Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 
  • निशा अधिकारीले पत्रकारको क्यामेरा खोसिन
  • झुक्किएर पनि नछुनु निशालाई
  • मिस नेपाल २०१० मा फस्टरनर अप वनेकी साहाना वज्रचार्यले पत्रकार भट्टराईको क्यामेरा खोसिन् ।
  • पत्रकारले निशालाइ माफीमाग्न बाध्य पारे

nisha_adhikari_journalist_debate_fingerयस्ता धेरै समाचार सुन्दा मलाइ पनि निशाले साच्चै बदमासी गरेकी रहिछिन भन्ने लागेको थियो । पत्रकारले फोटो खिच्न नपाउने भन्ने त छैन नि ।

तर, जब सो घटनाको भिडियो हेर्ने मौका मिल्यो यो त सबै पत्रकार हुनुको अंहकार बाहेक केही पनि रहेनछ भन्ने छर्लंग भएको छ । त्यो भन्दा पनि पत्रकारहरु आफूजस्तै पत्रकारको बिषयमा कति सम्म धृतरास्ट्र हुन सक्छन भन्ने पनि यो एउटा उदाहरण हो ।

यो घटना सम्बन्धी भिडियो सहितको समाचार उद्घोषण गर्ने पत्रकारले समेत आफैले देखाइरहेको भिडियोमा देखिएको कुरालाइ भन्दा पनि पत्रकारको सपोर्ट गर्नु पर्छ भन्ने अन्ध भक्ति देखाउदै छन् ।

मैले बुझेको घटना यस प्रकार छ :

  • निशाले लगाएको छोटो स्कर्ट भित्र नियाल्ने शुरमा हाम्रा पत्रकार बन्धु फोटो खिच्दै थिए ।
  • तर उनी संग एउटा राम्रो क्यामेरा पनि नभएकोले टाढाबाट राम्रो फोटो खिच्न नमिलेको ले नजिकै गएर फोटो खिच्न थाले ।
  • जो सुकै लाइ पनि आफ्नो अगाडी आएर चियाउन थालेको देख्दा रिस उठ्छ – निशालाई पनि रिस उठ्यो ।
  • उनी उठेर पत्रकार भएको ठाउमा गएर  डिस्टर्ब नगर्न भनिन (रिसाउन आबश्यक थिएन) ।
  • संगै बसेकी सहानालाई पनि रिस उठेछ क्यामेरा नै खोस्न पुगिन ।
  • पछि निशाले माफी मागे पछि औलो दिदा डुडुलो निल्ने भन्या जस्तो … सहानाले पनि माफी माग्नु पर्यो भनेर अर्घेल्याई गर्नु कुनै आबश्यक थिएन (सहानाले पनि माफी मागी दिएको भए केहि बिग्रिने थिएन) ।

पत्रकार अनुप भट्टराइले के गर्नु पर्थ्यो त ?

  • पत्रकारले फोटो खिच्न पाउछन – तर फोटो खिच्दा कसैलाई डिस्टर्ब गर्न पाइदैन ।  लामो जुम भएको क्यामेरा लिएर टाढा बसेर जति फोटो खिचे पनि कसैले केहि भन्ने थिएन।
  • पत्रकार पेशाले ठूलो भए पनि अहंकार देखाउनु कुनै आबस्यकता थिएन। निशालाइ माफी  माग्न लागाउदैमा कुनै पुरुषार्थ गरेको मानिदैन । उनले माफी मागेकोमा धन्यबाद दिनु पर्नेमा उल्टो अर्कीलाई  माफी माग्न लगाई देउ भन्दै बिन्ती गर्न जानु आबस्यकता थिएन  ।  भन्न मन लागेको भए सहाना नभनेर किन निशाको हात समाउन जानु पर्थ्यो?

nisha_controversy_causec_by

यो भन्दा पहिले "साथी म तिम्रो" को म्युजिक रिलिज कार्यक्रममा रेखा थापाले गरेको ब्यबहार लाइ जायज मान्न नसकिए जस्तै घटना यस घटनामा हाम्रा पत्रकार मित्रले गरको ब्यबहारलाइ पनि जायज मान्न सकिदैन । निशा र सहानाले सार्बजनिक स्थानमा गर्नु पर्ने ब्यबहारको बारेमा प्रशिक्षण लिन आबश्यक भए जस्तै हाम्रा पत्रकारले पनि घटनालाई निस्पक्ष भएर हेर्न सक्ने हुनु त्यतिकै जरुरि देखिन्छ ।

