हाम्रो बारे
हामीलाइ हाम्रो नेपाली भाषा अति ने प्यारो छ |
पहिले त, नेपाली लेख्न को गार्हो, इन्टरनेट साइट पनि नेपालमा भन्दा नेपाल बाहिर बस्ने नेपाली ले नै भढी हेर्ने भएको ले यो साइट अंग्रेजीमा शुरु भएको हो | एक्स नेपालीमा हामी अझै पनि अंग्रेजी भाषामा नै जोड दिइरहेका छौ |
तर, बास्तविकता: अंग्रेजी जान्ने नेपाली धेरै थोरै छन | जसका कारण हामी धेरै नेपाली माझ जान सकेका छैनौ |
तर, अर्को बास्तविकता: यदी इन्टरनेट को राम्रो उपयोग गर्ने हो भने नेपाली बाहेकको अरु भाषा नजानी नहुने भएको छ | सबै कुरा नेपालीमा पाउन पनि सकिदैन र कतिपय कुराहरु अंग्रेजीबाट नेपालीमा अनुबाद भएर निस्कन केहि समय लाग्न सक्छ| बरु हिन्दी भाषा जान्ने मानिस धेरै भएको ले हिन्दीको विकास नेपालीको भन्दा धेरै छिटो हुने सम्भाबना छ |
आजको द्रुत रुपमा बिकसित भइ रहेको यो सूचना प्रविधिको राम्रो उपयोग गर्ने हो भने अलिकति भए पनि अंग्रेजी जान्नु राम्रो हुने हुनाले, बिशुद्द नेपाली मा लेख्दा राम्रो देखिने कतिपय कुराहरु पनि अंग्रेजी लेखिएको पाइन्छ |
यो सानो सेक्सन – नेपालीको लागि भनेर बनाइए पनि यहाँ अंग्रेजी सिक्न सहयोग हुने कुराहरु राख्ने प्रयास भने अबश्य हुनेछ |
हामीलाई सम्पर्क गर्न चाहानु हुन्छ भने तलको फर्म भर्नु होला:

[...] हाम्रो बारे [...]
[...] हाम्रो बारे [...]