पुजारि प्रबचन, यो बाटो काँ पुग्छ ?

आज धेरै समय पछि रमाइलो तर धेरै जसो सेन्सर गर्नु पर्ने ट्विट गर्ने साथि पुजारिको प्रोफाइलमा पुग्दा त्यहाँ पनि ह्रस्व दिर्घ कै कुरो हुँदै रहेछ :

poojari tweet

उनको उत्तरले कुनै तार्किक निस्कर्ष ननिस्केको हुनाले ह्रस्व लेख्दा के फरक पर्ला त भनेर सोच्दै थिए, झट्ट यिनका रमाइला लेखहरुको सम्झना आयो । ब्लग सन् २०१२ देखि अपडेट नगरे पनि लेखहरु चांहि धन्न मेटाइ सकेका रहेनछन । एउटा छोटो र मिठो लेखलाइ कपि पेस्ट गरेर दिर्घ जति सबैलाई ह्रस्व बनाइ दिएको छु । अनर्थ भयो भने भन्नु होला है !

यो बाटो काँ पुग्छ ?

यो बाटो काँ पुग्छ भनेर सोध्नि गाँठे !  अब, काँ पुग्छ भन्ने यो बाटो, आफु जाने ठाँउ पो सोध्नु पर्छ त ।

सातदोबाटो चोकबाट चक्रपथ नबिराइकन लगभग २७ किलोमिटर जति हिँड्ने हो भने यो बाटो जहाँको त्यहिँ पुग्छ ।

हैन भने, एसो छ्याङ खान्छु भन्ने हो भने च्यासल पुग्छ, अलि पर डाँडातिर गएर कोदोको हान्छु भन्ने हो भने नगरकोट पनि पुग्छ यो बाटो । बिहानमा दुध लिन लैनचौर पुग्छ भने साँझमा दारु दिन धोबिचौर पनि पुग्छ ।

यदि बिहे गरेका छौ भने तिम्रो ससुरालि पनि पुग्छ, बिहे गरेका छैनौ भने हुनेवाला ससुरालि जति पनि पुग्छ यो बाटो । हैन, भारत तिर जान्छु अनि २-३ बर्ष पछि “क्यानाम” भन्दै फर्कन्छु भन्ने हो भने नारायणघाट, हेटौँडा, बिरगंज हुँदै भारत पनि पुग्छ यो बाटो । हेटौँडा पुग्दै गर्दा “हैन, संविधान नबनेसम्म नेपालमै बस्छु” भन्ने हो भने पथलैयामा झरेर बर्दिबासको गाडी समाएर बिपि राजामार्ग भएर धुलिखेल, बनेपा हुँदै फेरि काठमाण्डु नि आउँछ यो बाटो ।

हैन, एतैबाट धरान गएर कालो बंगुर हसुरेर आउँछु भन्ने हो भने धरान पनि पुग्छ यो बाटो । तेतैबाट भोजपुर गएर एउटा काइदाको खुकुरि किनेर कालापानि गएर अलि परैबाट दक्षिण तिरको दादालाइ खुकुरी देखाएर बेपत्ता भागेर राष्ट्रभक्ति देखाउँछु भन्ने हो भने त्यहाँ पनि पुग्छ यो बाटो ।

अझै काँ पुराम मैले लौ भन ! एति भन्दा-भन्दै पनि फेरी “यो बाटो काँ पुग्छ” भनेर सोध्छौ भने “यो बाटो सिधै पशुपति आर्यघाटमा पुग्छ” ।

!! आत्माले शान्ति पाओस!!

 Continue reading

Incoming search terms:

  • नेपालि
  • नेपाली सेक्शी भिडियो
  • नेपाली चुट्किला
  • नेपाली छाडा जोक