राजेशदाइको जोक अब सचित्र इ-बुकमा पनि

एक बर्ष अघि राजेश दाइको जोकको खुबै चर्चा थियो । केही सुस्ताए पनि अझै पनि राजेश दाइको जोकको चर्चा भने नहुने होइन । हामीले ती चुट्किलाहरुको कम्तीमा पनि तीन वटा पोस्ट गरेका थियौं । तीनै चुट्किला र थप अरु केही चुट्किलाहरुलाई संग्रह गरेर सचित्र रुपम एक ए-बुक भर्खरै प्रकाशित भएको छ ।

rajeshdai_jokes_cover_500

आनन्द नेपालले संकलन गरेको यस सचित्र चुट्किला संग्रहमा झन्डै सय वटा चुट्किला रहेका छन् र साथै सबै जसो चुट्किला संगै फोटो पनि राखिएका छन् । $ ०.९९ मूल्य राखिएको यस किताबलाई एप्पलको किताब पसलबाट किन्न सकिन्छ । पुस्तक किन्ने लिंक तल पोस्ट गरिएको छ ।

यस चुट्किला संगहलाई इबूकभण्डार ले प्रकाशित गरेको हो । साहित्य, केटाकेटीले लेखेका किताबहरु र अन्य किताबहरु गूगल र एप्पलका इ-किताब पसलहरु मार्फत बिक्रि गर्ने यस प्रकाशनले निकट भबिश्यमा अन्य चुट्किला किताबहरु पनि प्रकाशित गर्ने बताइएको छ ।

Incoming search terms:

  • rajes hamal