नेपाली भाषामा ह्रस्व र दीर्घको किन आबश्यकता छैन

फेसबुकमा केदार शर्माले लेखेको यो कमेन्ट पढे पछि यसको बारेमा केही लेख्न मन लाग्यो ।

“नेपाली अनलाइन” हरू हो, शुद्ध लेख्न लगाओ, हिज्जे परीक्षक राख, बरु मिलेर ‘स्पेलिङ चेकर’ बनाउन खर्च गर, तर बिन्ती छ, भाषाको दोहोलो नकाढ।

भाषा शुद्द हुनु पर्छ, यसमा कसैको दुई मत हुदैन । भाषा शुद्द नभएमा भन्न खोजेको कुराको गलत अर्थ लाग्न सक्छ । त्यस्तो हुन नदिन भाषाका नियमहरुलाई सजिलो र सबैले बुझ्ने गरेर निर्माण गर्नु आबश्यक हुन्छ । तर, “श्राद्धमा बिरालो बाँध्ने” उखानलाई चरितार्थ गरेर भाषालाई शुद्द बनाउनु भनेको अहिलेको जस्तो अबस्था आउनु हो। मेरो बिचारमा, नेपाली भाषाको क्लिष्टताका यसको ‘स्पेलिङ चेकर’ बनाउन अहिलेसम्म नसकिनुले पनि जनाउछ ।

पृष्टभूमि

बाटोको एकै ठाउमा धेरै गाडीको दुर्घटना भयो भने सडक भिभागले ड्राइभरको गल्ति नभएर बाटोको पो समस्या हो कि भनेर अनुसन्धान शुरु गर्दछ । बाटोको समस्या भएमा बाटोको मर्मत गरिन्छ भने ड्राइभरहरूकै गल्ति भएको प्रमाणित हुन गएमा सोही अनुरुप सूचना र प्रशिक्षण दिइन्छ । सडकमा जस्तै भाषामा पनि धेरै जना झुक्किने र सबै भन्दा बढी गल्ती हुने शब्द वा नियम आफैँमा गलत हुन सक्ने सम्भाबना धेरै हुन्छ । ब्यक्तिगत रुपमा भन्नु पर्दा, मैले जीवनभर प्रयोग गरेको नेपाली भाषामा मलाई अधिकांश नियमहरु अनाबश्यक लाग्ने गरेको छ ।

आज, नेपाली भाषामा सबै भन्दा बढी गल्ती हुने र कुनै कुनै शब्दमा कसैले पनि यही सही हो भनेर किटान गर्न नसक्ने ह्रस्व र दीर्घको बारेमा कुरा गरौँ। ह्रस्व र दीर्घको गल्ती एक दुई जनाले होइन प्राय: सबैले गरेका हुन्छन । किनकी, यसका नियम स्पष्ट छैनन् र दुख: लाग्दो कुरा, प्राय: सही लेख्न पर्ने आबश्याकता पनि पर्दैन ।

ह्रस्व र दीर्घको समस्या नेपाली लेखन पद्धतिमा रहेको सबै भन्दा जटिल पक्ष रहेको कुरा प्रा. डा. व्रतराज आचार्यले पनि मानेका छन् । ह्रस्व र दीर्घका अनेकन नियमको जानकारी नभए पनि अनेकौ नेपाली लेखकहरुको लेखकीयत्वमा यसले कुनै असर नागेरेको प्रा. आचार्यले स्वीकार गर्दछन ।

अलिक व्याकरणका जानकार बाहेक अरुलाई ती गल्तीले कुनै असर पनि गर्दैनन । केही उदाहरण हेरौं:

१७ वटा बिध्यार्थी संगठनले लेखेको पत्रमा १०० वटा ह्रस्व र दीर्घ गल्ती किन भेटिए ?

17 student group

चिठ्ठीमामात्र होइन प्रकाशित साहित्यिक कृतिको यो बिबेचना हेर्नुहोस्:

व्याकरणीय गल्तीका कारण हरफैपिच्छे दाँतमा ढुंगा लागेजस्तो हुन्छ। गोविन्दराज भट्टराईको भूमिकामा पनि त्यही हविगत भएको छ। कवितामा यस्तो गल्ती क्षम्य हुँदैन। जोड्नुपर्ने शब्दलाई छुट्याउने र छुट्याउनुपर्ने शब्दलाई जोड्ने गल्ती त अनेकौँ ठाउँमा भएका छन्। ह्रस्व-दीर्घका प्रयोगलाई पनि सारै खेलाँची गरएिको अनुभव हुन्छ। यस्ता असावधानीले कृतिको स्तर खस्किएको छ।

सम्भावना बोकेका कविता“को त यस्तो हाल छ भने अरुको के कुरा गर्नु !

