आजको पत्रकारिताका साच्चै सजिलो छैन !

आजको युगमा हिजोको युगमा जस्तो गरेर पत्रकारिता गर्न सकिदैन भन्ने कुरा आज फेरी कान्तिपुरले पुस्टि गरेको छ । हिजो शुक्रबार मात्र यसको एक भागका संयोजकले "न्युयोर्क टाइम्स, द टेलिग्राफ लागाएतका स्रोतबाट प्रबिधी सूचनामात्र लिएको नभई त्यहाँको प्रकाशित सामाग्रीलाइ आफ्नै जस्तो बनाएर छापेको" भनेर माफी मागेको भोलिपल्ट नै सामाजिक संजाल, फेसबुकमा चलेको हल्लालाइ आधार बनाएर एउटा समाचार छापेको रहेछ । केही समय अघाडी, बलिवुड अभिनेता अमिताभ बच्चन नेपालमा जन्मेको भनी टेलिभिजन र पत्रिकामा समाचार आएको थियो – एउटा मनोज गजुरेलको व्यङ्ग्य हसाउनको लागि बनाएको प्रसंगलाई आधार मानेर ।

the_kantipur_times_graph

आजको २ दशक अघि (२०४७ साल फाल्गुन ७ मा) स्थापना भएको कान्तिपुर दैनिकको लामो समय नेपालमा पत्रकारिताको अनुभब र दक्षता छ । यसमा काम गर्ने पत्रकारहरुमा पनि पत्रकारिताको लामो अनुभब र प्रभाब देख्न सकिन्छ । तेसैले त, "पाठकले सल्लाह दिन पाउछन तर, धाकै सही, पत्रकार ज्ञाता/बिशेषज्ञ हुन, डाक्टरलाई बिरामीको उपचार कसरी गर्ने सिकाउदा त्यो अप्राकृतिक देखिन्छ," भनेर धाक लागाएका थिए, भलै त्यो सुन्दा, स्थापित पत्रकारहरुमा नागरिक पत्रकारिताको महत्वको बारेमा ज्ञान नभएको भान परेको थियो ।

twitter_comment_wagle

कान्तिपुरको मात्र कुरा गरे पनि यो एउटा पत्रिका वा एउटा पत्रकारको कुरा होइन । सबै पत्रिका र पत्रकारमा समय अनुसार परिवर्तन हुन नसक्ने रोग लागेको पक्का हो । २०४७ (फेबुअरी १९९१) सालमा कान्तिपुरले पत्रकारिता शुरु गर्दाको अवस्था र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको छ । त्यो बेलामा गल्ती भए पनि धेरैलाई थाहा हुन्थेन भने थाहा पाउने एक दुइजनाले पनि गल्तीको बारेमा अरुलाई बताउने माध्यम थिएन । तेसैले  त्यो बेला "ज्ञाता/बिशेषज्ञ" भनेर फुर्ती लगाउन जति पनि मिल्थ्यो ।

तर, अहिले समय धेरै परिवर्तन भइ सकेको छ । अहिले जो कोहीले पनि कुनै एउटा सानो बिषयमा कुनै पनि बिशेषज्ञ भन्दा बढी जानकारी बटुल्न सक्छ । जस्तै, रहर लागेको खण्डमा, कुनै बिरामीले रोगको लक्षणको आधारमा इन्टरनेटमा खोजेर आफुलाई के रोग लागेको हो र उपचारको लागि कुन औषधी खानु पर्छ भनेर पत्ता लगाउन सक्छ । यसरी खोज्दा डाक्टरले जानेको भन्दा पनि नयाँ र बढी प्रभाबकारी औषधीको बारेमा पत्ता लागाउने सक्ने सम्भाबना पनि उत्तिकै हुन्छ ।  तर, यती हुदैमा बिरामीले डाक्टरले भन्दा बढी जान्ने भएँ भनेर फुर्ती लगाउन मिल्दैन र डाक्टरले पनि बिरामीलाई केहि थाहा छैन भनेर अनुमान लगाउन मिल्दैन । यो नयाँ युगमा दुवै पक्षले एक अर्काको सम्मान गरेर आ-आफ्नो क्षेत्रमा इमान्दारिता पूर्बक लाग्नुको विकल्प छैन ।

यो लेख लेख्न पर्नुका कारण

कान्तिपुरले पत्रकारितालाई सम्बेदनशील रुपमा नलिएका बिभिन्न घटनाहरु छन् । यस्ता धेरै घटनाहरु मध्ये मलाइ याद भएका केही घटनाहरु निम्न छन् :

डी.आइ.जी. हत्या प्रकरणको बिबरण हत्या कसरी गर्ने भनेर बनाएको ट्रेनिंग म्यानुअल जस्तो भएको आरोप लागेको थियो तर यो ब्यबसायिक भन्दा पनि स्वनिर्णय गर्नु पर्ने नैतिक जिम्मेबारी भएकोले गल्तिनै गरेको आरोप लगाउन नमिल्ला ।

अरु पनि बिभिन्न त्यस्ता घटनाहरु होलान, पाठकहरुलाई थाहा भएका सबै घटनाहरु कमेन्टमा पोस्ट गरिदिनुहुन अनुरोध छ । कान्तिपुर बाहेक अन्य पत्रिकाकाहरु पनि गलत समाचार दिन कम छैनन तेस्ता खाले समाचार हरुको बारेमा पनि कमेन्ट गरिदिनु भएमा आभारी हुने थिएँ, धन्यवाद!

2 thoughts on “आजको पत्रकारिताका साच्चै सजिलो छैन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *