Explore xNepali - Movies & Fun | Nepali Blog | Tools - | Unicode | Nepali Fonts | Preeti->Unicode
 

नेकपा माओबादी प्रचण्ड पुत्र प्रकाश दाहाल सम्मिलित एक टिमले सगरमाथा चड्दैछ (फोटो सहित अंग्रेजी लेखको लिंक) भन्ने कुराको बारेमा हामीले बिगतमा लेखेका थियौं। यो अभियानको अलिअलि बिरोध त पहिले पनि भएको हो तर जब यसको खर्च २-३ करोड लाग्ने कुरा सार्बजनिक भयो त्यस पछि  बिरोधको स्वर अलिक बढेको छ । त्यहि कुरा लाइ इंगित गर्दै प्रकाशले आफ्नो फेसबुकमा यस्तो गुनासो गरेका छन्:

यो मिडियाले नि! गर्नु गर्यो !! राम्रो कामलाई राम्रो त भन्नु पर्छ. सगरमाथा चाद्नु शान्ति र संबिधानको लागि दबाबको रुपमा, लुम्बिनी र सगरमाथा नेपालमा हुदानी हामी किन पछी भनेर!!! हौशला दिनु त कता कता किन तेस्को बिरोध ! बास्तवमा नेपालमा केहि विकास हुन नदिनुमा यो मिडियाको मुख्य हात छ. गर्नुस बिरोध तर हाम्रो दबाबमुलक यात्रा रोकिने वाला छैन!! तपाईहरुको कामनै राम्रोलाइ नराम्रो भन्नु भए पछी!!!!

कुरा एक प्रकारले ठिकै हो । उहाँ हरुले कुनै काम नै बिताएर सगरमाथा चड्ने पनि होइन ।  केही कमेन्टहरु प्रकाश दहालको कुरामा सहमत छन्। समर्थन गर्ने कमेन्टहरु: "ठिक भन्नु भो", "ब्यबसायिकता नहुने हरु अलपत्रकारहरु ले त्यसो गरेको",  र उनको आरोहण  को सफलताका शुभकामना दिने खालका छन् । तर बिरोध गर्ने खालका कमेन्टमा भएका कुराहरु पनि नाजायज भने छैनन:

किरण बुढा मगर भन्छन, " सगरमाथा चढ्दा लाग्ने खर्चले बरु अन्य सामाजिक बिकासको लागि लगानी गर्दा अति सान्दर्भिक हुन्छ। मेची देखि महाकाली सम्म जनचेतना मुलक अभियान नराम्रो होइन समस्या सगरमाथा चढ्दा अनाबास्यक खर्च हुने त्यो ठुलो रकम हो चाहे त्यो दलित को नाममा होस चाहे त्यो कर्मचारीको नाममा होस्। दलित सागरमा चढ्दैमा समाजको आमुल उद्पिदन अन्त्य हुने पनि होइन र प्रकाश जीहरु सगरमाथा चढेर यावत समस्या को हल हुने पनि होइन यसमा बिचार गर्दा नै राम्रो र सरकारले पनि यी अनाबस्यक खर्च दिन बन्द गर्नु पर्छ। तसर्थ ३ करोड २ करोड सानो रकम होइन यसले ठुलै बिकासका कार्यहरु ग्रामिण भेगहरुमा सम्पन हुनसक्छ यता पट्टि सोच्दा बरु जनमत सिर्जना होला सगरमाथा चढेर जनमत सिर्जना होला वा संबिधान निर्माणमा दबाब सिर्जना होला भन्ने भ्रममा नपर्नु भए राम्रो हुने थियो।"

खेम थपलिया भने अझै खरो रुपमा उत्रिएका छन्, "प्रकाशजी, तपाईंको यो अभियान असान्दर्भिक र अवैज्ञानिक छ । यो तपाईंको ‘काम कुरा एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै हो ।"

अर्का टेन्सन माइलो बन्दीपुरे लेख्छन, "तिन करोडले त रुकुम रोल्पामा सानो तिनो विकास पो हुन्छ त सरगरमाथा चढ्ने खर्च बरु त्यता खर्च गर्न सके त सबैले वाहा वाहा गर्थे होलानी । शान्तिकोलागि भनेर सगरमाथा चढ्दा सगरमाथाले शान्ति दिने होईन । त्यसैले त्यो रकम गरिव नेपालीहरुकोलागि विकास खर्चमा लगाए राम्रो । अब नेपालमा सगरमाथा चढेर विकास हुने भएत सबै जना सगरमाथानै चढ्थे होलान् नी ।"

लिविंग लुन्ग्खिम को भनाइ – "कम्रेड, देशको ढुकुटी रित्याएर नाम कमाउने प्रयास नगर्नु, त्यो २/३ करोड ले त पश्चिम नेपालका पिछडिएका गरिब बर्गका नेपाली हरुलाई शिप मूलक तालिम केन्द्र र कारखाना खोली दिने हो भने रास्ट्रको लगानीमा देश बासीलाई राहत पुग्थ्यो कि?"

तपाईहरुलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला ।

prakash_dahal-sagarmatha

Incoming search terms:

  7 Responses to “प्रचण्डपुत्र प्रकाशको सगरमाथा आरोहण र मिडियासंगको गुनासो”

  1. यो सगरमाथा यात्रा गर्दैमा ,नेपालमा सान्ति र संबिधान बने किन १० वर्ष जनताको छोरा छोरि ले रगत बगाउनु पर्ने थियो ? आनावसेक किन नाटक रचेर देसको सम्पति को दुरुपर्योगः
    गर्न खोजिदै६ ? त
    बरु गरिप देसको गरिप जनतालाई र गरिप को छोरा छोरि को लागि खर्च गरौत ? आरोहन को नाममा आफ्नू
    सोवार्थ पुरा गर्न खोजिदै६

  2. हाम्रो तीन करोड रुपैया लिएर जाने प्रचण्डपुत्र प्रकाश दाहाल सगरमाथाबाट फर्कन नपाओस्। त्यहीं मरोस् । थप पैसा लिन आउन नपाओस्, त्यसलाई अझ बर्बाद गर्न नसकोस् ।

    • ठिकै हो.नेपाली जनता को पैसा ले सगरमाथा चढने ?सक्ने भए बाउ को पैसा ले चढे भैहल्थियो नि. जो चोर उसैको ठुलो सोर??

  3. सरकारले कसलाई किन रकम दिने भन्ने मापदण्ड बिना दिएको रकम लाई पदको दुरुपयोग गरि राष्ट्रिय ढुकुटी लुटनु नै हो . प्रचण्डपुत्र प्रकाश दाहाल सगरमाथाबाट कुनै न कुनै बहाना बिचैमा फर्किने कुरा मा कसैको दुइमत पनि नहोला

  4. [...] २ करोड दिने निर्णयको बिरोध शुरु हुँदा प्रकाशले मिडियासंग गुनासो पनि गरेका [...]

  5. कमरेड..होसियार.!!!जनता.को. पसिनाले.पोल्लानी.फेरी………….न.त. तपाई.लाई सुहाउछ एस्तो. गर्न.!!बुवा. सरि.धुर्त काम.नगर्नु………

  6. ” लाज नभएको गति छाडा हो ” संम्बिधान बनाउनका लागि सगरमाथानै चद्नु पर्ने ? त्यो पनि राज्यको पैसा लिएर ? तेरीमा छाडा हो / अझ्ह पत्रकारलाई गालि गर्दै पो हौ / लाज मर्दो ,,,,,,ए प्रकाश जी त्यसो नगरौ न है ?

 जवाफ लेख्नुहोस्

(required)

(required)

You may use these HTML tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <strike> <strong>

Enable Google Transliteration.(To type in English, press Ctrl+g)
   
© 2012 नेपाली गफ A part of xNepali.com network