Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

creative ad आफ्नो मन पर्ने कार्यक्रम टि.भीमा आइरहदा फ्याट्ट बिज्ञापन आइदियो भने कस्तो हुन्छ ?भनिरहन नपर्ला पक्कै पनि रिस उठ्छ ,दिक्क लाग्छ | मलाई पनि तितो सत्य, युगान्तर जस्ता कार्यक्रम हेर्दा बीचमा आउने बिज्ञापनले झर्को लाग्छ उता कलर्समा बालिका बधु हेर्दा पनि त्यस्तै …|

यद्यपी नचाहदा नचाहदै हेर्नु पर्ने त्यस्ता बिज्ञापनहरुले अचेल साँच्चै  ध्यान खिचिरहेको छ मेरो| सम्झनुस त त्यो "मेन्टोस खाओ दिमाग कि बत्ति जालाओ" भन्ने कार्टुन बिज्ञापन जहाँ मेन्टोस खाए पछि पहिले मान्छेको पुर्खालाई शासन गरिरहेको गधा कसरी मान्छेकै चंगुलमा फस्छ !अथवा सर्फ एक्सलको त्यो "दाग लग्ने से कुछ अच्छा हो तो दाग अच्छे हे " भन्ने बिज्ञापन| के यस्ता बिज्ञापन पहिलो चोटी टि.भीमा हेर्दा तपाईंलाई रोचक लागेको थिएन र ? नढाँटी भन्नु पर्दा मलाई त मन परेको हो है! हुन त पत्याउन गार्हो पर्ने बिज्ञापनहरु नि देखिन्छन तै पनि बिज्ञापनहरुमा नयाँ नयाँ प्रयोग र सृजनशीलता छाएको  कुरो चै साँचो हो |तर म खाली यँहा भारतीय  बिज्ञापनको कुरा गरिरहेछु|

नेपाली बिज्ञापनहरुको कुरा गर्दा अधिकांस त्यही भारतीय बिज्ञापनको हुबहु डबिंगमा भर परेको हामी पाउछौं | केहि नितान्त नेपाली बिज्ञापनमा नौलोपन र सृजनात्मकता त हुन्छ  नै तर त्यतिले मात्र काफी हुदैन |प्रचारमूखी आजको युगमा आफ्नो उत्पादनलाई बिस्तार गर्न बिज्ञापनले ठुलो भूमिका खेलेको हुन्छ र त्यसको लागि बिज्ञापन निर्माताहरुको क्रियाशीलता आवस्यक हुन्छ | त्यसो  हुँदा बिज्ञापनले ब्यापारको मात्र ख्याल नगरी केहि संदेश अथवा मनोरंजन मात्र  भए पनि दिन सके हामी दर्शकहरुले कार्यक्रमको बीचबीचमा झर्को मान्नु पर्ने अवस्था आउने थिएन कि ? त्यसो हुँदा एकातिर उत्पादनकर्ताहरुको पनि लक्ष्य पुरा हुने र हामी दर्शकहरुको समेत भलो हुने कुरामा कसैको पनि दुईमत नहोला |

Some of the pervious posts in the site, related to creative ads

English Summary:

Advertisement help goods and service providers the much needed exposure to the consumers. Creativity to motivate the consumers to purchase the products from the vendor determine the success or failure of an ad. Entertainment and good message are some of the most important ingredients for an advertisement. I hope Nepali advertising agencies will copy less of Indian ads and let originality prevail.

Incoming search terms:

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network