अभिनेत्रि रेखा थापाले आफ्नो रेखा फिल्म्सबाट निर्माण हुने कुनै पनि चलचित्र नेपालमा आयोजना हुने अवार्ड कार्यक्रममा भाग नलिने घोषणा गरेकि छिन्। स्मरण रहोस हालै सार्बजनिक गरिएको एनएफडिसि अवार्डमा रेखाको कुनै नोमिनेसन परेको छैन भने नेफ्टा अवार्डमा पनि उनको कुनै नोमिनेसन छैन ।
अवार्डमा भाग नलिनुको कारण उल्लेख गर्दै रेखाले भनेकि छिन्, “नेपालमा चिनजान, आफन्त र सोर्स फोर्समा अवार्ड दिने परम्परा व्यापक भएको हुदा तेस्तो प्रकार को अवार्ड को कुनै मुल्य र मान्यता नरहने ठहर गर्दै रेखा फिल्म्सले अब उप्रान्त आफ्नो फिल्म कुनै पनि अवार्ड आयोजक सस्थाहरुलाइ प्रतिस्पर्धा को निम्ति प्रदान नगर्ने कुरा को सार्बजनिक जानकारी गराउन चाहन्छु।”
उनले सिनेमा जगतमा हुने अवार्ड कार्यक्रमहरुले कलाकारहरुलाइ ठुलै मनोबल प्रदान गर्ने भए पनि नेपालमा भने यस्तो अवार्ड निष्पक्ष नहुने हुनाले अवार्डको औचित्य नभएको बताएकि छिन् ।
उनले भनेकि छिन्, “वर्षका सर्बाधिक हिट सिनेमाहरु प्रतिस्पर्धामा नआउनु अनि आयोजकले आफनो मनपरि तबरले अवार्ड बितरण गरिनुले सच्चा कलाकार, निर्माता , निर्देशक तथा प्राबिधिकको अपमान गरेको हुन्छ।”
यिनै कारण देखाउदै अभिनेत्रि र निर्माता रेखा थापाले सबै खालका “कोठे अवार्डहरुको बहिस्कार” गर्ने बताएकि छिन्। साथै उनले अवार्ड वितरक सस्थाहरुलाई पनि कामको आधारमा मात्र अवार्ड बितरण गर्न अनुरोध गरेकि छिन्।
रेखा थप्छिन, “मेरो सुभचिन्तक तथा प्रशंसकहरुको लागि रेखा फिल्म्सले निरन्तर सिनेमा निर्माण गरि नै रहने छ। रेखा फिम्ल्स नेपालि दर्शकबाट प्राप्त समर्थन र साथ लाई नै सबै भन्दा ठुलो अनि उपलब्धि मुलक अवार्ड हो भन्ने कुरा मा सदैब बबिश्वास राख्दछ।”