Aug 132011
 

रक्षा बन्धन श्रावण महिनाको पुर्णिमाको दिन मनाइने एक हिन्दु चाड हो | नेपालमा पहेंलो धागोको डोरी हातमा बाधेर पण्डित अथवा भान्जा, ज्वाई आदि बाट आशिर्बाद लिने चलन छ | आजै ब्राह्मणहरुले काँचो धागोले बनेको जनै लागाउने गर्दछन |

भारतीय प्रभाबका कारण दाजु भाइले दिदि बहिनीलाई राखी (रक्षासुत्र) बाँधेर एक अर्काको सुस्वास्थ र दिर्घायुको कामना गर्ने चलन पनि बिस्तारै बढ्दो क्रममा छ |

यसरी धागो वा राखी बाध्दा निम्न श्लोक पाठ गरिन्छ :

येन बद्धो बलि: राजा दानवेन्द्रो महाबल:।

तेन त्वामभिबध्नामि रक्षे मा चल मा चल॥

यो श्लोकमा भनिएको छ – जुन रक्षासूत्र ले महान शक्तिशाली तथा दानवेन्द्र राजा, बलि, लाइ बाँधिएको थियो, त्यही रक्षाबन्धन लव मैले तिमी/तपाईलाई बाँधी दिन्छु, जसले तिम्रो/तपाइको रक्षा गर्नेछ।

 Leave a Reply

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)