यो महिनाका कलाकार – राजेश हमाल, नयाँ स्तम्भ “हिजोको कुरा” र “सेलिब्रेटिका कुरा” पनि शुरु

मैले सन २०१७ का १२ महिनामा १२ जना नेपालि कलाकारहरुको बारेमा चर्चा गर्ने निर्णय गरेको छु । यसरि पहिलो महिना जनवरि महिना भरि महानायक राजेश हमालका बिभिन्न पक्षहरुको बारेमा चर्चा गर्ने छु । हुन त राजेश हमालको बारेमा यस अघि पनि प्रशस्त भिडियो बनाएकै हुँ। अब नयाँ भिडियोका साथै ति पुराना भिडियोहरुलाइ समेत नयाँ ढंगले प्रस्तुत गर्न पनि प्रयास गर्ने छु ।

“महिनाको कलाकार” जस्तै अर्को स्तम्भ “हिजोको कुरा” अंतरगत प्रत्येक हप्ता कम्तिमा पनि एउटा इतिहासको कुरा पनि यहि नयाँ बर्ष बाट शुरु भएको छ । यस अन्तरगत, सम्भवत मनोरंजन क्षेत्रकै कुनै इतिहासको कुरा गर्ने छु र दर्शकहरुबाट माग भएमा नेपालका मुख्य ऐतिहासिक घटनाको बारेमा पनि चर्चा गर्ने छु ।

यस स्तम्भ अन्तरगत पहिलो भिडियो, जनवरि महिनाको पहिलो शनिवार, जनवरि ७ मा प्रकाशित भइ सकेको छ – “मानसिक समस्याका कारण आत्महत्या गर्ने ५ नेपालि कलाकारहरु” शिर्षकमा।

महिनाको कलाकारका भिडियोहरु

यसको स्तम्भको पहिलो भिडियोमा नक्कलि राजेश हमालको बारेमा चर्चा गरिएको छ :

तेस्तै दोश्रो भिडियो हास्यकलाकार संदिप क्षेत्रिले राजेश हमालको बारेमा सेलिब्रेटि रनवे २०१६मा गरेको हास्य प्रस्तुतिको बारेमा छ :

यस स्तम्भ अंतरगत भविष्यमा बन्ने भिडियोहरु यस प्रकार छन :

  • राजेश हमालको जिवनि
  • राजेश हमालको कविता
  • राजेश दाइका जोक / चुट्किलाहरु
  • राजेश हमालको प्रेरणादायि भनाइ

हिजोका कुरा स्तम्भका भिडियोहरु

यस स्तम्भमा इतिहासका कुरालाइ समेटेर भिडियो बन्ने छन । प्रत्येक हप्ता शनिवार बिहान (नेपालमा) यो स्तम्भमा एउटा भिडियो प्रकाशित हुने छ । आज शनिवारको भिडियो :

सेलिब्रेटिका कुरा

अर्को नयाँ स्तम्भ छ सेलिब्रेटिहरुका चर्चा । हुन त यो स्तम्भ र “महिनाको कलाकार”का कुरा उस्तै हुन्छन तर, महिनाका कलाकारमा समावेश नहुने जस्ता कलाकारका चर्चा र समय सान्धर्भिक सेलिब्रेटि चर्चा यो स्तम्भ अन्तरगत गरिनेछ । यस स्तम्भ अंतरगत अन्तिम भिडियो अभिनेत्रि हर्षिका श्रेष्ठले ट्याटु खोपेको बारेमा छ । भिडियो जनवरि ८, आइतवार अपलोड गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *