भन्न नहुँने उखान टुक्काहरु, भाग २ (खुसुक्क पढ्नुहोस, शेयर नगर्नुहोस)

उखान टुक्काहरुको धनि नेपालि भाषा मा चलन चल्तिमा रहेका केहि उखान टुक्काहरु जाति बिशेष, महिलाहरु र अपांगहरुलाइ होच्याउने, जिस्क्याउने र दवाउने प्रकारका पनि छन । कुनै कालखण्डमा ठिकै सुनिने त्यस्ता उखानहरुले कतिपय मानिसहरुको आत्मविश्वासमा ठेस पुर्याउँछन, चित्त दुखाउँछन । तेसैले आजकल समाजमा त्यस्ता भनाइको प्रयोग गर्नु हुंदैन भन्ने जन बिश्वास बन्दै गएको छ। मैले केहि समय अघि जात जातिलाइ होच्याउने खालका उखान टुक्काहरु जम्मा गरेर एक लेख लेखेको थिएँ। अहिले तेस्तै महिलालाइ होच्याउने खालका उखान हरु जम्मा गर्ने जमर्को गरेको छु । यो सुचि तयार गर्ने प्रेरणा एक ट्विटरका मित्रबाट मिलेको हो । उनको ट्विट यस पोष्टको अन्त्यमा एम्बेड गरेको छु ।

यहाँ जम्मा भएका उखान टुक्का प्रयोग गर्दा महिला पुरुष, महिला महिला र पुरुष पुरुष बिच पनि बैमनष्यता बढ्ने, मानसिक आघात पुग्ने र समाजलाइ नै नराम्रो असर पुग्ने सम्भावना भएको हुनाले यि उखान प्रयोग नगर्नुहुन सबैलाइ अनुरोध छ । तर एक चोटि प्रयोग भएर प्रचलनमा आइ सकेको उखान टुक्कालाइ हटाउन वा मेटाउन त पक्कै मिल्दैन । तर, तिनलाइ प्रयोग नगर्दा ब्यक्तिगत र सामाजिक सदभाव कायम राख्न सजिलो हुन्छ :

  • आइमाइको रुद्रघन्टि हुदैन!
  • पोथि बासेको सुहाएन
  • घि का लड्डु टेडा भला । (मधेशको उखान)

महिलालाइ उपभोग्य बस्तु जस्तो ब्यबहार गर्ने पुरुष प्रधान समाजको झझल्को दिने यि उखानहरुले हाम्रो समाजको कुरुप रुप देखाउँछ:

  • बैंशमा बिसवटा पोइ, मर्ने बेलामा कोहि न कोहि।
  • मर्दका १२ ओटि जोइ!
  • गुन्द्रुकलाइ पकाउनु पर्दैन र सालि फकाउनुपर्दैन
  • गुन्द्रुकको खानु झोल, कमारिको खानु मोल
  • लट्ठि टेके भर, कान्छि ल्याए घर

 Continue reading

दुध बेच्न घर घर जानुपर्छ, पानी मिलाएको शंका हुन्छ, रक्सि नि?

कुरो:

१- पहिला घरमा खाएर बाहिर शौचालय जान्थे आजकल बाहिर खान्छन घरमा शौचालय जान्छन।

२ -पहिला बिहे भोजमा घरकाले खाना बनाउथे, बाहिर बाट नाच्ने आउथे आजकल घरका नाच्छन, बाहिरका खाना बनाउन आउछन।

३ -पहिला मान्छे साइकल चढ्दा गरिब सोच्थे आजकल कार चडेर जिम जान्छन साइकिल चलाउन !

४ – पहिला मान्छे कुकुर घरभित्र नपसोस भनेर रक्षा गर्थे आजकल ढोकामै कुकुर बाधिन्छ!

यि त भए महत्वपूर्ण परिवर्तन हरु! अब मान्छेको स्वभावको वर्णन :

#मान्छेको लाशलाइ छेए नुहाउंछन मान्छेहरु तर जनावर मारेर त्यो लाश खान्छन,

#मन्दिर-मस्जिद्मा गरिबहरु बाहिर भिख माग्छन र धनिहरु भित्र भिख माग्छन, 

#बिहेमा जादा दुलाहा पछाडि र जन्तिहरु अगाडि हिड्छन भने मर्दा लाश अगाडि र मलामिहरु पछाडी: सुखमा दुनियाँ अगाडि र दुखमा पछाडि हुन्छ , 

#मरेकालाइ मैनबत्ती जलाएर याद गर्ने र मैनबत्ती निभाएर जिउंदाको जन्मदिन मनाउने,,

#जिन्दगीभर बोझ काँटिले उठायो, तर मान्छेहरु तारिफ तस्बिरको गर्ने गर्छन,

#पाउजु हजारौं रुपैयाँ पर्छ तर खुट्टामा लगाइन्छ भने टिका एक रुपैयामा आउँछ जुन सिरमा लगाइन्छ,

#एउटा लाइब्रेरिमा नलडेका गिता ,कुरान,बाइबल जस्को लागि हामी लडिरहेका छौ र जो तिनिहरुको लागि लड्छन तिनिहरुले यि कैहिले पढेनन,

#नुन जस्तो कडा वचन दिनेवाला नै साचो मित्र हुन्छ इतिहास साँचि छ – नुनमा कहिले किरा लाग्दैन र अक्सर मिठाइमा किरा लाग्ने गर्छन,

# रक्सिवाला कहि जादैन-तर दुध बेच्न घर घर जानुपर्छ र दुधवालालाइ सधै सोधिन्छ पानी त मिलाइनस तर रक्सिमा आफै पानी हालेर पिउछन,

#मान्छेको सोच हेर्नुस: जनावर भन्यो भने रिसाउछ तर तिमी त सिंह हौ भन्यो भने खुशी हुन्छ। 


फोटो- भुषण दहाल। 

“चुनाव हारेर म मरेकि होइन” सुसाइड नोट लेखेर, किन मरिन त १९ बर्षिया रिमा क्षत्रि ?

रिमाले सुसाइड नोटमा लेखकि छन्

चुनाव हारेर म मरेकि होइन। आजसम्म मलाइ जसले जस्तो व्यवहार गरे पनि कसैलाइ नभनि सहेरै बसेकि थिएँ। बाँच्ने रहर थियो तर इज्जतै नरहेपछि बाँच्ने रहर मर्दो रहेछ। बाबा, आमा, दाइ, दिदि, भाउजु र साथिहरु, मलाइ माफ गरिदिनु। तपाईंहरुबाट धेरै टाढा जाँदैछु

रिमा क्षत्रि को  हुन र कसरि घटना भएको थियो ?  

  • १९ वर्षिया रिमा क्षत्रि
  • घर – स्याङ्जाको फेदिखोला गाविस ९ स्थित डाँडागाउँ
  • घरमा आमा, बाबु, एक दिदि, ३ दाजु र भाउजुहरु छन्
  • सिद्धार्थ बहुमुखि क्याम्पस मा स्नातक तह प्रथम वर्षमा अध्ययरत
  • फेदिखोलाबाटै एसएलसिपछि स्नातकसम्म अध्ययन गरेकि
  • नेपाल विद्यार्थि संघका तर्फबाट अध्यक्ष पदकि उम्मेदवार
  • फागुन १८ गते भएको चुनावमा पराजित भएकि । अखिलकि प्रतिष्ठा कार्कि बिजयि भएको । रिमाले चुनावमा जम्मा २८ मत पाएकी थिइन्। उनका प्रतिस्पर्धी प्रतिष्ठा कार्किले ९२ मत ल्याएर विजयी भएकि थिइन।
  • फागुन १९ गते बिहान ८ बजे टिनको छानो भएको घरको बार्दलिमा सलको पासो लगाएको अवस्थामा भेटिएको
  • निधनकै दिन बिहान बाबु, आमा र छोरिले सँगै चिया पिएका थिए। त्यसपछि बाबुआमा धान कुटाउन र मकै पिसाउन गाउँको मिलतर्फ लागे। आमाले रिमालाइ सँगै मिल जान आग्रह गर्दा शरिरभरि अबिरैअबिर छ। म नुहाइधुवाइ गर्छु। हजुरहरु जानुस् भनेर पठाएकि ।
  • धेरै समयसम्म रिमालाइ नदेखेपछि भाउजुले खोजि गर्दै कोठामा जान लाग्दा बार्दलिमा सलको पासोमा झुन्डिएको अवस्थामा भेटिएको
  • जिल्ला अस्पतालमा पोस्टमार्टमपछि पोखरास्थित रामघाटमा फागुन १९ गते साँझ उनको अन्त्येष्टि गरिएको
  • बहिनिलाइ यो अवस्थामा पुर्‍याउन बाध्य पार्ने व्यक्ति खोजि गरि कारबाहि गर्न अनुरोध गर्दै उनका दाजुले बिहिबार प्रहरिमा जाहेरि दिएका छन ।

