ब्लगरहरुको आचारसंहिता २०६८

ब्लगर एसोसिएन आफ नेपाल र अनलाइन पत्रकार संघले २०६८ साउन ११ गते ब्लगरहरुको आचारसंहिता सार्वजनिक गरेको छ | केही ब्लगरहरुले त्यसमा सही गरेर सहमति पनि जनाइसकेका छन् भने केही ब्लगरहरुले सो आचारसंहितामा अनाबश्यक बुंदाहरु राखेर जटिल बनाएको पनि मान्छन | १९ बुंदा लामो आचारसंहिता सही गर्ने मध्ये उज्ज्वल आचार्य र केपी ढुंगाना (उहाँहरुले लेखेको भएर होला) बाहेक अरुले एउटा ब्लगपोस्ट लेख्न पनि आबस्यक नदेख्नु आफैँमा विरोधाभाष पूर्ण छ |

उहाँहरुले बनाएको आचारसंहिता पढे पछि मलाइ पनि एउटा आचारसंहिता बनाउन मन लाग्यो | यो मेरो आचारसंहिता सो कार्यक्रममा उपस्थित भएर सही गर्ने सबै जसो ब्लगर/पत्रकार हरुको लागि खासै काम पनि नलाग्ला | उहाँहरु पेशागत रुपमा पत्रकार हुनुहुन्छ तेसैले उहाँहरुको ब्लग पढ्दा पनि पत्रिका पढेको जस्तो लाग्न सक्ला | तर मेरो आचारसंहिता पत्रकार नभएर ब्लगरहरुलाई मात्र भनेर बनाइएको हो |

यो आचारसंहिताको सबै बुंदा मान्नु पर्छ भन्ने छैन | मान्न मन लागेको बुंदा कपी गरेर आफ्नो ब्लगमा राखे हुन्छ (मन नलागे पर्दैन)| सही गर्नु भनेको आफैमा शंका लाग्नेले मात्र गर्ने हो त्यसैले, कतै सही गर्नु पनि आबस्यक छैन (सही नै गरे पनि सही गरे अनुरुप काम गर्यो कि गरेन भनेर चेकगर्ने मेरो समय र इक्षा पनि छैन)|

मेरो ब्लगर आचारसंहिता:

  1. म झुठो बोल्दिन
  2. म अरु कसैको सामग्री पोस्ट गर्नु परेमा स्रोत उल्लेख गर्छु
  3. यहाँ कुनै प्रयोजीत सामग्री पोस्ट गर्नु पर्ने भएमा सो कुरा उल्लेख गर्नेर्छु
  4. म गल्ती नहोस भन्नेमा सचेत छु, गल्ति भैहालेमा सक्दो चाँडो सच्याउने छु
  5. म व्यक्तिगत आक्षेप लागाउने र सद्भभाबमा खलल पुर्याउनेखालका बाहेक अन्य सबै कमेन्ट अप्रुभ गर्छु
  6. यहाँ तपाइको व्यक्तिगत कुरा तपाइको अनुमति बिना राखिने छैन

मलाइ यो नयाँ ब्लगर आचारसंहिता बनाउनु पर्नुको कारण – ब्लगर एसोसिएन आफ नेपाल र अनलाइन पत्रकार संघले बनएको आचारसंहिता मलाइ काम नलाग्ने भो किनकी  :

  • १९ ओटा बुंदा अतिनै लामो भयो (सम्झिनु पनि पर्ला नि)
  • तेत्रा १९ ओटा बुंदामा एउटा पनि बुँदा मान्दिन भन्ने कुनै सुबिधा नभएको
  • एउटै कुरा २-३ चोटी लेखिएको  (बुंदा १ र २ मा एउटै कुरा छन्, जस्तो "१.ब्लगमा म जे लेख्नेछु त्यसमा इमान्दार र निष्पक्ष हुनेछु २.ब्लगमा सत्थ तथ्य सामाग्रि मात्र राख्नेमा म सचेत छु")
  • कुनै रेगुलेटरी एजेन्सीले बनाएको नियम जस्तो भयो (जस्तो – "ब्यक्ति वा संस्थालाई धम्क्याउन ब्लगको प्रयोग गर्नेछैन" यो पोस्टलाइ नै धम्क्याउन लेखेको भन्न मिल्ला नि होइन ?)
  • ब्लगरलाइ भन्दा पत्रकारको लागि बनाएको जस्तो भयो (स्रोतब्यक्ति को कुरा, पूर्ण रुपमा सम्पादन गर्नेछैन आदि)
  • अमुक र व्यक्ति अनुसार बिभिन्न अर्थ लाग्ने बुंदाहरुलाइ के आधारमा ब्याख्या गर्ने भन्ने कुरामा प्रष्ट नभएको (राष्ट्रियता, राष्ट्रिय शुरक्षा, धार्मिक सहिष्णुता, सामाजीक मर्यादा, यौनजन्य सामाग्रि, बैरभाव बढाउने, धम्क्याउने, मानवियता, पिडित आदि)

आचारसंहितामा सही गर्ने ब्लगरहरु (कोही पत्रकार होइन भने भन्नुहोस है – कमेन्टमा) – भोजराज दाहाल, चन्दन सापकोटा, दिपक अधिकारी, दिपक भट्टराइ, केपी ढुंगाना, मुकुन्द नेपाल, शैलेन्द्र खरेल, सोमेश बर्मा, सुरथ गिरी, र उज्ज्वल आचार्य थिए | समर्थन गर्नेहरुमा (उपस्थित हुन नसकेका) आकार अनिल, दिलिप आचार्य, हर्ष महर्जन, जितेन्द्र बज्राचार्य, पवन आचार्य, प्रवेश पौडेल, र उमेश श्रेष्ठ रहेका छन् |

यो बिषयमा ट्वीटरमा गरमा गरम बहस गरेर एउटा "साच्चीकै" आचारसंहिता तयार होस् भन्ने शुभकामना !

ब्लगर आचारसंहिता कुनै संस्था को लागि नभएर पाठकको मन जित्नको लागि बनाउने हो | तेसैले, प्रत्येक ब्लगरले आफ्नो आचारसंहिता आफैँ बनाउन किन सकेका छैनन … त्यो बारेमा अनुसन्धान गर्दा पो ठिक हुने थियो कि ?

(एदिटर को नोट – यो लेख मलाइ इमेलमा प्राप्त भएको हो – नाम उल्लेख नगर्ने शर्तमा पोस्ट गर्नको लागि – मलाइ त नाम लुकाउनु पर्ने केही कुरा भएको जस्तो लाग्दैन तर पनि उहाँको जे मर्जी|)

Leave a Reply

Your email address will not be published.