Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

jhalnath-in-office-first-day संविधानसभाँ चुनाव हारेकालाई सरकारमा ल्याउन्न भन्थे प्रधानमन्त्री हुनासाथ झलनाथ खनालले। अर्थमन्त्री बन्ने पक्का भाका भरतमोहन अधिकारी मोरङबाट र शिक्षामन्त्रीमा प्रस्तावित गंगालाल तुलाधर धादिङबाट चुनाव हारेका रैछन्।

आँफै झल्लु हुने कुरा किन गर्छन बेकाराँ झलनाथले कि उनैको पार्टी एमालेले नै सुरुमै चुनाव हारेकाहरुलाई मन्त्रीमा सिफारिस गरेर झलनाथलाई झल्लु बनाइदिन लाको हो…

***

माओवादी पहिले उपयोग गरिसकेका मन्त्रालय नलिने नीति जस्तो छ। त्यसैले अर्थ र रक्षा भन्दा गृह र परराष्ट्र मन्त्रालयमा मरिहत्ते गरिराछ। सायद सञ्चार र शान्ति मन्त्रालय भन्दा अहिले युवा-खेलकुद र उर्जा अथवा आपूर्ति मन्त्रालयमा जोड दिन्छ। सबै सरकारी संयन्त्रको अनुभव लिनु छ नि।

माउवादीका लागि नयाँ सत्ता गठवन्धन अग्रगमनका लागि सह-कार्य हो कि विद्रोहको लागि गृह-कार्य? पत्रकारको मन जे मा नि शंका मात्रै लाउछ..

***

(तलको “खनाल-दाहाल सातबुँदे सम्झौता” फेसबुकमा फेला परेको हो | यसको आधिकारिकताको कुनै ग्यारेन्टी छैन – आनन्द)

Jhalnath-Prachanda-agreement-samjhauta

  3 Responses to “झलनाथको झल्लु चाला र खनाल-दाहाल सातबुँदे सम्झौता”

  1. [...] a photo published in Kantipur showed the "Jhallu attitude" of Jhalanath Khanal again. Worshiping the PM residence before entering it. I don’t have [...]

  2. very funny……………..

  3. 7 bude le palti khan 6!!!!!!!!!!!!!!!!!!!!!!!!!!111

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network