बिछट्टै अन्धि केटि (लघु कथा)

एउटि अन्धि केटि थिइ । उसलाइ आँफु अन्धि भएकोमा साह्रै दुख लाग्थ्यो । अन्धि हुनुको कारणले उसलाइ आफ्नो जिवन नै दुखि लाग्थ्यो ।

अन्धि नै भए पनि उसलाइ बिछट्टै माया गर्ने एउटा केटो थियो । उसलाइ पनि आफ्नो प्रेमिको एकदमै माया लाग्थ्यो । अरु कसैले वास्ता नगर्दा पनि त्यो केटो सँधै साथै हुन्थ्यो । अरु कसैले उसको कुरा नसुन्दा पनि उ चाँहि मन दिएर सुनेर बस्थ्यो ।

एक दिन, त्यो केटिले केटोसंग भनि, “मैले संसार देख्न सक्ने भए, म तिमि संगै बिहे गर्थें ।”

संजोग पनि कस्तो भयो भने त्यो केटिलाइ कसैले आँखा दान दिए । अस्पतालमा उसको आँखाको अपरेशन भयो । आँखाबाट पट्टि हटे पछि उसले सबै चिज देख्ने भइ । संसारका सबै कुरा प्रष्ट देख्दा उ खुशिले गदगद भइ । आँखा देख्ने भए पछि त्यो केटिलाइ उसको प्रेमिले सोध्यो, “अब तिमि संसार देख्न सक्ने भयौ । अब त तिमि मसंग बिहे गर्छ्यौ नि, होइन ?”

उसले आफ्नो प्रेमि तर्फ हेरि । तर, आफ्नो प्रेमिलाइ देखे पछि भने उ साह्रै दुखि भइ । किनकि उसको प्रेमि त अन्धो पो रहेछ । उ सँधै आँफ्नै बारेमा मात्र सोच्ने हुनाले प्रेमि अन्धो भएको पनि चाल नै पाइनछ । सँधै अन्धो भएर बाँच्दा बाँच्दा आजित भएकि केटिलाइ आँखाको परेलि जोडिएको आफ्नो प्रेमि देख्दा छाँगाबाट खसे झैँ भयो ।

भर्खर आँखाको उज्यालो पाएकि केटिलाइ आँफ्नो जिन्दगि अन्धो प्रेमिसँग बिताउने कुराले खुवै पिरल्यो । उ आत्तिइ, डराइ र प्रश्न गरि, “भर्खर आँखा देखेकि छु, फेरि अन्धकारलाइ अँगालेर म कसरि बस्न सक्छु?”

केटिको कुराले सोझो प्रेमि माथि बज्रपात भो । उसको परेलि जोडिएको आँखाबाट आँशुका बलिन्द्र धारा बगे । उ त्यहाँ बाट लुसुक्क हिँड्यो ।

केहि दिन पछि केटिले एउटा चिठि पाइ, आफ्नो पुर्व-प्रेमिबाट।

चिठिमा लेखिएको थियो, “ति आँखाको जतन गरिदेउ है । किनकि ति तिम्रा हुनु भन्दा पहिले मेरा थिए ।”

Leave a Reply

Your email address will not be published.