यो नेपाली राष्ट्रिय गानको रिमिक्स सोसल मिडियाहरुमा खुबै शेयर गरिएको थियो | मैले यसलाई अलिकति परिवर्तन गरेर यहाँ पोस्ट गरेको छु :
यो नेपाली जर्किन उचाली, तेलको लाइनमा लम्किन्छ
जुनकिरी झैँ टुकी बाली, लोडशेडीङमा चम्किन्छ
यो नेपाली जर्किन उचाली, तेलको लाइनमा लम्किन्छ
चाहे बढोस् जती मुल्य यो नेपाली डर्दैन – २
जम्मा भै सडकमा कराउन छोड्दैन – २
जुनकिरी झैँ टुकी बाली, लोडशेडीङमा चम्किन्छ
यो नेपाली जर्किन उचाली, तेलको लाइनमा लम्किन्छ
पालै पालो पार्टीहरुको जनतामाथी शासन छ – २
अर्को तिर नेताहर्को अर्थबिहिन भाषण छ – २
जुनकिरी झैँ टुकी बाली, लोडशेडीङमा चम्किन्छ
यो नेपाली जर्किन उचाली, तेलको लाइनमा लम्किन्छ
यो नेपाली सिलिण्डर उचाली , डिलर तिर लम्किन्छ ….
क्रेडिट – गुमनाम रचनाकार
आफ्नै रास्ट्रीय गान को पनि खिल्ली ऊदाउछन् चोर हरु
yo derai buzzzzzzzzz xa yarr