तथ्य

  • अधिकांश नेपालीलाई “रु” र “रू” वीचको फरक थाहा छैन । खासमा, यो फरक थाहा हुन आबश्यक पनि छैन किनकी जे लेखे पनि आखिर पढ्ने त रु (roo) नै हो ।
  • अधिकांश शब्दमा ह्रस्व वा दीर्घ लेख्दा शब्दको अर्को अर्थ लाग्दैन ।  जस्तै  “पानी” लाई “पानि” लेख्दा अर्कै चीज भन्ने अर्थ लाग्दैन । “बाहिर जाउ” भन्दा वा “बाहीर जाउ” भन्दा वा “बाहीर जाऊ” वा “बाहिर जाऊ” जे भने पनि आखिर एउटा भन्दा दुई अर्थ लाग्दैन ।
  • सबै ह्रस्व वा सबैलाई दीर्घ लेख्दा अर्थमा फरक हुने केही शब्दहरु पनि सन्धर्वले बुझ्न सकिन्छ । जस्तै “फूल” र “फुल” बीचमा अर्थ फरक भए पनि फूलपाती, फुलपाती, फूलपाति र फुलपातिमा  के फरक छ र ?  मैले बुझे अनुसार “कुखुराको फूल ल्याउ” भनेर अर्हाउदा कोहि पनि फुलबारी तिर जाँदैन ।

यस्तो हुँदा हुँदै पनि किन हामी ह्रस्व र दीर्घका पछि दौडिरहेका छौं ? ह्रस्वमात्र वा दीर्घको मात्र प्रयोग गरिदियो भने “बार्हखरी” घटेर “दशखरी” भएर पढ्न कति सजिलो हुने थियो !

मलाई यी ह्रस्व र दीर्घका कारणले भाषामा मीठास् थपिएको छ भन्ने घमण्ड थियो तर एक अंग्रेजी मित्रले हामी गफ गरेको झगडा गरेको जस्तो सुनिन्छ भने पछि भने त्यो घमण्ड पनि चकनाचूर भएको छ ! आखिर (आखीर) चकनाचूर भए पनि (पनी) चकनाचुर भए पनि(पनी) कुरा एउटै हो नी (नि) होइन ?

अन्त्यमा – “नेपाली भाषाविदहरु” हो, सजिलो नियम बनाओ, हिज्जे परीक्षक राख्न नपरोस, बिन्ती छ, नेपाली भाषाले पनि संस्कृत भाषाको नियती भोग्न नपरोस् ।

यसै सन्धर्वमा दुई बर्ष अघिलेखेको यो लेख अझै पनि उत्तिकै सान्धर्भिक छ – नेपाली भाषाको उत्त्थनामा जुटेका, भाषाको ‘सत्यानाश गर्ने’ इन्टरनेट जमात

आगामी दिनमा नेपाली भाषाका अन्य अनाबश्यक पक्षहरुको बारेमा बहस गरिने छ । अहिलेलाई ह्रस्व र दीर्घका बारेमा कमेन्ट गर्नुहोला, धन्यबाद !

अपडेट १ –  अलिक खोजि गर्दै जाँदा यस बिषयमा भाषाविदहरु बीच छलफल भएको रहेछ र यसलाई सरली करण गर्ने सहमति पनि भएको रहेछ । कति सरल भएछ त — ल हेर्नुहोस् :

… समस्त शब्दका घटकका रूपमा आउने अविकारी पूर्व पदको अन्त्यमा दीर्घ नै लेख्ने अनि संयुक्त क्रियामा घटकका रूपमा आउने पूर्वकालिक क्रियाहरू पनि (पद वियोगका अवस्थाका)  दीर्घ लेख्ने नियम अपवादहरूको न्यूनीकरणसँग सम्बन्धित नियम हुन् ।

बुझ्नुभो ?

