पल र पुजाको प्रेम, पुजाको जन्मदिनम ‘म यस्तो गीत गाउँछु’ शिर्ष गित रिलिज, कुन गित राम्रो ?

फिल्मकि निर्मात्रि र मुख्य अभिनेत्रि पुजा शर्माको जन्मदिनको अवसर पारेर ‘म यस्तो गित गाउँछु’ को शिर्ष गित सार्वजनिक गरिएको छ । आइतवार राजधानिमा आयोजित जन्मदिन कार्यक्रममा ‘भन्छु आज’ बोलको सो गित सार्वजनिक गरिएको हो । गितको भिडियोमा नायिका पुजा शर्मा र पल शाहको बिचको लोभलाग्दो केमेष्ट्रि देखिएको छ।

Video report:

सुदर्शन थापाको शब्द रहेको गितमा अर्जुन पोख्रेलले संगित भरेका छन् भने सुगम पोखरेल र अन्जु पन्तले आवाज दिएका छन । सो गितमा पल र पुजालाइ कोरियोग्राफर कविराज गहतराजले नचाएका छन । लोकेशन, छायांकन, सम्पादन, कोरियोग्राफि र आदि सबै हिसावले भिडियो राम्रो बनेको छ। भिडियो हेर्दा ‘प्रेम गित’ को शिर्ष गीत ‘म यस्तो गित गाउँछु’ को झल्को आउँछ ।

सुदर्शन थापा र पुजा शर्माको संयुक्त लगानिमा बनेको यो “प्रेम गित”को सिक्वेललाइ सुदर्शन थापाले निर्देशन गरेका हुन् । यो फिल्म आगामि असार ३० गतेबाट रिलिज हुँदैछ ।

बर्ष २०७२ मा रिलिज भएको सुपरहिट फिल्म ‘प्रेम गित’ को शिर्ष गित ‘म यस्तो गित गाउँछु’ बाट नै नाम लिइएको यो फिल्म र प्रेमगितको अफिसियल सिक्वेल “प्रेमगित २” दुइ हप्ताको अन्तराअलमा आगामि असार ३० र साउन १३ गते रिलिज हुँदैछन ।

यि दुइ फिल्मका बिचमा कसले बाजि मार्ने हो भन्ने धेरैको चाखको बिषय भएको छ । मलाइ त लाग्छ मानिसहरुलाइ डबल मजा होस – यि दुबै फिल्म सफल होउन – धेरै धेरै शुभकामना । साथै पुजा शर्मालाइ पनि जन्मदिनको हार्दिक मंगलमय शुभकामना छ ।

दुइवटा गित हेरेर कुन गित राम्रो लाग्यो भन्नु होला :

“प्रेमगित २” को गित

‘म यस्तो गित गाउँछु’ को शिर्ष गित

Leave a Reply

Your email address will not be published. Required fields are marked *