भ्यालेन्टाइन डे – प्रकट पंगेनिका रोमान्टिक गजलहरु

रोमान्टिक वा प्रणय भावका गजल, कविता र गितको रचना गरेन् प्रकट पंगेनिका ‘प्रणयवेदका ऋचाहरु’ गजल संग्रह प्रकाशित भएको छ । उनका दुइ गितिसंग्रह पनि प्रकाशित छन । उनको गजल राम्रो हुनुका साथै प्रतुति पनि राम्रो हुने श्रोताहरुले बताउँछन । प्रणय भावलाइ खुलेर ब्यक्तगर्ने प्रकटलाइ कतिपयले छाडा गजलकार पनि भन्ने गर्दछन ।

फेब्रुअरि १४ लाइ पश्चिमा मुलुकहरुमा भ्यालेन्टाइन डे अर्थात प्रेम दिवस भनेर मनाइन्छ । आजकल सो चलन नेपालमा पनि भित्रिएको छ । अझ बिदेशमा भन्दा पनि अझ भभ्यताका साथ भ्यालेन्टाइन डे मनाउने चलन छ । प्रकट भन्छन नेपालिहरु ३ चोटि प्रेम दिवस मनाउँछन :

  • भ्यालेन्टाइन् डे
  • साउन महिना
  • कष्ण जन्माष्टमि

गजल मात्र :

गजल को बोल :
आउ कुरा गरौं भन्दा हुन्छ भनिन उन्ले
संगै खोला तरौं भन्दा हुन्छ भनिन उन्ले

गाउँमा पायक पर्दैन भो तेस्ता कुरा गर्न
तल बेसि झरौं भन्दा, हुन्छ भनिन उन्ले

दुबै जना मस्त हुँदै बाटो काट्दै जाँदा
प्रितको झोलि भरौं भन्दा हुन्छ भनिन उन्ले

अंगालोमा कस्सिएर चुम्दै अंग अंग
यो जवानि हरौं भन्दा हुन्छ भनिन उन्ले

जंगल भित्र एकान्तमा रुखको छेल पारि
यतै सदविज छरौं भन्दा हुन्छ भनिन उन्ले

***
अर्को गजल :

तप्प तप्प जलबिन्दु चुहाएर के निस्कियौ
स्नीग्ध कञ्चन कोमल आहा ।। नुहाएर के निस्कियौ ।

भाग्यमानि रैछ साबुन फिँजैफिज भै बरालियो
जुन साबुनलाइ अंग अंग छुवाएर के निस्कियौ ।

पानि पनि आगो बन्छ कामदेवको आशिष पाउँदा
जुन पानिमा यस्तो रुप डुबाएर के निस्कियौ ।

घामको कुरा नगरौँ भो टाँसियो घाम त्यै लुगामा
जुन लुगालाइ भर्खर तिम्ले सुकाएर के निस्कियौ ।

त्यही गाँठोमा गाँठो पार ‘प्रकट’ लाइ ओ रुपसी ।
जुन गाँठोमा कोमल अंग लुकाएर के निस्कियौ ।

अर्को गजल (भिडियो)

जस्तो साइनो लाउने मन छ तेस्तै लगाउ तिम्रो खुशि
पिउने आखिर म छँदैछु जे जे मगाउ तिम्रो खुशि।

आँउदा आँउदै अबेर भयो, साँझ पर्यो म के गरुं?
अँधेरोमै राख या त, संध्या जगाउ तिम्रो खुशि।

टाढा थिएँ हिजो अस्ति आज छेउमै बसेको छु
स्वागतार्थ बिगुल बजाउ ध्वजा टंगाउ तिम्रो खुशि ।

नजिक आइ सताउ प्रकट भन्थेउ तिमि टाढा हुँदा
नजिक आएँ अब सत्य बचाउ डगाउ तिम्रो खुशि।

सराप नदेउ बृन्दाले झै पत्थर हुने रहर छैन
आजको रात ओछ्यानमा सुताउ भगाउ तिम्रो खुशि।

अर्को गजल :

उसले मलाइ साथि ठान्यो, म बोलिन केहि
यत्रो हुलमा मलाइ छान्यो, म बोलिन केहि

सबका सामु मेरो बखान गर्दै हिँड्छ रे उ
मेरा बारे के के जान्यो, म बोलिन केहि

उसका कुरा उहि जानोस दृष्टि उसैको हो
साथि गुरु के के मान्यो , म बोलिन केहि

भिरमा हिँड्दा लौरि दिन्थ्यो, उकलिमा हात
मेरा बोझ सबै धान्यो, म बोलिन केहि

तर, गजल लेख्न बस्दा एक दिन आयो हान्निएर
मेरा कापि कलम तान्यो, म बोलिन केहि

काट्छु मार्छु मार्छु भन्दै लछारेर ल्यायो
मलाइ बरियोले बाँध्यो, म बोलिन केहि

अन्नालाइ सम्झिएर नलेख गजल भन्दै
शरिर भरि कोर्रा हान्यो, म बोलिन केहि

उसले मलाइ साथि ठान्यो, म बोलिन केहि
यत्रो हुलमा मलाइ छान्यो, म बोलिन केहि

भ्यालेन्टाइन डेको बारेमा जानकारि गजल सहित :

Leave a Reply

Your email address will not be published. Required fields are marked *