पकाउने र पस्कने दायित्व नभएको सरकारको मीठो बजेट

budget_nepal २०६८ जेठ १४का दिन बर्तमान सरकारले राजिनामा दिने शर्तमा संबिधान सभाको समय तीन महिना थप भएको झन्डै डेढ महिना पछि पनि राजीनामाको प्रकिया पुरा गर्न नसक्ने सरकारले अहिले नारै नारा र बिभिन्न चिची पापाले भरिपूर्ण बजेट प्रस्तुत गरेको छ । सिंगापुर र स्विजरल्याण्ड बनाउने सपना बाड्ने हाम्रा नेताहरुको चलनलाई पनि निरन्तरता दिएको आभाष हुने यो बजेट अलिक बढीनै राम्रा कुराले भरिएको हुनाले आलोचित हुन पुगेको छ । यदी साँच्चै नै काम गर्नु पर्ने भएको भए सायद यस्ता राम्रा कामहरु बजेटमा पर्थे होलान त?

  • काठमाडौंमा फ्लाई ओभरको निर्माण ।
  • काठमाडौं उपत्यकामा मेट्रो/मोनोरेल – सम्भाब्यता अध्ययन ।
  • भिमफेदी–हेटौडा र नागढुङ्गा–नौबीसे सुरुङ मार्ग ।
  • रानी—इटहरी—धरान, वीरगन्ज—पथलैया र बेलहिया—बुटवल ६ लेन सडक
  • पूर्व – पश्चिम रेलमार्ग निर्माण – जयनगर—जनकपुर रेल्वे सेवालाई वर्दिवाससम्म विस्तार । यसैगरी रानी—सिकियाही—विराटनगर रेल्वे सेवा ।

 Continue reading