नेपाल कता जादै छ ?

केही नेपालीहरुको मन भित्रका अनुत्तरितप्रश्न हरुलाई शेखर ढुंगेल ले यो लेख मार्फत व्यक्त गर्नु भएको छ । चित्त नबुझेमा कमेन्ट मार्फत आफ्नो विचार व्यक्त गर्नु होला ।

नेपाल अहिले इतिहास कै गम्भीर अवस्था बाट पिल्सी रहेको छ। बिगत का सबै क्रान्ति अनि जनताको बलिदान अबमुल्यन र उपहास भयो भनि आम नागरिक चिन्ता व्यक्त गर्न थालेका छन्। संक्रमण काल को बहाना मा नेतृत्व बर्गले रास्ट्र लाइ गलत दिशातर्फ धकेल्दै राज्य र कानुन बिहिन अबस्थामा पुर्याएको बिडम्बनापूर्ण नियति को शिकार बाट जनता त्रसित आक्रोशित अनि निरास भएका छन्।

राजनीतिशास्त्र किताब को पाना मा नेतृत्व कर्ता भनेको निष्पक्ष, उच्चआत्मबल, नैतिकता, चरित्रता, इमान्दार, पारदर्शी, निडर, निर्णायक क्षमता भएको, सिदान्तनिष्ठ, बिबेकशील आदि गुण ले युक्त भै उदाहरणीय हुनु पर्छ भन्ने लेखिएको पाइन्छ। नेपाल को राजनीतिको प्रसंग मा यस्ता गुण हरु मिथ्या, औचित्यहीन भएको देखिन्छ। कांडै काण्ड मा मुछिएका सम्बन्धित नेतृत्व हरु राजनीति बाट अलग हुनु पर्ने सभ्य राजनीतिको एउटा निर्देशित सिदान्त नै हो तर नेपाल मा भने उल्टो झन प्रभाबसाली देखिनु ले जनता मा निरासा अनि विरक्तता बढ्दै गएको छ जुन सम्बन्धित राजनैतिक दल र देश कै लागि प्रत्युपादक हुने मा शंका छैन। आत्मबल गिराउदै गएका नेतृत्व बाट समाज ले हानि बाहेक सकारात्मक पक्ष केहि पाउने छैन।

नेपालमा केहि बिगत र केहि बर्तमान का चर्चित अनियमितता का घटना लाइ हेर्ने हो भने “नेपाल भनेको राज्य र कानुन बिहिन देश हो” भन्न हिच्किचाउनु पर्ने देखिन्न। राजनीतक प्रभाब मा आफ्नो अधिकार प्रयोग गर्न सकिएन भन्ने लाचार, अनुत्तरदायीपन भएका सम्बन्धित अधिकारी वा अभियुक्त लाइ सहयोग, संरक्षण गर्ने अनैतिक राजनैतिक नेतृत्व लाइ कठघरामा उभ्याउन सक्ने “संयन्त्र “आज को अनिबार्य आबस्यकता हो तर दुखद बिडम्बना के छ भने त्यस्तो संयन्त्र को निर्माण वा गठन गर्नु पर्ने जिम्मेवार पक्ष नै अभियुक्त हुन्छ भने त्यो देश को निती नियम कानुन को हबिगत कस्तो होला? राज्य ले जनता ले तिरेको कर (तलब) दिएर जनता को लागि काम गर्न भनि तोकेर पठाएका पदाधिकारी वा नेतृत्व अफ्नो कर्तब्य र उत्तरदायित्व बाट उदास अनि बिमुख हुन्छ भने सजाय को भागीदार हुनु पर्छ अन्यथा देश मा बिद्रोह को ज्वालामुखी फुट्नेछ र देश नेतृत्व बिहिन भएर अकल्पनीय सामाजिक द्वन्द मा फस्ने छ। जसरि आज हैटी, सुडान सोमालिया आदि देश पिडित भएका छन्।  Continue reading

गाईलाइ पक्षपात

cow_dont_discriminate व्यवस्थापिका संसदमा पेश भएको फौजदारी कसुर सम्बन्धी प्रचलित कानुनलाई संशोधन गर्न बनेको विधेयकको परिच्छेद २७ को ‘चौपाया सम्बन्धी कसूर’ शीर्षकमा गाई र गोरुलाइ दुख दिन नहुने प्राबधान राखिएको छ |

सो विधेयक अनुसार गाई गोरु काट्नेलाई ३ वर्ष जेल सजाय हुन्छ भने कुटेर अंगभंग पारेमा ६ महिना कैद अनि अन्य कुनै पनि चोट पुर्‍याएमा पचास हजारसम्म जरिवाना गराउने प्राबधान छ | यो बिधयक संसद बाट पारित भयो भने (राष्ट्रपतिबाट प्रमाणिकरणको औपचारिकता पुरा गरे पछि) कानुन बन्छ र सबै ले यसको पालना गर्नु पर्छ |

यो बिधायकले जन्माएका केही प्रश्न:

  • १. गाई र गोरुलाइ मात्र किन पक्षपात गरिएको हो? अन्य जनावरमा प्राण हुदैन र ? राज्यले नै पक्षपात गर्यो भने अन्य जनाबरको संरक्षण कसले गर्ने ? रास्ट्रीय जनाबर भन्ने हो भने पनि रास्ट्रीय पन्छी को हक मा चाहिँ तेस्तो व्यवस्था किन नगर्ने त ?
  • २. के लोपउन्मुख जनाबार (जस्तै, एक सिंगे गैडा, बाघ, कस्तुरी मृग आदि)को भण्दा पनि गाइ गोरु को संरक्षण बढी महत्वपूर्ण छ र ?
  • ३. भगवानको नाममा गरिने जनावारको हत्यालाइ गैर कानूनी बनाउने काम अहिले नगर्ने हो भने कहिले गर्ने? गढीमाइ र दसैंमा अन्धादुन्ध रुपमा भगवानको अगाडी जनावार काट्दा मानिसको स्वास्थको हानीका साथ साथै बिश्वमा नेपालीको इमेज क्रुर प्राणीको रुपमा रहने निश्चित छ |

हुन त अन्य जनाबरको हकमा पनि निर्दयी ब्यबहार गर्न नपाइने व्यवस्था गरिएको छ | तर गाईलाई बिशेष महत्व र अन्य प्राणीलाइ चाहिँ सौतेनी ब्यबहार कत्ति पनि सुहाउदो देखिदैन | गाईलाई काखा अरुलाई पाखा गर्ने प्राबधानले यो अबोध प्राणीलाइ फाइदा भन्दा घाटा नै बढी हुन्छ भन्ने मलाइ लाग्दछ |

 Continue reading