तपाईलाई कस्तो लाग्छ, अनुप भट्टराइले युट्युबमा राखेको भिडियो हेरेर आफै मुल्यांकन गर्नु होला (नोट: निस्पक्ष रुपमा सोच्न चाहानुहुन्छ भने यो भिडियोमा भएको उद्घोषणलाइ बेवास्ता गर्नु नै उपयोगी होला) :

Incoming search terms:

  15 Responses to “निशा अधिकारीको दुर्ब्यबहार र पत्रकार हुनुको घमण्ड”

  1. अनुप पत्रकार को रुप मा कलङ्क. पत्रकार मह संघ मुर्दाबाद, पत्रकार सधै ठिक हुन्छा वन्ने सोच गलत हो.

  2. अब दिन गयो जस्तो ६ कसै कसैको .
    कि पत्रकार को
    कि हिरोइन को
    दिन चै पक्कै गायकी होला

  3. हुनत हो हजुर पत्रकारले त्योपनि फोटो पत्रकार जसले फोटो खिच्दा साबधानी अपनाउनु पर्ने हो किनकि पत्रकार पेसा आफैमा मर्यादित हो तर केगर्ने अनुपले त् आफ्नो पक्कै कुरा बिगारे त धन्य होस् निसा अधिकारी जी तिम्रो हातबाट त्यो भायाना है

  4. a भन दिन k हो

  5. k ho bujanai sakina.kasa la patra kar tik kasaila heronine k ho patra kar patrakar pani dusman huncha ho so strange first belive media but now i not belive any media

  6. I think it’s sample of the Nepali tradition. k ho r holi ko hang hola ni
    I can’t believe media and personality of heroine. I give thank to nisha (बेचौसे) say sorry to Anup. It is great person in Nepal … [इ थिंक इट्स सम्प्ले ओफ द नेपाली त्रदिशन क हो र होलि को हागा होलानी इ कान्त बेलिवे मेडिया एंड पेर्सोनालिटी ओफ हेरोइने
    इ गिवे थान्क तो निशा बेचौसे शे सय सोर्री तो अनुप इत इस ग्रेअत पेरसों इन नेपाल]

  7. seto bhus tigra dekhayera hinnalai chahi laaj lagdaina patra karle photo khich ta chahi risaune, malai thaha bhaye anusar nepalko hiroin jasto pakhandi kunai desma dekhiyena.

  8. छोटो बढेपछी भारी फूर्ती ढाँचा बढाउँछ,उर्लदो खहरे हेर कतिको गड्गडाउँछ !!

  9. छोटो लुगा चै किन लगाउनु ? फोटो खिच्न / हेर्न नमिल्ने भए , हामीले छोटो लुगा लागको हेर्न / फोटो खिच्न पाउनु पर्छ !

  10. फोटो खिच्नलाइ अरु नभए जस्तो किन भाउ दिदै जानुत पत्रकार मित्र बानि बेहोरा थाहा पाएपछि ।

  11. यो संसार मा सबै कुरा को राम्रो र नराम्रो पछ्या त भै हालछ नि |

  12. यो साला पत्रकार भनेकै चोर हरु हो.यिनी हरुले ज पनि गर्न सक्छ नेव्स बनाउन.मलाई कसैले तेस्तो गरेको भए सालको बंगारा झरिदिन्ठे.
    यो कसरि पत्रकार भयो जसले अरुको मानहानी गर्छ.कुकुर साला

  13. Gajab ko tips,’Na bhang na dhaturo’yesto taral kura pani highlight garne?Ani scort vitra panty, panti vitra chai k ni?yesta lai semiskill patrakar bhanne wa unskilled alapatrakar?
    Aafno pesa parti unuttardai hunu,amaryadit kriyakalap garnu sano kura haina.

  14. तस्बिर आफै बोल्छ !!

  15. साले त्यो पत्रकार लाई त झापड लगाउनु पर्थियो निसा दि ले

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network