उनले निर्वाचनमा जित्ने सम्भावना नगण्य नै थियो । तेसैले उनले आफ्नो पराजयलाइ स्विकारेर सोहि दिन साँझ सदरमुकाम पुगेकि थिइन्। सदरमुकामको त्रिभुवन आदर्श क्याम्पसमा नेविसंघका सुनिल चापागाइं विजयि भएपछि उनको विजय र्‍यालिमा पनि सहभागि भएर उनि साँझ ८ बजेपछि साथिहरुसँगै घर फर्केकि थिइन ।

 Continue reading

दरबार हत्याकान्डबारे हिमानि शाहको बयान (ऐतिहांसिक दस्तावेज)

सन २००१ को जुलाइ १ मा (२०५८ जेठ १९ गते) दरबार हत्याकान्ड हुँदा पारस श्रि ५ शाहज्यादा थिए भने उनकि श्रिमति हिमानि श्रि ५ शाहज्यादि थिइन । सो बिभत्स हत्याकान्ड पछि पारसका पिता ज्ञानेन्द्र श्रि ५ महाराजधिराज भए। नारायणहिटि दरबारमा हत्याकान्ड हुँदा पारस र उनकि श्रिमति दुवै घटनास्थलमा थिए। उनिहरुले घटना बारे छानबिन गर्न तत्कालिन प्रधानन्यायाधिश केशवप्रसाद उपाध्यायको अध्यक्षतामा गठित सभामुख तारानाथ रानाभाट सदस्य भएको उच्चस्तरिय आयोगलाइ दिएको बयान यहाँ प्रस्तुत गर्दै छु । यो ऐतिहांसिक महत्व्को पारसको बयानमा दिर्घलाइ ह्रस्वमा परिवर्तन गरिएको छ:

नारायणहिटि दरबारमा हत्याकान्डको बारेमा श्रि ५ शाहज्यादि हिमानि राज्य लक्ष्मिदेवि शाहको बयान (२०५८ सालमा लिइएको)

समितिः– त्यो १९ गतेको पारिवारिक जमघटमा सरकारको सवारि भएको भन्ने कुरा आइराखेको छ । लिष्ट प्राप्त गर्यौं । अब सरकारलाइ के कति सम्झना छ ? डिटेलमा पाउन पाएदेखि हामिलाइ रिपोर्टको लागि सजिलो पर्छ ।

जवाफः– डिटेलमा त अब के भयो हामिलाइ त्यो त थाहा भएन । तर सुरुदेखिन् पहिला हामि गएको आफुमुमा सवारि भयो ८ बजे । त्यसपछि ठुलो बुबा सवारि हुँदाखेरि अलि अगाडि समय त मलाइ थाहा छैन ठुलो बुबा सवारि हुनु भन्दा पहिले crown prince लाइ निराजन सरकार, पारश, राजिव ज्वाइ, गोरख बोकेर खोपिमा सवारि चलाको । पछि महाराजाधिराज सवारि भएको एकै ड्याङ्ग आवाज आयो । अनि ……… अनि त्यसपछि ……. कान्छो बुबा अगाडि सर्नुभयो……..

