तीन दलबीच पाँच बूँदे सहमति, संबिधान सभा अरु तीन महिना बिउताइने

अपडेट – बिहान ५:३० बजे भएको स‍ंविधान सभाको म्याद थप प्रस्ताव मतदानमा जम्मा ५०८ जना ले भाग लिएर म्याद थप गर्ने पक्षमा ५०४ विपक्षमा ४ मत परेको छ |

****

तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत नेकपा माओवादीबीच आज पाँच बूँदे सहमति भएको छ | सो सहमतिका अनुसार संविधान सभाको म्याद तीन महिना थप गर्ने र प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि राजीनामा दिएर मार्गप्रशस्त गर्ने बूँदा पनि राखिएको छ।

पाँच बूँदे सहमतिको पूर्ण पाठ यस प्रकार छ :

आज मिति २०६८ जेठ १४का दिन हामी देहायका राजनीतिक दलहरु निम्न सहमतिमा पुगेका छौँ –

१) तीन महिना भित्र शान्ति प्रक्रिया का मूलभूत काम सम्पन्न गर्ने
२) तीन महिना भित्र संबिधानसभा बाट संबिधान को पहिलो मस्यौदा तयार गर्ने
३) नेपाली सेनालाई समाबेसी बनाउने लगायत का मधेसी मोर्चा संग विगत मा भएका सहमति हरुको प्रभावकारी कार्यान्वन गर्ने
४) संबिधान सभाको समयावधि तीन महिना थप गर्ने
५) रास्ट्रिय सहमति को संयुक्त सरकार गठन को लागि प्रधानमन्त्री ले राजिनामा गरि माग प्रशस्त गर्ने

हस्ताक्षर – एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेपाली का‍ग्रेसका तर्फबाट सभापति सुशील कोइराला, र नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनाल|

5-points-agreement

रेबेका ब्ल्याक को मन नपराइएको ‘फ्राइडे’

१३ बर्षीय अमेरिकी युबती रेबेका ब्ल्याकको एउटा म्युजिक भिडीयो युट्युबमा छोटो समयमा अतिनै पपुलर भयो र करोडौं मानिसले त्यो भिडियो हेरे | अर्थ न बर्थको बोल भएको कारणले धेरैले मन नपराएको सो भिडियो मन नपरेकै कारण ले प्रशिद्धि कमाउन सफल भएको छ |

  • अपलोड गरिएको  – माघ २७, २०६७ मा
  • झन्डै साढे तीन महिनामा १५ करोड २१ लाख भन्दा बढी पटक हेरी सकिएको छ
  • ३० लाखलाइ यो भिडियो मन परेन रे
  • मनपराउने जम्मा ४ लाख (धेरै नै हो तर, मन नपराउने को तुलना गर्दा चै थोरै जस्तो लाग्ने)

friday_Rebecca_Black

यो हेर्ने, मन पराउने र मन नपराउनेको संख्या दिन प्रतिदिन परिवर्तन भइ रहन्छ | तपाइँ पनि हेर्नुस त्यो भिडियो कस्तो रहेछ भनेर :

अपडेट : रेबेकाले पहिले अपलोड गर्नेको बिरुद्ध कपिराइट मुद्दा हालेर आँफैले अपलोड गरेकि रहिछिन। उनको निम्न भिडियो त्यति धेरै मात्रामा हेरिएको छैन: