तिहारको शुभ साइत

नेपाल पंचांग निर्णायक समितिले तिहारको शुभ साइत को बारेमा एक प्रेस बिज्ञप्ति नै निकालेको छ, जस अनुसार भाइटीका को शुभमुहुर्त बिहान ११:५५ बजे उत्तम रहेको बताइएको छ। 

Tihar_celebration

प्रेस बिज्ञप्ति ज्योतिष बलराम सिग्देल मार्फत प्राप्त भएको हो ।

बादल र किरण माओबादीका ‘आधिकारिक निकाय’ रहेनन् ?

एकीकृत नेकपा माओवादीले रक्षामन्त्री शरदसिंह भण्डारीको विवादास्पद अभिव्यक्तिबारे जारी गरेको अघिल्लो विज्ञप्ती संग बाझिने गरेर नयाँ विज्ञप्ती निकालेको छ ।

माओवादी प्रवक्ता दीनानाथ शर्माले मंगलबार जारी गरेको सो विज्ञप्तीमा एकीकृत नेकपा माओवादीले रक्षामन्त्री भण्डारीको अभिव्यक्तिलाई राष्ट्रघाति नभनेको बताउनु भएको छ । विज्ञप्तीमा भनिएको छ:

press-release-maoist

तर माओवादी आश्विन ११ गते जारी पार्टीका महासचिब बादल र उपाध्यक्ष किरणले सही गरेको विज्ञप्तीमा "राष्ट्रघाती बक्तब्य" लाइ बिशेष जोड दिएर उल्लेख गरिएको थियो (मन्त्री भण्डारीको भनाइ र यो बिज्ञप्ती यहाँ)|

आश्विन ११ गते जारी बक्तब्यमा सही गर्ने पार्टीका महासचिब र उपाध्यक्षकोलाइ "आधिकारिक निकाय" नमान्नुको मतलब के हुन सक्ला?

सत्ता टिकाउनको लागि देश टुक्र्याउन खोज्नेलाइ रक्षा मन्त्रालय जस्तो समबेदनशील मन्त्रालय जिम्मा लगाउदा राज्य गर्नको लागि देश नै नरहने सम्भावना बढ्ने सम्भाबनाको बारेमा सचेत नागरिकहरु चिन्तित रहेका छन् |

By – दिपक कँडेल

दसैँ को आशिर्बाद

सबैमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना सहित दसैँको बेला दिइने आशिर्बाद:

आयु द्रोण सुते, श्रृयं दशरथे , शत्रुक्षयं राधवे !
ऐश्वर्य नहुसे, गतिश्च पवने मानं च दुर्योधने !!
सौर्य शान्तनवे, बलं हलधरे सत्यं चकुन्ती सुते !
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे !!

***

जयन्ती मंगला काली,

भद्र-काली कपालिनी।

दुर्गा क्षमा शिवा धात्री,

स्वधा स्वाहा नमोऽस्तु ते।

***

durga_bhavani

दुर्गाको फोटोहरु डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस – > Durga Posters

अरु दशैंका पोस्ट हरु – Dashain Aayo ,  दसैँ र किरा परोस भन्ने शुभकामना – Dashain Wish

पाथिभरा देबीको फोटो – Pathivara Devi