कान्छा वुवा लाइ हानि बक्स्यो अनि ….. कुनातिर यसो सायड परेर लुकेर वसिराखेका थियौं अनि त्यसपछि चुप लागेर बस्यौं …… त्यसपछि फेरि आएर परर पर्र बन्दुक पड्केको सुनेको …………… त्यत्ति नै

समितिः यसमा, अतिरिक्त जानकारि सरकारलाइ छ, छैन ? अनि आफ्नो चाहि ?
जवाफः हामितिर पनि बन्दुक तेस्र्याइ रहनु भएको थियो ।

समितिः सरकारहरु चाहि उतापट्टि राज होइबक्सेको होला, वारको उतापट्टि?
जवाफः डाइनिङ्ग रुम जाने डोर छ नि त्यसैको एतापट्टि एउटा कर्नर छ, त्यसमा हामि ।

समितिः कहाँनेर ?
जवाफः यतापट्टि चाहिने यतापट्टि साइडमा म थिए ……….. ।

समितिः अनि त्यो बगैचाका कुरा ?
जवाफः बन्दुकहरु पड्केको मात्र सुनें ……….. ।

समितिः धन्यवाद ।

himani-shah-birthday-48

राप्रपा नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टिको बिच एकिकरण बक्तव्यमा भाषाको बिजोग

मैले शुरु देखि नै भनिरहेको हुँ नेपालि भाषामा ठुलो समस्या छ । मानिसहरुले भाषाको शुद्धतामा ध्यान दिन आवश्यक नै सम्झिँदैनन । यहि कुरा आजको एक घटनाले अझ बढि प्रष्ट्याएको छ ।

पहिलेका पञ्चहरुले खोलेको राष्ट्रिय प्रजातन्त्र पार्टि पहिले फुटे पनि अब यसका दुइ खेमा फेरि जुट्ने जमर्को गरिरहेका छन । आज राप्रपा नेपाल का अध्यक्ष कमल थापा र राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष पशुपति सम्शेर राणाले हस्ताक्षर गरेको प्रेस बिज्ञप्ति मा नेपालि भाषाको शुद्धतामा अतिनै खेलवाड भएको देखिन्छ । अहिले प्रचलित भाषाका नियम अनुसार सबै जसो शब्दहरु अशुद्ध देखिएका छन ।

अशुद्धताहरु:

  • ह्रस्व दिर्घ मा दिर्घ हुनु पर्ने धेरै शब्द ह्रस्व लेखिएका छन् । तर कुनै कुनै दिर्घ पनि लेखिएको हुनाले “आनन्दको नेपालि”बाट प्रभावित भएको भन्न पनि नमिल्ने हिसावले बिगारिएको छ ।
  • जोड्नु पर्ने शब्दहरु छुट्याइएका छन् । इन्टरनेटमा खोजिमा समस्या हुने हुनाले मलाइ यस्ता शब्दहरु छुट्टिएको नै मन पर्ने भए पनि ब्याकरणले तेसो भन्दैन ।
  • तेस्तै “ब” र “व” मा पनि समस्या देखिएको छ ।
  • अरु त अरु, हस्ताक्षर गर्ने पशुपति सम्शेरकै नाम पनि गलत लेखिएको छ ।

ट्विटरमा शेयर भएको एक ट्विट, जसमा भाषामा भएका गल्तिहरुलाइ औंल्याइएका छन् :

rpp-nepal-and-rastirya-pp-join

बजेट २०७३ ले केलाइ सस्तो बनायो, केलाइ महँगो? (बजेट पुर्ण पाठ सहित)

केपि ओलि सरकारका अर्थमन्त्रि विष्णुप्रसाद पौडेलले जेठ १५ गते शनिवार दुइ घण्टा लगाएर अघिल्लो वर्षभन्दा करिव एक चौंथाइ भन्दा बढि आकारको (२८ प्रतिशत ठुलो) बजेट सार्वजनिक गरेका छन ।

यस् बजेट पछि सरकारि कर्मचारिको तलव बढ्ने भएको छ । इतिहास हेर्ने हो भने, यसरि तलव बढेने बित्तिकै ब्यपारिहरुले सबै जस्तो उपभोग्य सामाग्रि हरुको मुल्य ब्रिद्धि गर्ने गर्छन । ब्यपारिहरुले बढाउने मुल्यको साथ साथै सरकारले गरेको करको घटबढले सस्तो हुने वा महंगिने सामाग्रिहरुको बारेमा म अहिले चर्चा गर्दैछु । पहिला बजेटको सारांशलाइ समेटेर बनाइएको भिडियो हेरौं:

https://www.youtube.com/watch?v=jMFvir2q7ko

अब चर्चा – बजेट पछि के के बस्तु सस्तो भयो होला र के के महँगो होला भन्ने बिश्लेषण गरौं।

मोबाइल फोन महंगो हुने

सरकारले मोबाइल फोन बिक्रिबाट आएको भ्याटमा आधा ब्यपारिलाइ फिर्ता दिंदै आएको मा अब ४० प्रतिशत मात्र फिर्ता दिने भएको छ । जसले मोवाइल फोनमा थोरै मुल्य बढ्ने सम्भावना देखिएको छ ।

घ्यु र तेल पनि बढने

मोबाइलमा जस्तै सरकारले दिने सुविधा घ्युतेलमा पनि दिंदै आएको मा अव देखि सरकारले दिने भ्याट फिर्ताको मात्रा घटाएर ४० प्रतिशत पुर्याएको हुनाले घ्यु र तेलमा पनि केही मात्रामा मुल्य बढ्ने सम्भावना देखिन्छ।

चुरोट र रक्सि

संधै जस्तो यो बर्ष पनि चुरोट र रक्सिमा लाग्ने अन्तशुल्क को मात्र बढाइएको हुनाले यि मादक पदार्थको पनि मुल्य बढ्ने भएको छ । तेसैले यो बर्ष चुरोटसँगै विंडि, सुर्ति र सिगारमा ११ प्रतिशतले अन्तशुल्क बढेको हुनाले मुल्य पनि सोहि अनुपातमा बढने सम्भावाना देखिन्छ ।
 Continue reading

हामीले उठाएको कुरा लागु हुने भएछ, नोटमा केरमेट र स्टिज लगाउन नपाइने

नेपाली नोटमा केरमेट र स्टिज लगाएर छिट्टै बिगार्ने चलनका कारण हाम्रा नोट छिटै नै बिग्रिने गरेको बारेमा हामीले दुई बर्ष अघाडी एउटा पोस्ट लेखेका थियौं । बिशेष गरेर बैंकहरुले नै अनाबश्यक रूपमा स्टेपल लगाएर नोट बिगार्ने गरेको  सो पोस्टबाट निकालिएको निम्न फोटो ले प्रष्ट पार्दछ ।

हालै राष्ट्र बैंकले यसरी नोटमा केरमेट र स्टिज लगाउनेलाई कारबाही गर्ने घोषणा गरेको छ। तर यो कारबाही कति प्रभाबकारी हुने हो भन्ने चाहिँ हेर्न बाँकी नै छ । किनकी नेपाल राष्ट्र बैंकले २०६७/६८को मौद्रिक नीतिमा नै सफा नोट नीति ल्याएको थियो । तर हालसम्म त्यस नीतिलाई बैंक तथा वित्तिय संस्थाले पालना गरेका थिएनन। अन्नपूर्णमा छापिएको एक खबर अनुसार अहिले राष्ट्र बैंकले यो नीति कडाइका साथ कार्यान्वयन गर्ने भएको छ ।

 Continue reading

रामायण – भानुभक्त रामायण (अडियो)

आदिकवि भानुभक्त आचार्यले ‘रामायण’ पढ्न पनि चाहानुहुन्छ भने इ-किताब यहाँ किन्न पाइन्छ : भानुभक्तको रामायण – भानुभक्त आचार्य

ramayanआदिकवि भानुभक्त आचार्यले ‘रामायण’लाई संस्कृतबाट नेपालीमा उल्था गरेर जनसाधारणले बुझ्न सक्ने बनाइदिएका थिए

1. Nepali Ramayan, Baal Kanda

Download Ramayan Baal Kanda

2. Nepali Ramayan, Ayoddhya Kanda

Download Ramayan Ayoddhya Kanda

3. Nepali Ramayan, Arannye Kanda

Download Ramayan Arannye Kanda

4. Nepali Ramayan, Kishkanyaa Kanda


Download Ramayan Kishkanyaa Kanda

5. Nepali Ramayan, Sundar Kanda


Download Ramayan Sundar Kanda

6. Nepali Ramayan, Yudha Kanda

Download Ramayan Yudha Kanda

7. Nepali Ramayan, Uttar Kanda

Download Ramayan Uttar Kanda

Adikavi Bhanubhakta Acharya translated the ‘Ramayan’ from Sanskrit to Nepali language. An ancient religious novel ‘Ramayan’ is the story of Ram, Sita and the ancient Ram kingdom.

Incoming search terms:

  • रामाण नेपालीमा

स्यान्डी आँधीले अमेरिकी जनजीबन अस्तव्यस्त बनायो

हिजो राती ८ बजे स्थानीय समयमा न्यूजर्सीको तटीय क्षेत्र हुँदै अमेरिकामा प्रवेश गरेको स्यान्डी नाम राखिएको सामुद्रीक आँधीले पूर्बी तटीय सहरहरुमा जनजीवन ठप्प बनाएको छ ।प्रतिघण्टा १ सय २९ किलोमिटरको गतिमा आएको आँधीका कारण कम्तीमा १२ जनाको मृतुहुनुका साथै ठूलो मात्रामा धनको क्षती भएको छ । मुसलधारे वर्षा, तिव्र गतिको हुरी, बाढी र हिमपातका कारण जनजीबन अस्तव्यस्त बनाएको आँधीको समाप्ती संगै न्युयोर्कमा देखिएको सप्तरंगी इन्द्रेणीका फोटाहरू मानिसहरुले अनलाइनमा बाँड्न थालेका छन ।

rainbow_after_huricane

करीब ५ करोड मानिस प्रभावित भएको अनुमान गरिएको यस आँधीले न्यूजर्सी, न्यूयोर्क, मेरील्याण्ड, पेन्सिल्भानिया र कनेक्टिकट लगायतका राज्यमा मानिसहरुको ज्यान लिएको छ भने लाखौँको संख्यामा बिस्थापित भएका छन् । अमेरिका पुग्नु अघिनै क्यारेबिन क्षेत्रमा कम्तीमा ६९ जनाको ज्यान लिइसकेको यस ज्यानमारा आँधी सकिए पछि क्षतीग्रस्त संरचनाको पुनर्निर्माण शुरु भएको छ ।

यस आँधीका कारण १४ हजार भन्दा बढी उडान रोकिएका थिए भने सोमबार दिनभर कुनै पनि सार्बजनिक सबारी साधन चलेका थिएनन । बिद्युत अबरोधका कारण न्यूजर्सीमा १५ लाख र न्यूयोर्कमा २ लाख ५० हजार मानिस अँध्यारोमा बस्न बाध्य भएका थिए ।

damaged_houseआँधीले भत्काएको एक घर

रानीपोखरी – ऐतिहासिक पोखरी

आफ्नो माइला छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपश्चात मल्ल बंशी राजा प्रताप मल्लले शोकाकूल रानीलाई खुसी तुल्याउने उद्देश्यले ई.सं. १६६५ मा यो पोखरी निर्माण गरेका थिए |

rani_pokhari_compared
सन् १९१९ को एकातर्फको तस्विरमा देखिए जस्तो बातावरण त हालको तस्विरमा देखिदैन नै, साथै रानी पोखरीमा पानीको मात्र पनि निरन्तर कम भइरहेको देख्दै आएका छौं | (क्रेडिट – जगदिश भण्डारी)