतका राष्ट्रपतिको यो नेपाल भ्रमण अठार बर्षपछि भएको हो । यहि कात्तिक १७ गते नेपाल आएका राष्ट्रपति मुखर्जिले नेपाल भ्रमणका क्रममा उच्चस्तरिय भेटघाट गर्नुका साथै उनलाइ काठमाडौँ र जनकपुरमा नागरिक अभिनन्दन गरिएको थियो । भ्रमणका क्रममा बिभिन्न उच्चस्तरिय कार्यक्रममा सरिक भएका राष्ट्रपति मुखर्जिले काठमाडौँको पशुपतिनाथ र जनकपुरको राम जानकि मन्दिरमा बिशेष पुजा पनि गरेका थिए । स्वदेश प्रस्थान गर्नु अघि उनले पोखरा भ्रमण गरेर त्यहाँ आयोजित भारतिय पेन्सन क्याम्पको एक कार्यक्रमलाइ सम्बोधन पनि गरेका थिए ।

राष्ट्रपति आउँदा सार्बजनिक बिदा दिएकोमा बिरोध

भारतिय राष्ट्रपतिलाइ अनाबश्यक महत्व दिंदै सार्बजनिक बिदा दिएको मा बिभिन्न बिरोध कार्यक्रम हुँदै गर्दा नेपाल सरकारका सबै काम कारबाहि ठप्प भएको आभाष भएको थियो । अझ, उनको बिदाइमा नेपालका सबै उच्च पदस्त ब्यक्तिहरु उपस्थित हुँदा नेपालमा भारतको चाकरि गर्नु बाहेक अरु कुनै पनि काम नहुने जस्तो देखिएको थियो ।

मुखर्जिको बिदाइमा सहभागि पदाधिकारिहरु

  • राष्ट्रपति बिध्यादेबि भण्डारि
  • उपराष्ट्रपति नन्दबहादुर पुन
  • प्रधानमन्त्रि पुष्पकमल दाहाल‘प्रचण्ड’
  • उपप्रधानमन्त्रि बिमलेन्द्र निधि
  • उपप्रधानमन्त्रि कृष्णबहादुर महरा
  • मन्त्रिगण
  • संवैधानिक निकायका प्रमुख
  • सुरक्षा निकायका प्रमुख

यि बाहेक राजदुत र उच्च सरकारि अधिकारि पनि उपस्थित थिए ।


अब यहि मंसिरमा नेपालका राष्ट्रपति भण्डारिको भारत भ्रमणको तयारि शुरु गरिएको पनि समाचार छ । करिब छ महिनाअघि केपि ओलि प्रधानमन्त्रि रहेकै बेला राष्ट्रपति भण्डारिको भारत भ्रमण तय भए पनि अन्तिम समयमा रोकिएको थियो। ओलिले आफ्नो सरकार ढाल्न दिल्लिले चलखेल गरेको आरोपमा राष्ट्रपतिको भ्रमण रद्द गर्नुका साथै दिल्लिस्थित राजदुत दिपकुमार उपाध्यायलाइ फिर्ता बोलाएका थियो। राष्ट्रपति भण्डारिले त्यसबेला तय भैसकेको भ्रमण रद्द गर्दा सिर्जना भएको असमझदारि हटाउने प्रयास अन्र्तगत भारतिय राष्ट्रपति मुखर्जिलाइ बिमानस्थलमा आफैले स्वागत र बिदाइ गर्नेदेखि एक दिन बिदा दिन समेत प्रस्ताब राखेको जनाइएको छ।

एक बर्षअघि गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकि भण्डारिको भारत भ्रमण नै पहिलो बिदेश भ्रमण हुनेछ।

(भाषा नोट – आनन्दको नेपालिमा दिर्घ प्रयोग हुँदैन र व राख्न नपर्ने स्थानमा ब राखिएको छ)

Leave a Reply

Your email address will not be published.