सम्बन्ध राम्रो हुनु नै ठिक हुन्छ । तर, कसैलाइ होच्याउनु छ, सम्बन्ध बिगार्नका लागि यहाँ जम्मा गरिएका उखान टुक्का हरु नै पर्याप्त छन जस्तो मलाइ लाग्छ ।
नेपालि भाषा उखान टुक्काहरुको लागि धेरै नै धनि छ । तर, सबै उखान टुक्का राम्रा नै हुन्छन भन्ने चाँहि छैन । नेपालि समाज अनुसार नै भाषा बन्ने हुनाले कतिपय पुराना उखान टुक्काहरु सानो जातिलाइ होच्याउने खिज्याउने खालका छन । हुन त कतिपय उखान ठुला भनिएका जातिलाइ होच्याउने पनि छन । तेसैले साना ठुला सबै जातिले एक अर्कालाइ होच्याउन उखान टुक्का बनाउने गर्दा रहेछन भन्ने प्रष्ट हुन्छ । यस्ता उखान टुक्का प्रयोग गर्दा एक अर्का बिच बैमनष्यता बढ्ने र समाजलाइ नै बिखण्डित बनाउने खतरा हुन्छ । भै रहेका उखान टुक्कालाइ हटाउन वा मेटाउन त मिल्दैन तर तिनलाइ प्रयोग नगर्दा नै हामि बिचको सदभाव कायम रहने हुनाले यस्ता उखान प्रयोग नगर्न मेरो अनुरोध छ ।
ल हेर्नुस, प्रयोग गर्न नहुने तर चलनचल्तिमा नै रहेका केहि नेपालि उखान-टुक्काहरु (एक भन्दा बढि जात जाति, समुदाय वा अबस्तालाइ होच्याउने खालका) :
- कुमाइको घुमाइ- पुर्वियाको जाल, गुरुङको बुद्धि- नेवारको काल (क्षेत्रिय बैमनष्य बढाउने, जात जातिलाइ होच्याउने उखान। यसमा सन्धर्व अनुकुल जुनसुकै जातको नाम राखेर भन्ने चलन छ। उदाहरणको रुपमा दोश्रो उखान पढनुहोला)
- कुमाइको घुमाइ, जैसिको जाल, बाठोलाइ आपत, लाटालाइ काल (जातियता, अपांगता लाइ होच्याउने)
- बाहुन बिग्रे मोज ले नेवार बिग्रे को भोज ले (जातिय बैमनष्यता बढाउने)
- बाहुन मर्द खोलामा एक माना चामल झोलामा, भोटे मर्द डाडाँमा १ माना चामल भाढामा (जातिय बैमनष्यता बढाउने)
- ज्यालामा नमिलेको कामी दमाइ जस्तो
- बिष्ट घरमा बेलुका घर सल्लाह , कामीको घरमा बिहान सल्लाह
- गिरि, पुरि, भारति, बन, यिनका दाजुभाइ अरु पनि छन
- शेर्पा, तमाँङ, मिया, मुसल्मान, यिनि हुन आठ भाइ टुप्पी कट्टा बैमान
- कामि-दमाइ माग्न जान्दैन, दाद-लुतो आउन जान्दैन
- कालो बाहुन गोरो शुद्र, यिनिदेखि डराउँछन् महारुद्र
- एक घर विष्ट दश घर कामि, जस्ता तिमि उस्तै हामि
- दमाई-कामी बोलाई नुनको खति
- नेवारको मुख चल्छ, थाक्सेको हात चल्छ
- कुहिरे बाहुन, कैले खस, जुङ्गे मगर रस न बस
- दमाइको थुक चोखो, बाहुनको मुख चोखो
कुनै एक जातिय समुदायलाइ होच्याउने खालका उखानहरु
- लिम्बुको बुद्धि घुँडामा
- थारुलाई दारु र मुसा भए केही चाहिँदैन
- गिट्ठा भ्याकुर पलायो मगर बुढो रमायो
- भोटेको बुद्धी कोदाको तेल, पानीमा पकाउदा पाक्दैन सेल
- जाँड खाएको सार्की जस्तो
- अर्तिको कुरा घर्तिको पनि लिनुपर्छ
- अर्तिले घर्ति मान्दैन
- दमाइको लुगामा तुना छिनेको
- सियो हराएको दमाइ जस्तो
- सार्किको देउता अक्षताले मान्दैन
- सार्किको सरापले डिँगो मर्दैन
- विष्टका घरमा भात पाक्यो, दमाईका घरमा खलबल
- भोटेको बुद्धि भेडाको जस्तो
- मरेको मधेसीले जिउँदो पहाडेलाई ठग्छ
- माझीको मतो गर्दा सात गाउँ डुबे
- सानो जात मात्दैन, मातेपछि बाँच्दैन
- छेत्री बिग्रियो मोजले नेवार बिग्रियो भोजले
कामि जातलाइ होच्याउने उखानहरु
- कामिको पालो कात्तिकमा
- कामिको बिहे, अठार खाँचो
- राजाको काम छोडि कामिको देवालि
- मरेपछि डुमै राजा
- कुखुरा बास्यो, कामि नास्यो
- दिनमा कमिनि कपाल कोर, रातमा कमिनि घोचा चोर
- ब्रत बस्ने हामि, फलाहार खाने कामि
नेवार जातलाइ होच्याउने उखानहरु
- देउतालाइ मालाको अर्पन ज्यापुलाइ मुलाको खर्पन
- चाडमा ठुलो तिहार जातमा लोभि नेवार
- नेवार नेवार हानहान भैंसि को मासु तानातान
- काठमाडौं को नेवार कुवाको भ्याकुता
- नेवार इष्ट र बाबु दुष्ट कहिले हुँदैन
ब्राम्हण्ड क्षेत्रि जातिलाइ होच्याउने खालका उखानहरु :
- जहाँ दहि त्यहिँ बाहुनको सहि
- जहाँ गुलियो त्यहिं बाहुन भुलियो
- जहाँ केरा त्यहिँ बाहुनको डेरा
- ताक परे तिवारि नत्र गोतामे
- कुमाइ का घरमा पाँडे पुरेत
- खसको कुरा, पेटको छुरा
- खसको कोखमा दाँत हुन्छ
- खसको बिहेमा मगर नास्ती
- टुप्पीभन्दा माथि थात छैन, बाहुनभन्दा माथि जात छैन
- कागभन्दा कोइलि चङ्ख, कोइलीभन्दा खत्री चङ्ख
- अल्छिको कुरा जैसिले जाँन्दैन
- सर्पको बिख र बाहुनको इख एउटै
- बाहुनको चित्त माखाको पित्त
- भँडारीको बिहेमा पाँडेको परिपञ्च
- भए अन्त नभए बुढाथोकिको जन्त
- पश्चिमबाट घाम उदाउनु र बाहुनको चित्त बुझाउनु एउटै हो
- बाहुनको बिर्ता बोकाको मोलमा जान्छ
- बाहुनलाइ खाइ जाडो, क्षेत्रिलाइ नुहाइ जाडो
- बाहुनले च्याउ खाओस न स्वाद पाओस
Haha