प्रतिकुल अबस्थामा पनि ‘सायद’को उत्साहजनक ओपनिंग

samyam_puriनेपाल बन्दको दिन रिलिज भएको नेपाली फिल्म ‘सायद’को उत्साहजनक व्यापारका साथ राम्रो ओपनिंग र राम्रै दर्शक प्रतिक्रिया आएको छ । हाम्रा समिक्षक रौनकले यस फिल्मका निर्देशक सुरज सुब्बा ‘नाल्बो’ ले नयाँ कलाकार लिएर राम्रो फिल्म बनाएको बताएका छन् । निर्देशक नाल्बो बाट अझ राम्रो फिल्मको आशा गरिए ‘सायद’ राम्रै फिल्म बनेको बताएका छन् ।

यस फिल्मका राम्रा पक्ष मध्ये नयाँ हिरो संयम पुरीको अभिनयको सबैले प्रशंसा गरेका छन् । संयम निर्देशक नारायण पुरीका छोरा हुन ।  यस फिल्मको कथा र डाइलग पनि युवाहरुले मन पराएका छन् ।

निर्माता सुनिल रावलले निर्माण गरेको यस फिल्ममा कलाकारहरु संयम पुरी, विल्सन विक्रम राई, झरना थापा, रितिका लामा, अनिता दाहाल, सुनिल रावल आदिको मुख्य भूमिका रहेको छ ।

saayad_in_civil_mall_qfx_cinema

[अंग्रेजीमा यस फिल्मको रिलिज अघाडीको समिक्षा (फिल्म हेर्नु अघादिको)  र रिलिज पछि फिल्म हेरिसके पछिको बिस्तृत समिक्षा पोस्ट गरिएको छ। ]

राजेश हमालको मुखबाट राजेश दाइको जोक

नेपाली फिल्म क्षेत्रमा लामो समय एकछात्र राज गर्ने महानायक राजेश हमालको सम्मान र माया स्वरूप ‘राजेश दाइ’ भनेर सम्मान गरिन्छ । पछिल्लो केही समयमा फेसबुक, ट्वीटर आदि सोसल मिडियामा राजेश दाइलाइ जोडेर बिभिन्न कथा जोक आदि बनाएर रमाइलो गर्ने गरिएको छ। अघिल्लो बर्ष यस्ता राजेश दाइका जोक रामाइलो लागेर हामीले पनि जम्मा गरेका थियौं (पहिलो भाग लोकप्रिय भएकोले भाग २ र भाग ३ पनि थपिएको थियो)।

rajesh_hamal_laughs

अंग्रेजी फिल्मका कलाकार चक नोरिस, बलिवुडका रजनिकांत जस्तै नेपाली फिल्मका राजेश हमालको नाममा बनाइने जोक, चुट्किलाहरु लाइ राजेश हमाल स्वयंले पनि सकारात्मक रुपमै लिएको सुनिन्थ्यो । हालैको एक घटनाले उनी आफै पनि यस्ता किस्सा सुन्ने र सुनाएर रमाइलो गर्न मन पराउछन भन्ने पुस्टि भएको छ।

राजेश हमालले भनेको राजेश दाइको जोक यस् प्रकार छ:

एक पटक राजेश दाइ पोखरामा यस्तरी नाचेछन् कि त्यहाँ एउटा सानो खाल्डो नै परेछ । पानी परेपछि त्यो खाल्डो पानीले भरिएछ । आजकाल मान्छेहरुले तेस्लाई फेवा ताल भन्न थालेका छन्।

जोक पछिको हाँसो माथिको फोटोमा ! (क्रेडिट – फिल्मनेपाल डट नेट)

Incoming search terms:

  • नेपाली जोक