तपाइको बि.सं. २०७४ कस्तो हुनेछ ? हेर्नुस, तपाइको राशिफल

मलाइ राशिफलमा त्यति बिश्वास लाग्दैन । तर, राशिफल पढ्न भने रमाइलै लाग्छ । संसारमा भएका अरबौं मानिसहरुलाइ १२ भागमा बाँडेर तिनिहरुको भबिष्य बताउँदा ठ्याक्कै मिल्छ भनेर आशा गर्नु आँफैमा मुर्खता हो ।

न्वारनको नामको आधारमा राशिफल

ग्रह र नक्षत्रका कारण मानिसमा पर्ने प्रभावलाइ आधार बनाएर कुन ब्यक्ति कुन राशिमा पर्दछ भनेर गुरु पुरोहितले निर्धारण गर्ने गर्दछन । मानिसको जन्म लग्न, घडि पला आदि बिभिन्न हिसावकिताव गरेर न्वारनको नाम राखिने गरिन्छ, सोहि न्वारनको नामको पहिलो अक्षरको आधारमा राशि निर्धारण हुने गर्दछ ।

१२ राशिको राशिफल हेर्नुहोस :

न्वारनको नामको आधारमा राशिको साथ साथै नक्षत्र पनि निर्धारण हुन्छ । जस्तो कि न्वारनको नाम “चु”, “चे”, “चो” अथवा “ला” बाट शुरु भएमा सो ब्यक्तिको नक्षत्र अश्विणि हुन्छ । तेस्तै न्वारनको नाम “लु” वा “ले” वा “लो” वा “पो” बाट शुरु भएमा भरिणि नक्षत्र हुन्छ । अश्विनि र भरिणि नक्षत्र हुने सबै ब्यक्तिहरुको राशि भने मेष हुन्छ । यसरि न्वारनको नामको पहिलो अक्षरको आधारमा राशि निम्न प्रकार हुन्छ :

  1. मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
  2. वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, पो)
  3. मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
  4. कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
  5. सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
  6. कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
  7. तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
  8. वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
  9. धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
  10. मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
  11. कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
  12. मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

जन्म मिति अनुसारका राशि

यो त पुर्विय सभ्यताको आधारमा हुने राशिको कुरा । पश्चिमि संसारमा पनि राशिको चर्चा हुन्छ र राशिको आधारमा भबिश्य बताइन्छ । तर पुर्विय तरिका भन्दा पश्चिमि देशमा राशि पत्ता लगाउन धेरै सजिलो छ । सुर्यको आधारमा यि राशिहरु निर्धारित हुने हुनाले बाह्र राशिमा सुर्य कुन कुन समयमा पुग्छ त्यो बेलामा जन्मेका ब्यक्ति सो राशिका हुन्छन ।

  1. मेष (मार्च २१ देखि अप्रिल २० सम्म जन्मेका)
  2. वृष (अप्रिल २१ देखि मे २१ सम्म जन्मेका)
  3. मिथुन (मे २१ देखि जुन २१ सम्म जन्मेका)
  4. कर्कट (जुन २२ देखि जुलाइ २२ सम्म जन्मेका)
  5. सिंह (जुलाइ २३ सम्म अगष्ट २२ सम्म जन्मेका)
  6. कन्या (अगष्ट २३ देखि सेप्टेम्बर २३ सम्म जन्मेका)
  7. तुला (सेप्टेम्बर २४ देखि अक्टुबर २३ सम्म जन्मेका)
  8. वृश्चिक (अक्टुबर २४ देखि नोभेम्बर २२ सम्म जन्मेका)
  9. धनु (नोभेम्बर २३ देखि डिसेम्बर २१ सम्म जन्मेका)
  10. मकर (डिसेम्बर २२ देखि जनवरि २० सम्म जन्मेका)
  11. कुम्भ (जनवरि २१ देखि फेब्रुअरि १९ सम्म जन्मेका)
  12. मीन (फेब्रुअरि २० देखि मार्च २० सम्म जन्मेका)

तेसैले, पुर्व र पश्चिम गिन्तिका आधारमा एकैजनाको दुइ थरि राशि पनि हुन सक्छ । माथि दिइएको राशिफल चाँहि पुर्विय गणना अनुसार तयार गरिएको हो ।

Incoming search terms:

  • नेपालि राशिफल
  • नेपालि राशिफल अनुसार पढाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *