नर्कमा दुर्गान्धको कमी

लेखक – श्यामजंग खत्री सानो जङ्गे

आज नर्कमा यमराज आँफै छक्क छन र अचम्म पनि मानिसहरुलाई यती दुर्गन्दित ठाउँमा कडा परिश्रमको सजाय दिदा पनि हासी खुशी सजाय काटी राखेका छन् । के केटा के केटी सबै असैह्य दुर्गन्धको वास्ता नै नगरि आफ्नो धुनमा हसी मजाक गरेको देख्दा कता कता यमराजलाई कतै नर्कमा दुर्गान्धको कमी त भएको होइन भन्ने भान परेछ यस्तो दु:ख दिदा पनि मानिसमा किन चिन्ता छैन कतै मेरा दुतले स्वर्ग जानु पर्ने यस्ता साहासिला अनी ज्ञानी मान्छेहरुलाई त ल्याएका हैनन् भन्ने खुल्दुली भएछ अनी यमराज आफ्ना दुतसँग कुरा गर्दै:

यम राज: सुंगुर ल्याएको कि मान्छे ल्याएको तिमीहरुले, यत्रो असह्य दुर्गन्धमा पनि मानिसहरु सहज रुपमा रमाइ रहेछन् कुनै डर चिन्ता अनी पिडा नै छैन । यतिका मेहनती अनी सुसिल मानिसहरु त स्वर्ग पो जानु पर्ने कतै गल्ती त भएन ?

यम दुत: कहाँका मेहनती हुनु महाराज यीनीहरु मैले नेपाल भन्ने देश बाट उठाएर ल्याएको, उमेर हुन्जेल बैदेसिक रोजगारमा जादा रहेछन तातो चिसो आँधी हुरी केही नि नभनी अर्काको देशमा काम गर्‍यो अनी आफ्नो देशमा फर्कियो र सिन्को नभाची बस्यो अर्काको कुरा काटेर, सानो ठुलो काम भन्यो । आफ्नो प्राकृतिक रुपले नै स्वर्ग जस्तो देश चाँही केही नगरि बरु झन बिगारेर नर्क बनाएका रहेछन । अनी, अर्काको मरुभुमी जस्तो देशमा चाँही अहोरात्र दिन रात हावा हुरी जुठो फोहोर केही नभनी स्वर्ग बनाउएका रहेछन् । अनी यिनिहरुलाई नर्कको दु:ख त बिदेशको दु:ख भन्दा कम नै लागेको हो महाराज । अनी, यहाँको दुर्गन्ध त नेपाल देशको काठमन्डौको नदी नाला अनी गल्ली भन्दा कम नै छ, भन्दै यिनिहरु रमाएका हुन महाराज ।

nepal

"म पनि झल्यास बिउँझीए आखिर यथार्थ त यही नै हो नि हामी नेपालीको, के ले कमी थियो होला र त्यो देश मेरो देश|"

यो फेसबुकमा पोस्ट गरिएको सानो लेख नेपालीलाई  झक्झक्याउने खालको भएको ले यहाँ पोस्ट गरिएको हो |

Leave a Reply

Your email address will not be published.