अपडेट २ – ट्विटरमा एक मित्र अनिस आर्यन ले एउटा उदाहरण दिनु भएको थियो,

“एक दिन मेरो घर एक दिन आए। मैले केही दिन खोजेँ। ती दिनले लिन मानेनन्।अर्को दिन पनि तिनै दिन टुप्लुक्क आइपुगे।”

मेरो बिचारमा यस्तो वाक्य न बोलिचालिमा प्रयोग गरिन्छ, न लेखाइमा नै । तै पनि कुन “दिन” ले “दुखि” भन्ने बुझाउँ छ र कुन “दिन” ले समय भन्ने बुझाउँछ र कुन चाँहि “दिन” ले दिने कार्य भन्ने बुझाउँछ भन्ने कुरा पत्ता लगाउन कुनै पनि समस्या देखिंदैन ।

सबैले बुझ्ने बनाउनको लागि “एक दिन मेरो घर एक दुखि मानिस आए। मैले उनलाइ केहि दिन खोजेँ। तर, ति दुखि मानिसले लिन मानेनन् । अर्को दिन पनि तिनै दुखि मानिस टुप्लुक्क आइपुगे।” पनि भन्न सकिन्छ ।

din example

एनआरएनए अध्यक्षमा शेष घले निर्वाचित

गैरआवासीय नेपाली संघ (NRN)को अध्यक्षमा नेपाली मूलका अस्ट्रेलियन नागरिक शेष घले निर्वाचित भएका छन् । काठमाडौंमा भएको एनआरएनएको छैटौं महाधिवेशमा भएको अध्यक्ष पदको निर्बाचनमा घलेले ५ सय १० मत पाएका थिए भने उनका प्रत्यासी तेन्जी शेर्पाले २८० मत पाएका थिए । एनआरएन सन् २००३मा स्थापना भएको भए नेतृत्व निर्बाचनबाट चुनिएको भने यो नै पहिलो घटना हो ।

SHESH_GHALE

अध्यक्ष पदका साथै गैरआवासीय नेपाली संघको कार्यसमितिमा पनि घले प्यानलकै जीत भएको छ । निर्वाचित भएका पदाधिकारी निम्न छन् :

  • अध्यक्ष – शेष घले
  • उपाध्यक्ष – भवन भट्ट
  • महासचिव – कुमार पन्त
  • सचिव – रन्जु थापा
  • कोषाध्यक्षमा – बद्रि केसी 

अध्यक्ष पदका अरु तीन प्रत्यासीहरु रामप्रताप थापा, रामेश्वर साह र हितमान गुरुङले घलेलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएपछि घलेको विजय सुनिस्चित भएको थियो ।

छानिएका एनआरएन संयोजक र उपसंयोजकहरु निम्न छन् :

  • एसिया -  गंगा राई (संयोजक), रोविन्द्रप्रसाद श्रेष्ठ (उपसंयोजक)
  • यूरोप – अर्जुन श्रेष्ठ (संयोजक)
  • मध्यपूर्व – चन्द्र रोका (संयोजक)
  • अफ्रिका – हिक्मत थापा (संयोजक)

निर्बाचन पछि एनआरएन विश्व सम्मेलन यहि सोमबार बिहान राष्ट्रपति रामवरण यादवको हात बाट उदघाटन गर्ने कार्यक्रम छ ।

शेष घलेको परिचय

शेष घले नेपालको लमजुङमा जन्मिएर हुर्किएका हुन । लमजुङमा एसएलसी पास गरेपछि घलेले सरकारी छात्रवृतिमा युक्रेनको खार्कोभमा सडक इन्जिनियरिङ् बिषयमा स्नातकोत्तर पठाई गरे । पढाई सकिएर नेपाल फर्केर केहि समय सडक विभागमा जागिर पछि उनि सन १९९० मा अस्ट्रेलियामा एमबिए पढ्न गएका हुन ।

५७ बर्षीय घले अहिले अस्ट्रेलियाका दुई सय धनाढ्यहरुको सुचिमा १ सय ८०औँ नम्बरमा रहेका छन् । मेलबोर्न इन्स्टिच्युट अफ टेक्नोलोजीका स्थापनकर्ता र रियल स्टेट व्यापारमा राम्रैसंग स्थापित भइ सकेका घलेले नेपालमा पनि आठ अर्ब रुपियाँभन्दा बढी लगानी गर्दै पाँचतारे होटल निर्माणमा गर्ने तयारीमा छन्।